|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
विश्वको सर्बोच्च शिखर
सगरमाथाको टुप्पोमा आप्पा शेर्पा पुगे १८ औं पटक पाँच जना नेपाली चेलीहरु पनि सफल आरोहण ![]() Proud son of the Mt. Everest! Appa Sherpa who climbed Mt. Everest 18th time since 1990. File photo contributed: Sirab 'हाम्रो तेन्जिङ्ग शेर्पाले चढ्यो हिमाल चुचुरा, चम्केर बज है खैंजेडी झम्केर बज मुजुरा' - माधवप्रसाद घिमिरे काठमाडौं, May 23, 2008-नेपाल आमाका सपुत हिमाल आरोही तेन्जिङ्ग नोर्गे शेर्पा ५५ वर्ष अगाडि एडमण्ड हिलारीकासाथ सगरमाथा चढ्दा कविवर माधव घिमिरे खुसीले फुरुङ्ग परेका थिए । र उपरोक्त गीत लेखेका थिए । यस पटक फेरी सगरमाथा आरोही आप्पा शेर्पाले १८ औं पटक विश्वको सर्बोच्च शिखर सगरमाथाको आरोहण गरेर नेपाली जनताको शिर फेरि एकचोटि ठाडो पारिदिएका छन् । त्यो नेपाली शेर्पा सपुतले सगरमाथामाथि विजय हासिल गर्दा सारा नेपालीको छाती गर्वले फुलेको थियो । र शिर अभिमानले ठाडो भएको थियो । हाम्रो शिर ठाडो र मुटु अभिमानले फुल्ने गरी फेरि अर्का नेपाली शेर्पा सपुतले सगरमाथामाथि कीर्तिमान कायम गरेका छन् । सगरमाथा आरोही आप्पा शेर्पाले १८ औं पटक विश्वको सर्बोच्च शिखर सगरमाथाको आरोहण गरेर नेपाली जनताको शिर फेरि एकचोटि ठाडो पारिदिएका छन् । बिहीबार विहान पौने ६ बजे यसअघिका आफ्नै सातौं कीर्तिमान तोडदै आप्पा नेपाली भूभागतिरैबाट सगरमाथा पुगेका थिए । उनी एसियन ट्रेकिङ्ग प्रालिको प्रायोजनमा सगरमाथा उक्लेका थिए । जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउने उद्देश्यले सो प्रालिले नवाङछम्बी शेर्पाको नेतृत्वमा इको एभरेष्ट एक्सपिडिसन ग्रुप २००८ गठन गरेको थियो । सोही समूहमा रहेका ४८ वर्षीय आप्पा यसअघिका आफ्नै कीर्तिमान तोड्दै सगरमाथाको शिखरमा १८ औं पटक पुगेका हुन् । १८ वर्षको अवधिमा यो उनको १८ औं सगरमाथामाथिको बिजय हो । सन् १९९० मे १० तारिखकादिन उनी पहिलो पटक सगरमाथा पुगेका थिए। यसअघि सगरमाथा आरोही आङरिता शेर्पाले १० औं पटक सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गरेका थिए । तर सन् २००० मे २४ का दिन आप्पाले आङरिताको कीर्तिमान तोडी ११ औं पटक आरोहण गर्ने कीर्तिमानी आरोहीको रुपमा आफ्नो नाम दर्ज गरे । जब उनले १२ औं पटक सगरमाथाको आरोहण गरे उनको परिवारले उनलाई आरोहणबाट सन्यास लिन दबाब दिए । उनी मन्जुर भए । तर त्यत्तिकै बस्न कसरी मान्थ्यो उनको मन । उनले सन्यासको घोषणा फिर्ता लिए । र फेरि लागे सगरमाथातिर । अहिलेसम्म आफैले आफ्ना ७ वटा कीर्तिमान तोड्दै उनी सगरमाथामाथि पटक पटक विजय हासिल गरिरहेका छन् । ![]() ![]() ![]() ![]() ![]() Women climbers L to R: Maya Gurung, Nwang Phuti Sherpa, Pema Diki Sherpa, Pujan Acharya and Susmita Maske. Photos courtesy: Nepal Samacharpatra daily (NewsofNepal.Com) आप्पालेमात्र होइन अन्य ४६ जना नेपालीहरुलेपनि बिहीबारकै दिन सगरमाथाको सफल आरोहण गरेका छन् । मे २२ सगरमाथाको आरोहणकै इतिहासमा कीर्तिमानी दिनको रुपमा दर्ज भएको छ । ४६ नेपालीका अलवा २९ विदेशी गरी ७५ जनाले बिहीबार सगरमाथाको सफल आरोहण गरेका छन् । यसैगरी पाँचजना नेपाली चेलीहरुपनि बिहीबार नै सगरमाथाको चुचुरोमा पुगेका छन् । तिनमा दोलखाकी पेमाडिकी शेर्पा र पूजन आचार्य, काठमाडौंकी सुस्मिता मास्के, सिन्धुपाल्चोककी माया गुरुङ्ग, ताप्लेजुङ्गकी नवाङ्फुटी शेर्पा रहेका छन् । -Sitaram Baral in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®