|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
फोहोरी राजनीतिको काइते काइदा: यस्ता नेताले
नेपाल देश चलाई रहेछन् अध्यक्ष सिंहलाई जवर्जस्ती हस्ताक्षर गराएर तैयार पारिएको प्रेस बिज्ञप्तीमार्फत् बरिष्ठ उपाध्यक्ष खुसीलाल मण्डल र प्रबक्ता सरिता गिरीमाथि कार्वाहीको घोषणा गर्दै आपूर्ति मन्त्री श्यामसुन्दर गुप्ता काठमाडौं, May 20, 2008-सत्तारुढ सात दलीय गठबन्धनको एक घटक नेपाल सद्भावना पार्टी 'आनन्दीदेवी' की अध्यक्ष आनन्दीदेबी सिंह पटक-पटक अपहरणमा परिरहन्छिन् भन्ने सुन्दा विदेशमा रहेका नेपालीहरुलाई अचम्म लाग्दो हो तर सो पार्टीका विभिन्न गुट-उपगुटका नेताहरुको स्वार्थकालागि उनी पटक-पटक अपहरणमा पर्ने गरेको घटना नेपालमा रहेका नेपालीहरुकालागि सामान्य भैसकेको छ । पछिल्लो पटक आपूर्तिमन्त्री श्यामसुन्दर गुप्ताले उनको अपहरण गरे । बैशाख २३ गते आनन्दीदेवीका भतिज जसवन्त सिंहको सहयोग लिएर उनको अपहरणमा परी विहारको राजधानी पटना पुर्याइएको थियो । त्यसपछि विवादास्पद मन्त्री गुप्ता झन विवादास्पद बने । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको चेतावनीका कारण आनन्दीदेवीलाई सार्वजनिक गर्न त उनी बाध्य भए तर 'सार्वजनिक' भए लगत्तै उनी उही नाटक दोहोरियो । कोटेश्वरमा एक आफन्तको घरमा रहेकाबेला बैशाख २३ गते राति १० बजे मन्त्री गुप्ता र उनका भतिज सहितको समूहले आनन्दीदेवीको अपहरण गरेको थियो । मन्त्रीकै गाडी प्रयोग गरी उपचारको बहानामाअ आनन्दीदेबीलाई रातारात सीमापार गराइएको थियो । अध्यक्ष सिंह अपहरणमा परेपछि बरिष्ठ उपाध्यक्ष खुसीलाल मण्डल प्रबक्ता सरिता गिरीलगायतले उनको स्थिति सार्वजनिक गर्न र अपहरणमा संलग्न मन्त्री गुप्तामाथि कडा कार्वाहीको माग गरेका थिए । त्यसपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आनन्दीदेवीको स्थिति सार्वजनिक गर्न दबाब दिन मन्त्री गुप्तालाई खोजेका थिए । तर दुईदिन मन्त्री गुप्ता प्रधानमन्त्रीको सम्पर्कबाट बाहिरै रहे । बरिष्ठ उपाध्यक्ष खुसीलाल मण्डल पक्षले बालुवाटारमा दिएको धर्ना र आन्दोलनको कडा चेतावनीपछि आनन्दीदेबीलाई सार्वजनिक गर्न प्रधानमन्त्री कोइरालाले मन्त्री गुप्तालाई चेतावनी दिनु परेको थियो । पहिले आफूले अपहरण नगरेको र आनन्दीदेवीबारे आफूलाई केही थाहा नभएको बताएका मन्त्री गुप्ताले प्रधानमन्त्रीको चेतावनीपछि आनन्दीदेवी उपचारकालागि पटनामा रहेको सार्वजनिक गरेका थिए । प्रधानमन्त्रीले उपचार गर्नै पर्ने भए नेपालमै ल्याएर उपचार गराउनपनि भने । त्यसपछि गुप्ताले केही पत्रकारलाई प्रयोग गरी पटना पुर्याए । र डाक्टरले आनन्दीदेवीलाई १५ दिन 'रेष्ट' मा बस्न भनेको झूठो जानकारी प्रवाह गर्दै उनलाई नेपाल ल्याउन नसकिने सन्देश प्रवाहित गराए । गुप्ताले आनन्दीदेवीका बारेमा दिएको विवरण झूठो भएको बताउँदै सद्भावनाको मण्डल पक्षले बालुवाटारमा धर्ना जारी राख्यो । त्यसपछि प्रधानमन्त्री कोइरालाले तत्काल आनन्दीदेवीलाई आफ्नो अगाडि उपस्थित नगराइए उनलाई मन्त्री पदबाटै बर्खास्त गरिने कडा चेतावनी दिए । मन्त्री गुप्ता त्यसपछि रातारात आफै पटना पुगेर आइतबार आनन्दीदेवीलाई काठमाडौं ल्याइपुर्याए । काठमाडौं ल्याइएपछि रिपोटस्र क्लवमा 'आनन्दीदेवीको सार्वजनिककालागि' मन्त्री गुप्ताले एक कार्यक्रमको आयोजना गरे । आफूले अपहरण गर्नुअघि गुप्ताले बरिष्ठ उपाध्यक्ष मण्डल पक्षले आनन्दीदेवीको अपहरण गरेको आरोप लगाएका थिए । आनन्दीदेवीको सार्वजनिक गर्ने कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मण्डल पक्षका सरिता गिरी, कोषाध्यक्ष तेजकान्त झालगायतका नेताहरुपनि उपस्थित भए । अध्यक्ष आनन्दीदेवीलाई जवर्जस्ती हस्ताक्षर गराउँदै भतिज जसवन्त सिंह र बुहारी सार्वजनिक कार्यक्रममा अध्यक्ष सिंहलाई