|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
News from New York: As of August 1, 2008 1866+ ले सही गरे View all 1866 petitioners |
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अमेरिकि नेपाली संचारकर्मिहरु उपराष्ट्रपति झाको बिरुद्ध उत्रे -UNO बिशेष सम्बाददाता न्यूयोर्क, July 27, 2008- अमेरिकाका बिभिन्न नेपाली संचार माध्यमहरुमा कार्यरत नेपाली पत्रकारहरुको एक समुहले भर्खरै निर्बाचित नेपालका उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा शपथ ग्रहण लिएको प्रति आपत्ति जनाउदै एक अनलाइन पिटिसन (Petition) शुरु गरेको छ। आफ्नो पिटिसन (Petition) पेश गर्न यो लिन्क्समा क्लिक गर्नुहोस्: http://www.petitiononline.com/nhc111/petition.html Online Petition को पूर्ण रुप तल पढ्नुहोस्: उपराष्ट्रपतिको विरुद्ध विरोध पत्र To: Government of Nepal गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपति पदमा नव निर्वाचित परमानन्द झाले गत बुधबार आयोजित विशिष्ट समारोहमा स्थानीय भेष भुषा लगाएर हिन्दी भाषामा पद तथा गोपनीयताको सपथ खाई नेपाल र नेपालीको अस्तित्व माथि नै हिलो छ्याप्ने दुसाहस गरेको विरुद्धमा अमेरिकाको डिसीबाट प्रकाशन हुँदै आईरहेको नेपाली भाषाको खबर पत्रिका बिश्व सन्देशले परमानन्द झाको उपराष्ट्र्पति पदबाट राजिनामा माग गर्दै महामहिम राष्ट्र्पति समक्ष प्रस्तुत गर्न लागेको एक विरोध पत्र तयार गरेको छ । डिसीस्थित नेपाली राजदूतावास मार्फ राष्ट्र्पति समक्ष पेश गर्न लागिएको उक्त विरोध पत्र आज शुक्रबार नेपाली राजदूताबासमा बुझाउने कार्यक्रम रहेको थियो । तर महामहिम राजदूत सुरेशराज चालिसे कार्यबश सिकागोमा रहनु भएकोले आउँदो सोमबार बुझाउने कार्यक्रम रहेको छ । सो अबसरमा यहाँ रहनु भएका भाषा, भेष र राष्ट्र्प्रेमी सबै इच्छुक नेपालीलाई उपस्थितिका लागि अनुरोध गर्दछौं । सर्म्पर्कका लागि- हेमन्त श्रेष्ठ -२०२-५७७-३८९७ सुरेश सापकोटा -७०३-६७५-७६८९ बिरोध पत्र यस प्रकारको रहेको छ- उपराष्ट्रपतिको विरुद्ध विश्व सन्देशको विरोध पत्र महामहिम राष्ट्र्पति रामबरण यादबज्यू राष्ट्र्पति भवन, शितल निवास, काठमाण्डौं मार्फ - नेपाली राजदूतावास वासिंगटन डिसी महामहिम राष्ट्र्पतिज्यू |
|
|
गणतन्त्र नेपालको पहिलो उपराष्ट्र्पति पदमा नवनिर्वाचित परमानन्द झाले गत बुधबार आयोजित विशेष समारोहमा सपथ खानु हुँदा हिन्दी भाषा प्रयोग गर्नु भएको कुराले नेपालको एकता, अखण्डता र र्सार्वभौममाथि गौरव गर्ने हामी समस्त नेपालीको हृदयमा गम्भीर चोट पुर्याएको कुरा महामहिम राष्ट्रपति समक्ष राख्न चाहन्छौं । आज मुलुक समाबेसी लोकतन्त्रको नाममा जातीय, क्षेत्रीय र साम्प्रदायिक भावनाबाट दन्कन खोजिरहेको विखण्डनको आगोलाई निभाउँदै सिङ्गोे नेपालको अस्तित्व र पहिचानका लागि लडिरहेको छ । यस्तो संक्रमणकालीन अबस्थामा इतिहासमै पहिलो पटक निर्वाचित पहिलो उपराष्ट्र्पतिले पहिलो पटक आयोजित विशिष्ट राष्ट्रि्य समारोहमा पद