Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
राजतन्त्र हटेपछि लिम्बुवान स्वत: स्वतन्त्र भएको
घोषणा

लिम्बुवान मन्चका
नेताहरु Photo: Sitaram
काठमाडौं, August 23, 2008-
राजतन्त्र हटेपछि लिम्बुवान स्वत: स्वतन्त्र भएको बताउँदै एक
समूहले पल्लो किराँत अर्थात लिम्बुवान स्वतन्त्र भएको घोषणा गरेको छ ।
सो समूहले लिम्बुवानलाई शान्ति क्षेत्रको रुपमा मान्यता दिनपनि नेपाल लगायत
भारत, अमेरिका, चीनलगायतका राष्ट्रका नेपालस्थित राजदूताबासमा ज्ञापन पत्र
दिएको दावीपनि गरेको छ । २०६३ सालमा स्थापना भएको दावी गर्न्रे पल्लो
किराँत लिम्बुवान राष्ट्रिय मन्च नामक समूहले लिम्बुवान स्वतन्त्र भएको
दावी गरेको हो।
राजधानीमा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्चका प्रमुख
सल्लाहकार सीपी योङयाले भने- 'विसं १८३१ मा गोर्खाका राजा पृथ्वीनारायण शाह
र लिम्बुवानबीच भएको सन्धि अनुसार लिम्बुवान नेपालको एक अंग भएको हो । तर
पृथ्वीनारायणका अन्तिम बंशज राजा ज्ञानेन्द्रले आफै गद्दी छाडेकाले
लिम्बुवान आफै स्वतन्त्र भएको छ । अव नेपाललगायतका मुलुकले लिम्बवानलाई
शान्ति क्षेत्रको रुपमा घोषणा गर्नुपर्छ।'
आफूहरुले शान्तिक्षेत्र प्रस्तावको मागमात्र राखेको र शान्ति क्षेत्र घोषणा
नभए आन्दोलनका नयाँ कार्यक्रम अघि सारिने बताए । योङ्याले भने- 'हाम्रो
मागप्रति नेपाल सरकारले कस्तो धारणा राख्छ र कस्तो व्यवहार प्रदर्शन गर्छ
त्यसै अनुसार हाम्रो भावी कार्यक्रमहरु निर्धारण हुनेछन् ।' भर्खरै नाम
सुनिएको सो मन्चको अध्यक्ष डम्बर लावती छन् । जानकारी अनुसार यो मन्चको
स्थापना पूर्व राजावादीहरुले गरेका हुन् ।
-Sitaram Baral in Kathmandu
Press release: |
|