Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
अमेरिका नेपाल सोसाइटीको नेतृत्वका लागि लडाईं

-UNO बिशेष सम्बाददाता
वाशिङ्गटन डिसी, October 23, 2008- अमेरिकि नेपाली सङ्स्थाहरुमा सबैभन्दा पुरानो सङ्गठन मानिने अमेरिका नेपाल सोसाइटी (America Nepal Society-ANS) को गत १८ अक्‍टोबरमा वाशिङ्गटन डिसीमा सपन्न २१ औं महाधिबेशनमा अध्यक्ष्य पद हत्याउन गरिएको अनेकन चाल्बाजी र त्यस पछि भएको सम्झौताले नेपाली राजनीतिको बाँदरे निती अमेरिकामा आएपछि पनि नगएको सहभागीहरुले नै बताउन थालेका छन्‌।

अधिबेशनले बिधान मै नभएको ब्यबस्था गरी बिष्णुकुमारी थापालाई पहिलो बर्षको लागि र खेम भट्टचनलाई दोश्रो बर्षको लागि सभापतिमा मनोनयन गरेको छ।

झन्डै १०० आजिबन सदस्य रहेको यो संघमा बिगतका बर्षहरुमा मुस्किलसँग २०० जनाले अधिबेशनका बेला सदस्यता लिने गरेकोमा यसपाली चाँही ३ जना अध्यक्ष्य पदका लागि भिद्ने भएकोले उनिहरुले आ-आफ्ना पक्षका मान्छेहरुलाई भोटका लागि सदस्य बन्न निबेदन हाले पछि ७०० भन्दा बेशिले सदस्यता लिएको र चुनावको लागि सभा स्थलमा ओईरिएको देख्ने जो कोहिले आम्मै भन्ने स्थिती श्रृजना भएको थियो।

चुनावको अघिल्लो दिन जय बन्जाडेले संघमा अनिमियतता भएको आरोप लगाउँदै उमेद्‍वारी फिर्ता लिए पनि बिष्णुकुमारी थापा र खेम भट्टचनले अन्तिम समय सम्मै चुनावबाट आफु जित्ने अड्‍डी लिएपछि संघको बिधान मै ब्यबस्था नभएको दुई सभापतिहरुको श्रृजना गरी दुई अध्यक्ष्यका दाबेदारहरुलाई पहिलो र दोश्रो बर्षको लागि अध्यक्ष्य बनाएर निर्वाचन हुनबाट रोकिएको थियो।

आयोजक समितिकाअनुसार निर्वाचन भएमा हार्ने समुह निस्कृय बन्न जाने हुँदा र त्यसले समाजमा नकारात्मक असर पर्ने भएकोले सम्झौताको बाटो अपनाइएको बताइएको छ।

अधिबेसनले मनोनित गरेको अन्य पदाधिकारीहरुमा First Vice President: Karl Wolf, Second Vice President: Kabindra Sitoula, General Secretary: Netra Ghising, Secretary: Tika Kumar Pun Magar, Treasurer: Laxmi Kant Gaudel, Communication Director: Prakash Nepal हुनु हुन्छ ।

स्‍मरणीय छ, यस अघी वाशिङ्गटन डिसी एरियामा अत्यन्त सकृय नेपालीज युथ अर्गनाइजेसनको सन्‌ २००२ मा चुनाव पछि अहिले सङ्स्थाको नामो निशान हराएको तीतो सत्य डिसीबासी नेपालीहरुले अझै बिर्सिसकेका छैनन्‌।





   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®