तथा गोपनीयताको सपथ हिन्दी भाषामा खाएर नेपाली भाषा र नेपाली शानको अपहेलना मात्र होईन नेपाल र नेपालीको भावि अस्तित्वमाथि नै शंका गर्नु पर्ने स्थिति सृजना गरेको हामीले महशुश गरेका छौं । उपराष्ट्र्पतिको यसप्रकारको नियतले देशमा सल्कदै गरेको विखण्डनबादी आगोको लप्कामा घिउ थपेर पुरै देशलाई जलाउन खोज्नेहरुको ठूलै माहोल उच्चस्तरमै सक्रिय रहेको आशंका पैदा गराएको छ । निश्चय पनि हाम्रो देश चार जात छतीस वर्ण्र्ााे सुन्दर बघैंचा हो । यहाँ हरेक भाषा, हरेक भेष र हरेक संस्कृतिको समान सम्मान र कदर हुनु पर्दछ । तथापी जब जब राष्ट्रि्य पर्व र राष्ट्रिय महत्वका सवालहरुका कुरा आउँछन् त्यस बखत एउटै भाषा, एउटै भेष र एउटै संस्कृतिको आवाज बुलन्द हुनु राष्ट्रि्य एकताका निमित्त नितान्त जरुरी छ । त्यसमाथि पनि नेपाली राष्ट्रिय भाषा भनेको हरेक भाषा भाषीहरुलाई एउटैै धागोमा उन्न्ो शुत्र हो । त्यसरी नै राष्ट्र्पति र उपराष्ट्र्पतिको पद कुनै एक दल, क्षेत्र र जातिको मात्र नभइ समग्र् राष्ट्र्रलाई एक शुत्रमा बाँध्ने एकताका प्रतिकको रुपमा स्थापित पद हो । यस्तो महान पदमा निर्वाचित व्यक्तिले संकुचित बिचार लिई आफ्नो राष्ट्र् र राष्ट्रि्यतालाई विर्सिएर आफ्नो मातृ भाषाको समेत अपमान हुने गरी बिदेशी भाषाको सहारा लिनु कदापी क्षम्य हुन सक्देैन । यसप्रकारको परास्त मनस्थिति बोकेको नेतृत्वकर्ताबाट आम नेपालीले कल्पना गरेको नयाँ नेपाल सृजना होला भनेर कसरी विश्वास गर्ने - भाषा, साहित्य, कला र संस्कृति नै राष्ट्र्को पहिचान हो । यसको समृद्धि, सर्म्बर्धन र प्रचार प्रसारका लागि आम नेपाली आजन्म लागिरहेका छन् । कैयनले आफ्नो जीवन नै अर्पेका छन् । देश भित्र मात्र होईन बिदेशमा बस्ने नेपालीहरुले समेत देशको भाषा र संस्कतिको सेवा बिदेशी भूमिमा बसेर पनि विभिन्न माध्यम र साधनहरुबाट गरिरेका छन् । । यस पर्रि्रेक्षमा देशकै गरिमामय र राष्ट्रको प्रतिनिधित्व गर्ने व्यक्तिले राष्ट्र्कै पहिलो ऐतिहासिक अबसरमा राष्ट्रि्य भाषा र राष्ट्रि्य भेषको अमर्यादा र अपहेलना गरेकोमा उपराष्ट्र्पति परमानन्द झा प्रति हामी सात समुद्र्र पारी रहेर पनि आफ्नो देशको भाषा र संस्कृतिको उत्थानका लागि मरिमेटिरहेको विश्व सन्देश खबर पत्रिकाको तर्फाट खेद प्रकट गर्दै बिरोध जनाउँदछौं । यस्तो संकृण मनोभाबनाबाट ग्रसित व्यक्तिलाई देशको उपराष्ट्र्पति जस्तो उच्च पदमा चुनी बहाली गराउने दल र जनप्रतिनिधिहरु पनि उतिकै दोषी छन् । उनीहरुको यो अदूरदशी र अनुत्तरदायी निर्णयप्रति पनि हामी दुख प्रकट गर्दछौं । आफ्नो राष्ट्रि्य मर्यादाको पालना नगर्ने मात्र होईन आफ्नो राष्ट्र्को अस्तित्वलाई नै प्रहार गर्न हाकाहाकी हिम्मत राख्ने व्यक्ति उपराष्ट्र्पति पदको लागि अयोग्य मात्र होईन राष्ट्रि्य हितकै निम्ति अफापसिद्ध हुन सक्ने भएकोले उपराष्ट्र्पति परमानन्द झालाई यथाश्रि्र नैतिकताको आधारमा आफ्नो पदबाट राजिनामा दिन समेत हामी अपिल गर्दछौं । साथै आगामी दिनहरुमा राष्ट्रि्य व्यक्तित्वहरुले स्थानीय भाषा, भेष र संस्कृतिलाई सुहाँउदिलो स्थानमा इज्जत दिई राष्ट्रि्य उत्सव, पर्व र समारोहहरुमा राष्ट्रि्य भाषा, भेष र संस्कृतिको पालना गर्ने गराउने प्रावधान कायम हुनु पर्दछ भन्ने माग पनि राख्दछौं । हेमन्त श्रेष्ठ, विश्व सन्देश (सँयोजक) सुबु के.