Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

सेना समायोजनमा संयोजक को हुने भन्ने विवाद चर्किदै



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काठमाण्डौं, October 26, 2008- ठूला राजनीतिक दलहरु शान्ति प्रकृयाको सबैभन्दा महत्वपूर्ण विषय मानिएको सेना समायोजनकालागि गठन गरिने उच्चस्तरीय राजनीतिक समिति निर्माण गर्न असफल भएका छन् ।

संयन्त्र निर्माणकालागि राजनीतिक दलहरुबीच विगत एक हप्तादेखि छलफल प्रारम्भ भएपनि संयोजक को हुने भन्ने विवाद राजनीतिक दलहरुबीच छ । समिति गठनमा दलहरुबीचको विवादका कारण सेना समायोजन प्रकृयामा ढिलाई हुने देखिएको छ ।

हालसम्म राजनीतिक संयन्त्रमा ५ जना सदस्य रहने मोटामोटी सहमतिमात्रै भएको छ । तर त्यसको संयोजक को हुने भन्नेमा राजनीतिक दलहरुबीचको विवाद अरु बढेको छ । सरकारको नेतृत्व गरिरहेको माओवादीलाई सो समितिको संयोजक बन्न नदिन प्रतिपक्षी नेपाली कांग्रेसका साथै सरकारमै रहेका नेकपा एमाले र मधेशी जनअधिकार फोरम एकमत देिखंदा यो स्थिति सिर्जना भएको हो ।

सुरुमा माओवादी भर्सेस कांग्रेस-एमाले-फोरमबीचको विवादको रुपमा देखिएको यो विवाद अहिले कांग्रेस भर्सेस एमालेबीचको विवादको रुपमा रुपान्तरित भएको छ । सो समितिको संयोजकको दावी माओवादीले छाडेलगत्तै यो स्थिति देखा परेको हो । समितिको संयोजकको जिम्मेवारी माओवादीले नपाएको स्थितिमा एमालेले लिनुपर्ने माओवादीको प्रस्ताव छ । संयोजकको दावी माओवादीले छाडेपनि सोही जिम्मेवारी एमालेलाई दिन नेपाली कांग्रेस अझै सकरात्मक देखिएको छैन ।

एमाले सत्तामा रहेकाले सोही जिम्मेवारी पाउनुपर्ने कांग्रेसको तर्क छ भने सेना समायोजन माओवादी र कांग्रेसबीच विवादको विषय भएकाले विवादको निप्टारा लगाउनकालागि सोही जिम्मेवारी आफूले पाउनुपर्ने एमालेको तर्क छ । कांग्रेसले सो समितिको संयोजक पद माओवादीले िलंदा उसले एकलौटी गर्ने भएकाले विपक्षी दलले पाउनुपर्ने दावी गर्दै आएको थियो । रक्षा मन्त्रालयको दावीपनि उसले यसै आधारमा गरेको थियो ।

यो स्थितिमा माओवादीकालागि सेना समायोजनसम्बन्धी विषय सबैभन्दा ठूलो चुनौति बनेर खडा भएको थियो । समायोजनसम्बन्धी सम्झौतामा आफ्नै सभापतिले हस्ताक्षर गरेपनि नेपाली कांग्रेस कुनैपनि हालतमा सेना समायोजन हुनदिने पक्षमा छैन भने एमालेभित्रपनि केपी ओली, रघुजी पन्तलगायतका नेताहरु समायोजनको सम्बन्धमा कांग्रेससँग समान धारणा राख्छन् । यस्तो स्थितिमा माओवादीले स्थितिलाई विस्तारै आफ्नो अनुकूल बनाउन खोजेको देिखंदैछ ।

सुरुवातमै उसले समिति गठनका सम्बन्धमा कांग्रेस र एमालेबीचको गठजोडलाई तोड्न सफल भएको छ । समितिको संयोजक पद आफूले नपाउने स्थितिमा उसले सोही जिम्मेवारी कांग्रेसलाईपनि नदिने स्थिति सिर्जना गरिदिएको छ 'सोही जिम्मेवारी एमालेले पाउनुपर्छ' भनेर । संयोजकको बदलामा उसले पाँच सदस्यीय समितिमा दुई स्थान आफूले पाउनुपर्ने नयाँ दावी पेश गरेको छ ।

माओवादीले संयोजक प्रस्ताव एमालेले पाउने अफर गरेपछि कांग्रेस र एमाले सेना समायोजनका सम्बन्धमा फेरि टाढिएका छन् । एमाले महासचिव झलनाथ खनाल सेना समायोजनका सम्बन्धमा सकरात्मक देखिएकाले संयोजकको जिम्मेवारी एमालेलाई िदंदा माओवादीलाई केही सहज हुने देखिन्छ । माओवादी प्रस्तावले कांग्रेस र एमालेबीच फेरि दरार उत्पन्न गरेको छ ।
 
संयोजकको बदला दुई सदस्य पद माओवादीले दावी गरेपछि माओवादीको नयाँ दावीको पनि विरोध गर्न सक्ने स्थितिमा एमाले छैन । संयोजकको जिम्मेवारी प्राप्तिकालागि उसले माओवादीको नयाँ दावी स्वीकार गर्नुपर्ने स्थितिमा पुगेको छ । समितिमा आफ्ना दुई सदस्य नरहे ससंयोजकको जिम्मेवारी एमालेलाई दिने निर्णय माओवादीले फिर्ता लिन सक्छ । यद्यपी माओवादीका दुई सदस्य समितिमा रहने प्रस्तावप्रति कांग्रेसले असहमति जनाएको छ ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®