Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
दरवारको एण्टी एयरक्र्याफ्‍ट सारियो

काठमाण्डौं, November 17, 2008- कुनै बेला नेपाली सेनासँग भएका सबैभन्दा शक्तिशाली हतियारहरु दरवारमा केन्द्रित गरिएका थिए । ती मध्ये २०४३ सालमा चीनबाट गोप्यरुपमा ल्याइएको एण्टी एयरक्र्याफ्‍ट तोपपनि एक थियो ।

लडाकू जहाजलाईसमेत मार हान्न सक्ने तोप नेपालको सरकारले गोप्य रुपले ल्याएको थाहा पाएपछि भारतले २०४५ मा नेपालमाथि नाकाबन्दीसमेत लगाएको थियो । उता दरवारले पनि नारायणहिटी दरवारको सुरक्षर्थ सोही हतियार दरवारभित्र तैनाथ गरेको थियो ।

तर गणतन्त्रको स्थापनालगत्तै एण्टी एयरक्र्याफ्‍ट लगायतका हतियारहरु नारायणहिटीबाट धमाधम सार्न थालिएको छ । जानकारी अनुसार एण्टी एयरक्र्याफ्‍ट तोपसहितको एक पल्टन दरबारबाट हालैमात्र नारायणहिटीबाट बाहिरिएको छ । कम्पनीस्तरको सोही पल्टनले हवाई हमलाको प्रतिरोध गर्न सक्थ्यो । ०४३ मा चीनबाट गोप्यरुपले खरिद गरिएका एन्टी एयरक्राफ्ट तोपहरु सो हवाई सुरक्षा गुल्मसँग थिए ।

सैनिक श्रोतकाअनुसार हालै मात्र सो पल्टनलाई त्रिभुवन विमानस्थलमा सारिएको छ । हवाई सुरक्षा गुल्मको सो कार्यालयमा भ्याली पृतनाको कार्यालय स्थापना गरिएको छ । यसैगरी दरबारको सुरक्षामा खटिने गरेको पूर्व शाही रक्षक बाहिनी अर्थात् अहिलेको २६ नं. बाहिनीलाई पनि त्यहाँबाट सारिने भएको छ । जानकारीअनुसार उक्त बाहिनीलाई भक्तपुरको खरिपाटीमा सारिने सम्भावना छ ।

सो बाहिनीअन्तर्गतको बर्दबहादुर गणले राष्ट्रपति र उपराष्ट्रपति कार्यालय भवनको सुरक्षाको जिम्मेवारी लिँदै आएको छ भने गोरखबहादुर गणले चाहिँ नारायणहिटीलगायतका दरबारहरुको नै सुरक्षा गर्दै आएको छ । विशेष सुरक्षा बलले भने राष्ट्रपति र उपराष्ट्रपतिलाई नजिकबाट सुरक्षा दिने गरेको छ ।

-Sitaram Baral in Kathmandu













   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®