Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
अमेरिकी सरकारलाई माओवादीलाई आतंककारी सुचीवाट नहटाउन दवाव दिइने
-UNO बिशेष सम्बाददाता

न्यू योर्क, October 23, 2008- नेपालमा प्रतिपक्षमा बस्नु परेपछि रन्थनिएको नेपाली काङ्ग्रेसको एक अमेरिकी भातृ सङ्गठनले अमेरिकी सरकारलाई माओवादीलाई आतंककारी सुचीवाट नहटाउन दवाव दिने बताएको छ।

नेपाली जनसर्म्पर्क समिति अमेरिकाले एक विज्ञप्ति जारी गरी भनेको छ- "प्रजातन्त्र, वहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, वाईसीएलको ज्यादती, लुटिएको सम्पत्ति फिर्ता लगायतमा माओवादीले पूर्ण प्रतिवद्धता नदेखाउंदासम्म आतंककारी सुचीवाट नहटाउन अमेरिकी सरकारलाई दवाव दिने निर्णय गरेको छ ।

नेपाली काँग्रेसले माओवादी समक्ष विगतमा राखेका विभिन्न शर्तहरु पुरा गराउनका दवाव दिन लागिएको हो । माओवादीलाई अमेरिकी सरकारले एक्जुकेटिभ अर्डर अर्न्तगत आतंककारी सुचीमा राखेको छ । काँग्रेसले अघि सारेका शर्तहरु पुरा नहुदांसम्म माओवादीमाथि लगाएको आतंककारीको सुची नहटाउन समितिले अमेरिकी सरकारको ध्यानाकर्षा गराउने निर्णय पनि गरेको छ । यसका लागि अमेरिकी सिनेटरहरुसँग भेटघाट, विरोध प्रदर्सन र स्टेट डिपार्टमेन्टमार्फ्त ज्ञापन पत्र बुझाइने जस्ता कार्यहरु गरिने समितिका अध्यक्ष आनन्द विष्टले वताउनु भयो । अन्य देशमा रहेका नेपाली जनसर्म्पर्क समितिहरुलाई पनि यो अभियानमा सहभागी हुन जनसर्म्पर्क समितिले अनुरोध गरेको छ ।

अमेरिकामा जनसर्म्पर्क समितिले जारी गरेको विज्ञप्तीमा शान्ति प्रक्रियाको आरम्भदेखि सरकार गठनका अवधिसम्म माओवादीका पक्षबाट पटकपटक सहमति विपरितका काम भईरहेका छन् । यस्तो अवस्थामा माओवादीलाई विश्वास गर्न सकिने स्थिति देखिदैंन । तर्सथ हामी हाम्रो मातृ पार्टी नेपाली काँग्रेसले विगतमा अघि सारेका प्रमुख सात शर्तहरुलाई पुरा गराउन माओवादीको ध्यानाकर्षण गराउँदछौं ।

आइतवार वसेको केन्द्रिय समितिको बैठकले माओवादीको नेतृत्वमा वर्तमान सरकार गठन हुनुअघि सरकारमा सामेल हुन नेपाली काँग्रेसले अघि सारेको शर्तलाई कार्यान्वयन गर्न माओवादीविरुद्ध दवाव सिर्जना गर्ने यस्तो निर्णय गरेको हो । काँग्रेसले माओवादीसमक्ष प्रतिष्पर्धात्मक बहुदलीय संसदीय व्यवस्थाप्रतिको प्रतिवद्धता, मानव अधिकार र प्रेस स्वतन्त्रताबारे माओवादीको स्पष्ट अवधारणा, युद्धकालमा माओवादीले कब्जा गरेको सम्पूर्ण सम्पति फिर्ता, वाइसीएलको ज्यादती अन्त गर्नुपर्ने लगायतका प्रमुख शर्तहरु अघि सारेको थियो । यी शर्तहरुमा माओवादी सहमत हुन नसकेपछि काँग्रेस सरकारबाहिर रहेको र अहिले माओवादीको नेतृत्व तहवाटै संसदीय व्यवस्थाप्रति नकारात्मक टीप्पणी गर्न थालेपछि जनसर्म्पर्क समितिले यस्तो निर्णय गरेको हो ।

माओवादीले सरकारी तहबाटै आफ्नो पार्टी माथिको आतंककारी सुची हटाउन अमेरिका समक्ष अनुनय विनय गर्दै आएको छ । जनसर्म्पर्क समितिको यो पछिल्लो निर्णय लाई नेपाली काग्रेसले माओवादीलाई आफ्ना शर्तहरु पुरा गराउन कुटनीतिक रुपमा लविङ शुरु गर्न लागेको अर्थमा लिनु उपयुक्त हुने जनसर्म्पर्क समितिका पदाधिकारीहरुले बताएका छन् ।
  समितिका सचिव गौतम दाहालका अनुसार अब यस्तो दवावमुलक कार्यलाई समितिका स्थानीय च्याप्टरहरुमार्फ पनि अघि बढाइनेछ र जनसर्म्पर्क समितिको आगामी महाधिवेशनको एक प्रमुख एजेण्डा मध्ये यो पनि एक हुनेछ । समितिको पहिलो महाधिवेशन आगामी नोभेम्वर २८ र २९ तारिख न्युयोर्कमा गर्ने निर्णय भएको छ । महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्नका लागि हाल आन्तरिक तयारीहरु भईरहेको छ । आइतवार समितिका अध्यक्ष आनन्द विष्टको अध्यक्षतामा बसेको बैठकले महाधिवेशन तयारीलाई तीव्र बनाएर अघि बढाउने निर्णयसमेत गरेको छ । यसैगरी बाढी पीडितका लागि समितिमार्फ्त संकलन गरिएको राहत सहयोग रकम यसै हप्ता नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासमक्ष हस्तान्तरण गर्ने निर्णयसमेत महासचिव बेदप्रसाद खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।"
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®