Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
कांग्रेस बिनाको सेना समायोजन उच्चस्तरीय समितिमा जटिलता

काठमाण्डौं, October 29, 2008- सेना समायोजनसम्बन्धी बुँदा भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपनि समायोजनकालागि अनुदार बन्दै गएको नेपाली कांग्रेसले सेना समायोजनकालागि मंगलबार गठन भएको उच्चस्तरीय राजनीतिक समितिमा नबस्ने बताएको छ । यसले सेना समायोजन सम्बन्धी विषय अरु जटिल बन्ने देखिएको छ ।

समितिमा आफ्नो पार्टीको तर्फबाटपनि दुई सदस्य रहनुपर्ने अड्को थाप्दै कांग्रेसले यो माग पुरा नभएमा समितिमा नबस्ने बताएको हो । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मंगलबार यो कुराको खुलाशा गरेका छन् । उनले भनेका छन्- 'माओवादी झै नेपाली कांग्रेसकापनि दुई जना भएनन् भने कांग्रेस समितिमा बस्दैन ।'

माओवादीले भने कुनैपनि पार्टीको तर्फबाट समितिमा दुईजना राख्न नसकिने बताएको छ । गृहमन्त्री बामदेव गौतमको संयोजकत्वमा गठित समितिमा रक्षामन्त्री रामबहादुर थापा 'बादल' र शान्तिमन्त्री जनार्दन शर्मा प्रभाकर भएपनि शान्तिमन्त्री शर्मा पार्टीको तर्फबाट नभै शान्ति मन्त्रीको रुपमा पदेन सदस्य भएको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारेका छन् ।

'नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेका बेला पनि शान्तिमन्त्रीलाई पदेन सदस्यको रुपमा राख्ने गरिएको थियो' प्रधानमन्त्री प्रचण्डको भनाई छ- 'अहिले गरिएकोपनि त्यही हो त्यसैले नेपाली कांग्रेसले आफ्ना दुईजना सदस्य राख्नैपर्छ भनेर अडान लिन मिल्दैन नेपाली कांग्रेसले आफ्नो गलत अडान छाडेर समितिमा आफ्नो प्रतिनिधि पठाउनुपर्छ।'

समिति गठनकालागि संयोजक पद त्यागेर आफ्नो पार्टीले लचकता प्रदर्शन गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अब लचकता देखाउनुपर्ने पालो कांग्रेसको भएको बताएका छन् । कांग्रेस भने आफ्नो अडान दृढ देखिएको छ । कांग्रेस सेना समायोजन हुनै नदिने योजनामा रहेकाले समितिमा कांग्रेसको प्रतिनिधित्व हुने सम्भावना न्यून छ ।

माओवादी सरकारमा जानु अघि प्रमुख ४ पार्टीबीच भएको सहमतिमा सबै राजनीतिक पार्टीको सहमति अनुसार समिति बनाइने र सो समितिले सेना समायोजन सम्बन्धी नीति बनाउने कुरा उल्लेख छ । यदि कांग्रेसले समितिमा आफ्नो प्रतिनिधि पठाएन भने सेना समायोजन कार्य अबरुद्ध हुने छ।

कांग्रेसलाई सहमतिमा ल्याएर समायोजन कार्य सुरु गर्ने सोचाईमा माओवादी, एमाले र मधेशी जनअधिकार फोरम रहेका थिए । तर कांग्रेसले निरन्तर अवरोध सिर्जना गर्न थालेपनि उनीहरु कांग्रेसको अनुपस्थितिमापनि यो कार्य सुरु गर्ने सोचाईमा पुगेका छन् । यसअघिको सहमति अनुसार ६ महिनाभित्र समायोजन कार्य सुरु गरिसक्नुपर्छ ।

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®