|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
एमालेको तर्फबाट पूर्व उपप्रधानमन्त्री बामदेव
गौतमले नेतृत्व गर्ने Former Deputy Prime Minister Bamdev Gautam. Photo: Sitaram काठमाडौं, August 21, 2008- आज एमाले र फोरमसहितको सरकार गठन हुने भनिएपनि सरकार गठन भोलिमात्र हुने सहमति भएको छ। मन्त्री मण्डलमा को-को जाने भन्ने फोरमभित्रको विवादका कारण आज सरकार निर्माण हुन नसकेको जानकारी श्रोतहरुले दिएका छन् । विहीबार बेलुकीसम्म भएको सहमति अनुसार एमालेको भागमा गृह, स्थानीय विकास ,जलश्रोत, उद्योग तथा बाणिज्य, बन र युवा तथा खेलकूद मन्त्रालय परेका छन् । माओवादीले अर्थ र रक्षामात्र पाउने 'कन्फर्म' भएको छ । यद्यपी फोरमको भागमा शान्ति तथा पुनर्निर्माण, भौतिक योजना लगायतका मन्त्रालय परेको बताइएको छ । एमालेको तर्फबाट स्थायी समिति सदस्य बामदेव गौतमले सरकारको नेतृत्व गर्ने भएका छन् । फोरमले परराष्ट्र तथा सूचना र सन्चार मन्त्रालय पाउने बताइएको छ । तर सूचना तथा सन्चारमन्त्री सरकारको प्रबक्तापनि हुने भएकाले सूचना तथा सन्चार मन्त्रालयमा माओवादीले आशा जारी राखेकेा छ । यदि सूचना तथा सन्चार मन्त्रालय माओवादीले पाएमा कृष्णबहादुर महरा नै सूचना तथा सन्चारमन्त्री बन्नेछन् । फोरमले यो मन्त्रालय पाएमा कसले यो मन्त्रालयको जिम्मा सम्हाल्ने भन्ने विवाद रहेको बताइएको छ । फोरमभित्रको यो विवादकाकारणपनि माओवादीले यो मन्त्रालय अन्तमा आफ्नै भागमा पर्ने आशा गरेको हो । जानकारी अनुसार फोरम संसदीय दलका नेता बिजयकुमार गच्छेदार र अर्का नेता शरदिसंह भण्डारीबीच सन्चार मन्त्रालय कसले पाउने भन्ने विवाद रहेको श्रोतले बताएको छ । परराष्ट्र मन्त्रालयको जिम्मेवारी भने अध्यक्ष उपेन्द्र यादवले नै गर्ने सम्भावना अत्यधिक छ । |
|
|
प्रधानमन्त्री प्रचण्ड ओलम्पिक समापन समारोहमा भाग लिन भोलि बेइजिङ्गतर्फ लाग्दैछन् । त्यसैले प्रधानमन्त्री त्यसतर्फ जानुपूर्व नै मन्त्री मण्डल विस्तार गरिसक्नुपर्ने बाध्यता छ । प्रचण्डको अनुपस्थितिमा एमालेको तर्फबाट सरकारको नेतृत्व गरेका बामदेव गौतमले कावा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने सम्भावना छ । गौतम यसअघि नै उपप्रधानमन्त्री भैसकेका कारण उनी नै प्रचण्डपछिका बरिष्ठतम् मन्त्री हुनेछन् । उनलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिइने सम्भावनापनि छ । हिजो एमालेसँगको छलफल पछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भदौ ५ गते मन्त्री मण्डल विस्तार हुने र सपथ ग्रहण पनि आजै हुनै जानकारी दिएका थिए । एमाले महासचिव झलनाथ खनालले पनि आफूहरुसँगको वार्तामा प्रधानमन्त्रीले सबैलाई लचिलो हुने आग्रह गरेको उल्लेख गरेका थिए । महासचिव खनालले आफ्नो पार्टीले गृह, जलस्रोत र स्थानीय विकास मन्त्रालयको प्रश्ताव राखेको जानकारी दिए । यसअघि एमालेलाई स्थानीय विकास मन्त्रालय दिने पहिले नै सहमती भएको तर अहिले माओवादीले सो मन्त्रालय आफैले राख्ने भएपछि विवाद भएको बताईएको थियो । यसै गरी सूचना तथा सन्चार मन्त्रालयमा सहमती भईसके पनि फोरमले सूचना मन्त्रालयको साटो जलस्रोत मागे पछि मन्त्री मण्डल विस्तार हुन नसकेको थियो । मन्त्रालय समयमा गठन हुन नसक्नुमा उपप्रधानमन्त्रीमा फोरमको दाबी रहनुलाई पनि कारण मानिएको छ । -Sitaram Baral and Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||