Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
उपत्यका बन्दको आन्दोलनरत संघर्ष समिति र सरकारबीच वार्ता

काठमाण्डौं, November 20, 2008- आन्दोलनरत संघर्ष समिति र सरकारबीच सशस्त्र प्रहरी कार्यालय हलचोकमा भएको वार्तामा धादिङ हत्याकाण्डबारे छानबीन आयोग गठन गर्न र पीडित परिवारलाई उचित राहत दिन दिन सरकार तयार भएको छ ।

आन्दोलनरत संघर्ष समिति र सरकारबीच सशस्त्र प्रहरी कार्यालय हलचोकमा भएको वार्तामा गृहमन्त्री वामदेव गौतमले पीडितलाई उचित राहत दिने बताए । वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीको राजिनामा, हत्यारालाई गिरफ्तार गरी कारवाही, पीडितका परिवारलाई रोजगारी लगायत पाँच बुँदे माग राखेको छ ।

वार्तामा संघर्ष समितिका संयोजक किशोर के.सी. लगायत १२ जना र सरकारका तर्फबाट उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र सुरक्षा निकायका प्रमुख तथा काठमाण्डूका प्रमुख जिल्ला अधिकारी सहभागी थिए । गृहमन्त्री गौतमले मागका सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल गरी समाधान गर्ने बताएको संघर्ष समितिका संयोजक किशोर के.सीले बताए ।

युवक हत्याको विरोधमा भएको उपत्यका बन्दको क्रममा प्रदर्शनकारी र बन्द अवज्ञा गर्ने समुहबीच ठाउँठाउँमा झडप भएको छ । झडपमा ७ जना प्रदर्शनकारी घाइते भएका छन् । बन्दका कारण काठमाण्डू उपत्यका र धादिङको जनजीवन कष्टकर बनेको छ । काठमाण्डूमा मुख्य बजार, यातायात र शिक्षण संस्था बन्द छन् । धादिङमा पर्ने पृथ्वी राजमार्ग त्रिभुवन राजपथ र कालुपाँडे मार्गमा पनि गाडी चलेनन् । बन्द आव्हानकर्ताले उपत्यकाका ठाउँठाउँमा गाडी तोडफोड गरेका छन् । हत्यामा संलग्न दोषीलाई कार्वाहीको माग गर्दै काठमाण्डु स्यूचाटारका स्थानीय वासिन्दाले गठन गरेको नागरिक सघर्ष समितिले बन्द आह्वान गरेको हो ।

वाईसीएल र युथफोर्सका कार्यकर्ताबीच तनाव भएको बेला एक महिनाअघि वाईसीएल कार्यकर्ताले काठमाण्डूका डंगोल र पन्तलाई अपहरण गरेका थिए । उनीहरुको शव गाडिएको अवस्थामा अस्ति धादिङको पिडामा भेटिएको हो ।

यसैबीच नेकपा एकता केन्द्र मसालले घटनाको अधिकार सम्पन्न आयोग गठन गरी घटनाको छानविन, दोषीमाथि कारवाही र पीडित परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गर्न माग गरेको छ । महासचिव नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले विज्ञप्ति निकाल्दै शान्ति सुरक्षाको स्थितिमा सुधार ल्याई जनतालाई सुरक्षाको प्रत्याभूति दिन सरकारसित आग्रह गरे ।

युवक हत्याको विषयमा उच्चस्तरीय छानवीन आयोग गठन दोषीलाई कारवाही र पीडितलाई राहत दिन युवा तथा विद्यार्थी नेताहरुले माग गरेका छन् । रिपोर्टस क्लबको कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले हत्यारालाई कानुनी दायरामा ल्याउनुको विकल्प नभएको बताए । उनले कांग्रेस र तरुण दलले उत्तेजना फैलाएको आरोपसमेत लगाए ।
  तरुण दलका अध्यक्ष महेन्द्र यादबले प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने, नभए सरकार र वाईसीएल विरोधी आन्दोलन थाल्ने चेतावनी दिए । यादवले माओवादी संविधान लेख्न नदिने, प्रतिगमन फर्काउने र शान्ति सम्झौतालाई पालना गर्न नदिन लागिपरेको आरोप लगाए ।

प्रजातान्त्रिक राष्ट्रिय युवा संघका अध्यक्ष अजम्बर काङमाङले हत्यामा वाईसीएल कार्यकर्ता दोषी भएको भन्दै वाईसीएल विघटन गर्न माग गरे । अनेरास्ववियुकी अध्यक्ष रामकुमारी झाँक्री मगरले हत्याको माओवादीले जिम्मा लिनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्ने उल्लेख गरिन्‌ ।

वाईसीएलका अध्यक्ष गणेशमान पुनले हत्याकाण्डमा आफूहरुको संलग्नता नभएको दावी गर्दै छानवीन गरेर दोषीलाई कारवाही धारणा राखे । अध्यक्ष पुनले घटना जसले घटाएको भए पनि आपराधिक भएको टिप्पणी गरे । सुकुम्बासी र युथ फोस्रबीच विवाद भएको र त्यतीबेला वाईसीएल त्यहाँ हुँदै नभएको बताए । राजीतिक पूर्वाग्रहका कारण वाइसीएलको नाम जोडिएको अध्यक्ष पुनको भनाई छ ।

-Santa Bagam in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®