मन्त्री गुप्ताले कडा नियन्त्रणमा ल्याएको देखिएको थियो । सार्वजनिक कार्यक्रममै गुप्ताले तैयार पारेको प्रेस विज्ञप्तिमा अध्यक्ष सिंहलाई हस्ताक्ष गर्न दबाब दिइएको थियो । निरीह सिंहले सकी नसकी त्यसमा हस्ताक्षर गरिन् । त्यसमा के लेखिएको छ भन्ने कुरा ती निरक्षर बृद्धालाई थाहा थिएन । साथमा रहेका उनका भतिज जसवन्त सिंहले पत्रकारहरुकै अगाडि हस्ताक्षरकालागि थप दबाब दिएका थिए । त्यसपछि मन्त्री गुप्ताले आनन्दीदेवीलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाइएको विज्ञप्ति पढे जसमा लेखिएको थियो- 'म अपहरणमा परेको होइन…। खुसीलाल मण्डल, सरिता गिरी र कोषाध्यक्ष तेजकान्त झालाई पार्टीबाट निस्कासन गरिएको ब्यहोरा यही बक्तव्यमार्फत जानकारी गराउँछु ।' सिंहले कार्यक्रममा बरिष्ठ उपाध्यक्ष खुसीलाल मण्डल, प्रबक्ता गिरी लगायतका नेता-कार्यकर्तालाई त्यहाँ देखेपछि लाजले शिर निहुराएकी थिइन् । सद्भावना प्रबक्ता सरिता गिरी बायाँ र केन्द्रीय सदस्य उर्मिला पाण्डेका अगाडि लाजले शिर झुकाएकी अध्यक्ष सिंह Photos: Sitaram त्यसपछि त्यहाँ निकै ठूलो होहल्ला भयो । खुसीलाल मण्डल पक्षले मन्त्री गुप्ताले अपहरण गरेको आरोप लगाउँदै गुप्ताको नियन्त्रणबाट मुक्त गरेपछिमात्र आनन्दीदेबीले स्वतन्त्रतापूर्वक सत्य कुरा बोल्न सक्ने बतायो । उनको आरोप थियो- 'निरक्षर आनन्दीदेबीलाई आफ्नो कब्जामा राखेर मन्त्री गुप्ता राजनीतिक फाइदा लिन चाहिरहेका छन् र उनका भतिज मन्त्री गुप्तालाई प्रयोग गरी आनन्दीदेवीको नाममा रहेको सम्पत्ति हत्याउन चाहन्छन् । यी सबै नाटक यसैकालागि भएको हो ।' उनले गजेन्द्रनारायण सिंहको सम्पत्ति स्व. गजेन्द्रको नाममा स्थापना गरिएको ट्रष्टमा राख्न खोजेको, निसन्तान आनन्दीदेबीपनि त्यसमा सहमत भएको तर भतिज जसवन्त सिंह सम्पत्ति हत्याउन षडयन्त्रमा सामेल भएको आरोप लगाए । निकै ठूलो बादबिबाद भएपछि र मन्त्री गुप्ता अपहरणमा संलग्न भएको भन्दै कार्यक्रमस्थलमा नारावाजी भएपछि मन्त्री गुप्ताले प्रहरी सहयोगमा आफ्नो नियन्त्रणमा राखेर आनन्दीदेबी सिंहलाई लगेका थिए । हाल उनी मन्त्री गुप्ताकै नियन्त्रणमा छिन् । त्यसअघि उनले आनन्दीदेबी सिंहलाई प्रधानमन्त्रीसँग भेट गराएका थिए । भेटमा के कुरा भयो त्यो सार्वजनिक भएको छैन । तर अर्को पक्षले आफूहरुलाई समेत साथमा राखी प्रधानमन्त्रीले कुरा गरेमामात्र वास्तविक कुरा आउनसक्ने दाबी गरेको छ । प्रबक्ता सरिता गिरी भन्छिन्- 'मन्त्री गुप्ता- जसले उहाँको अपहरण गरेका छन्- को अगाडि बसेर कसरी उहाँले आफ्नो मनको कुरा गर्न सक्नुहुन्छ ? त्यसैले मन्त्री गुप्ताबाट अलग गरेरमात्र उहाँसँग कुराकानी गर्ने वातावरण मिलाउनु पर्छ ।' प्रधानमन्त्रीको दबाव र चेतावनीका कारण मन्त्री गुप्ता अध्यक्ष सिंहलाई सार्वजनिक गर्न बाध्य भएपनि उनी फेरि त्यहींबाट अपहरित भएकी छिन् । मन्त्री बन्नकालागि यसअघि राजेन्द्र महतोले उनको अपहरण गरेका थिए भने महतोलाई हटाएर आफू मन्त्री बन्न गुप्तालेपनि उही काइदा प्रयोग गरेका थिए । सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्रनारायण सिंहको धर्मपत्नी भएका कारण सम्मान स्वरुप उनलाई पार्टी अध्यक्ष बनाइएको थियो । लेखपढसमेत गर्न नजान्ने निसन्तान उनलाई अपहरण गरी जवर्जस्ती हस्ताक्षर गराएर स्वार्थसिद्ध गर्ने गरिएको छ । तर यो नै उनको पहिलो र अन्तिम अपहरण भने होइन । उनी पार्टी अध्यक्षको रुपमा रहुन्जेल र त्यसै हैसियतमा उनको हस्ताक्षर कामयाव रहुन्जेलसम्म उनी यसरी नै अपहरणमा परिरहने निश्चित छ । -Sitaram Baral in Kathmandu आक्रोसित बरिष्ठ उपाध्यक्ष खुसीलाल मण्डल अपहरण विरोध गर्दे उर्मिला पाण्डे र सरिता गिरी Photos: Sitaram Baral |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®