|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सेना समयोजन विरुद्ध जवानहरुलाई भड्काउने काम
भित्रभित्रै जारी काठमाण्डौं, November 20, 2008- सेनाले राजनीतिक विषयबस्तुमा टिप्पणी नगर्ने परम्परा भएपनि लामो समय राजतन्त्र टिकाउन प्रयोग भएको नेपाली सेनाले राजनीतिक विषयमा टिप्पणी गर्ने र राजनीतिक नेतृत्वले टुङ्गो लगाउनुपर्ने सेना समयोजन सम्बन्धी बिषयमा सैनिक जवानहरुलाई भड्काउने काम भित्रभित्रै जारी राखेको छ । सेना समायोजन कसरी गर्ने भन्ने बारेमा राजनीतिक दलहरुबीच बहस भैरहेका बेला सैनिक जङ्गी अड्डाले भने समायोजनका विरुद्धमा उभिन देशभरिका सैनिकहरुलाई भित्रभित्रै पत्राचार गरेको पाइएको छ । सैनिक जङ्गी अड्डाले गोप्य रुपमा गरेको यो कृयाकलापले राजनीतिक सहमतिमा सेना समायोजन भयो भनेपनि त्यसका विरुद्ध केही सैनिक अधिकृतहरु उभिने र शान्ति प्रकृया नै भाँडिने सम्भावना देखिएको छ । सेनाको अपरेशन विभागका प्रमुख मेजर जनरल गौरव शमशेर राणाले देशभरिका सैनिक पृतना, बाहिनी, गण र गुल्महरुमा यस्तो पत्राचार गरेका हुन् । कार्तिक २२ को मिति राखी यसै हप्ता पठाइएको उनको पत्रमा कुनै पनि समूह वा संगठनलाई सेनामा प्रवेश गराउन नसकिने तर व्यक्तिगत तहमा हुने भर्तीमा भने आपत्ति नभएको सैनिक निर्देशनमा उल्लेख गरिएको छ । सेना समायोजनबारे आफ्ना जवानसम्मलाई चिन्तन गर्न आग्रह गर्दै उनले सेना दलगत राजनीतिबाट अलग रहेको भन्दै दलगत संलग्नताबाट बाहिर रहन सके मात्र तटस्थता र व्यावसायिक सेना रहनसक्ने र समूहगत प्रवेश भए संस्थाको भविष्य अप्ठ्यारो पर्ने उल्लेख गरेका छन् । उनले पठाएको पत्रमा माओवादी छापामारहरुलाई 'व्यक्तिगत रुपमा भर्ना' मात्र गर्न सेनाले अडान लिनुपर्ने सो पत्रमा उल्लेख गरेको श्रोतले बताएको छ । 'राष्ट्रिय सेनामा कुनै पनि समूह वा संगठनलाई समायोजन गर्ने भन्ने विषय अति संवेदनशील विषय भएको राज्यले नै सेनाको स्थापित विशिष्ट मूल्य, मान्यता, अराजनीतिक, तटस्थता र व्यावसायिकतामा अटल रहन मद्दत मिल्नेगरी यसको जगेर्ना गराउनुपर्दछ' सो पत्रमा भनिएको छ- 'उल्लेखित चरित्र तथा व्यावसायिकतामा उक्त संस्थाको भविष्य र राष्ट्रको अस्तित्व गाँसिएको हुन्छ तसर्थ नेपाली सेनाले अन्तर्राष्ट्रिय मान्यताअनुसार अंगिकार गरिएको निश्चित मापदण्डबमोजिम मात्र कुनै पनि नेपाली नागरिक तोकिएको व्यवस्थित प्रकि्रयाबाट भर्ना गर्न सकिने सेनाको सोचलाई सबै पक्षबाट ऐक्यबद्धता प्रकट हुनुपर्ने देखिन्छ ।' सेना समायोजनका बारे राजनीतिक बृत्तमा बहस चलिरहेका बेला सेनाले आन्तरिक रुपमा जारी गरेको यो सर्कुलरले केही राजनीतिक पार्टीको निर्देशनमा सेना समायोजन हुनै नदिने र शान्ति प्रकृया भाँड्ने योजनामा लागेको देखिएको छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||