Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'राष्ट्रिय सेनामा प्रवेशका लागि मापदण्ड पुगेकै हुनुपर्छ'- नेकपा एमाले महासचिव खनाल

काठमाडौँ, September 29, 2008- नेकपा एमालेका महासचिव झलनाथ खनालले सेनाका लागि मापदण्ड पुगेका र राजनीतिक दलको सदस्य त्यागेकालाई मात्र राष्ट्रिय सेनामा प्रवेश दिनुपर्ने बताएका छन्।

माओवादी जनसेना र नेपाली सेना समायोजन गरी राष्ट्रिय सेना बनाइनुपर्ने विषयमा बोल्दै एमाले महासचिव खनालले माओवादी छापामारले सेनामा प्रवेशका लागि मापदण्डअनुरुप आफूलाई प्रस्तुत गर्नसक्नुपर्ने र पार्टी सदस्यता पनि त्यागेको हुनुपर्ने शर्त राखेका छन् ।

'राष्ट्रिय सेनामा प्रवेशका लागि मापदण्ड पुगेकै हुनुपर्छ' खनालको कथन छ- 'सामूहिक रुपमा कुनैपनि राजनीतिक सेना नेपाली सेनामा प्रवेश हुनसक्दैन, व्यक्तिगत क्षमताका आधारमा मात्र प्रवेश दिनुपर्छ ।' सेना समायोजनका लागि छिट्टै सर्वदलीय विशेष समिति बनाएर नीति तय गरिने बताउँदै उनले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन सेना समायोजन अनिवार्य भएको बताए । सेना समायोजनका नाममा राष्ट्रिय सेनालाई राजनीतिकरण गर्न खोजिए आफूहरु चुप लागेर नबस्ने बताउँदै महासचिव खनालले राष्ट्रिय सेना नेपाली जनताको साझा सेना भएकाले त्यसमा कत्तिपनि राजनीतिक हस्तक्षेप हुन नदिन एमाले जिम्मेवारी ढंगले प्रस्तुत हुने बताए ।

खनालले राज्य पुर्नसंरचनाका लागि संविधान निर्माण प्रकृया महत्वपूर्ण भएको भन्दै त्यसका लागि सबै दल जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्ने बताए । संविधान सभामा कोही पक्ष र कोही विपक्ष नहुने बताउँदै खनालले भने- 'संसदीय अभ्यासका क्रममा पक्ष- विपक्ष हुन्छ तर संविधान सभामा पक्ष विपक्ष हुनुहुँदैन ।' राष्ट्रिय सहमति बनाएर संविधान निर्माण गर्नुपर्नेमा जोड दिदै आफ्नो दलले नेपाली कांग्रेसलाई समेत सरकारमा सहभागी गराएर राष्ट्रिय सहमति बनाउनका लागि प्रयास थालिरहने बताए ।

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले परम्परागत संसदीय प्रणालीमा जोड दिइरहेको भन्दै त्यसप्रति आफ्नो दलको असहमति रहेको उनले स्पष्ट पारे । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले संसदीय व्यवस्थाको विपक्षमा अभिव्यक्ति दिएको भन्दै असन्तुष्टिसमेत जनाएका उनले भने- 'गिरिजाबाबु परम्परागत बृटिश शैलीकै संसदीय प्रणालीको कुरा गरिरहनुभएको छ भने प्रचण्डजी पनि संसदीय प्रणालीको विपरित जान खोज्दैहुनुहुन्छ, दुवै प्रणालीभन्दा भिन्न अग्रगामी राजनीतिक आधार स्थापित गरेर जानुपर्छ ।' बहुदलीय प्रतिष्पर्धात्मक प्रणाली र लोकतन्त्रको संस्थागत विकासलाई आधार बनाएर राजनीतिक प्रणाली स्थापित गर्नुपर्नेमा उनको जोड थियो ।

नेपाललाई कसैले बिखण्डन गर्ननसक्ने भन्दै त्यस्तो मनशाय राख्नेहरु आफै समाप्त हुने बताए । उनको यो भनाई तराईमा सशस्त्र संघर्षरत समूहहरुप्रति लक्ष्यित थियो । उनले भने- 'इतिहास साक्षी छ कि नेपालको बिखण्डन गर्न चाहनेहरु आफै पतन भएका छन् ।' केही सशस्त्र समूहहरुले नेपाल बिखण्डन गर्ने धाकधम्की दिदैमा नेपाली जनता र सरकार रत्तिपति नआत्तिने बताउँदै उनले भने- 'नेपालको भूभाग अक्षुण्‍ड, अखण्ड राख्न नेपाली जनता र राजनीतिक दलहरु दृढसंकल्पित छन् ।' विहारमा सशस्त्र समूहहरुको बैठक भइरहेको बारे प्रश्न सोध्दा उनले राजनीतिक शक्तिसंग राजनीतिक ढंगबाटै कुरा अगाडि बढाउने बताए । सिधै कारबाहीमा जानुभन्दा हतियार उठाउनुको कारण बुझेर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।
 
-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®