नेपाली कलाकारहरु सम्मानित, Art Contributor लाई
तीन पुरस्कार

Painter Erina Tamrakar, Sculptor Bhuwan Thapa "Bahuvi" Magar and singer
Rajesh Payal Rai at award ceremony in Kathmandu.
काठमाडौं,
January 9, 2008 -
राष्ट्रिय युवा सेवा कोषले यसवर्षको तीन उत्कृष्ट पुरस्कारहरु नेपालका तीन
युबा कलाकारहरु लाई प्रदान गरेको छ। यस वर्षको नारायणगोपाल युवा सङ्गीत
पुरस्कार युवा गायक राजेशपायल र्राई, अरनिको युवा कला पुरस्कार कलाकारद्वय
चित्रकार एरिना ताम्राकार र मुर्तिकार भुवन थापा मगरलाई प्रदान गरिएको छ।
यी पुरस्कारहरु शिक्षा मन्त्री प्रदिप नेपालले एक समारोहका बिच प्रदान
गर्नु भएको थियो।

Three Nepalese young artists with guests at the award ceremony.
आजकोआवाज.कमका Art Contributor मुर्तिकार थापा यस वर्ष तीन पुरस्कारद्वारा
सम्मानित हुनुभएको छ। यस अघी ललितकला समिक्षक समाजले "ललितकाला युबा
श्रृजना सम्मान्-६४" र आरम्भ कला समुहले एक प्रशन्सा पत्र प्रदान गरी
मुर्तिकार थापालाई सम्मान गरेका थिए। काठमाडौं विश्व बिद्यालयमा मुर्ती कला
पढाउदै आएका कलाकार तथा कवि थापा, ग्रामीण बिकास तथा चेतना समुह, नेपाल
(रुडाग) (www.rudag.org)
का अध्यक्ष पनि हुन्।

Sculptor Bhuwan Thapa with friends and family members.
Photos contributed:
Rudag.Org |