सी., नेपाल होराईजन्स डट कम बासु श्रेष्ठ, खसखस डट कम राम खरेल, सगरमाथा टेलिभिजन रामहरि सुबेदी, डिसी नेपाल डट कम जीवन तिवारी, नेपालीमन डट कम गोविन्द गिरी प्रेरणा, विश्व परिक्रमा सुजित अर्जेल, नेपाल अब्रोड वासिंगटन डिसी अमेरिका । बोधार्थ: उपराष्ट्र्रपति परमानन्द झा उपराष्ट्र्पतिको कार्यालय संम्मननीय प्रधानमन्त्री प्रधानमन्त्रीको कार्याल शिक्षा संस्कृति तथा खेलकूल मन्त्रालय केशर महल काठमाण्डौं सूचना तथा संचार मन्त्रालय काठमाण्डौं Sincerely, The Undersigned We endorse the उपराष्ट्र्रपतिको विरुद्ध विरोध पत्र Petition to Government of Nepal The petition Appealed by Nepalese Media in the USA Dear friends, As you know, there have been countrywide expressions of dissent against the newly elected Vice President, Parmananda Jha, for taking oath of his post and secrecy in Indian (Hindi) language during the President and Vice-Presidential oath-taking function on last Wednesday. Over 48 hours of being sworn in as republic of Nepal’s first vice president, former judge Parmanand Jha found himself at the centre of a controversy when he took the oath of office in Hindi, triggering widespread protests. We are compaigning the petition against the legal norms of the interim constitution, has urged the Supreme Court to issue an order to nullify the vice-president’s post unless he retakes the oath in the national language. To make it easy for them to take action on this matter, a petition is prepared and attached here through a web link. This petition needs to be signed by as many of us as possible and as quickly as we can. Please follow the link below to view the petition and sign it. The petition will then be submitted to the Embassy of Nepal with in few days. http://www.petitiononline.com/nhc111/petition.html Sincerely, Hemanta Shrestha, Vishwa Sandesh Basu Shreshta, khasskhass.com Subu Kc, NepalHorizons.com Ram Kharel, Sagarmathatv.us Govinda Giri Prerana, Vishwa Parikrama Ramhari Subedi, Dcnepal.com Jiwan Tiwari, NepaliMan.com Sujeet Aryal, Nepal Abroad Read the उपराष्ट्र्रपतिको विरुद्ध विरोध पत्र Petition As of August 1, 2008- उपराष्ट्रपति झाको बिरुद्ध Online Petition मा 1866+ ले सही गरे Name & Comments as of August 1, 2008 View all 1866 petitioners |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||