Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
तिहार आयो तर केही नेपाली राजदूतहरुलाई बज्रपात पार्दै

काठमाण्डौं, October 28, 2008- तिहार अर्थात दिवालीको मुखैमा केही महत्वपूर्ण देशका नेपाली राजदूतहरुको मुटुमा बज्रपात पर्ने भएको छ। एक बर्ष अघिमात्र तीन दर्जनजति देशमा नियुक्त भएका मध्ये आधा दर्जनभन्दा बढि राजदूतहरुलाई सरकारले फिर्ता बोलाउने भएको छ ।

फिर्ता बोलाइनेमध्ये अमेरिका, बेलायत र भारतस्थित दूतावासमा रहेका नेपाली राजदूतहरु अग्रसूचीमा रहेका छन् ।

अमेरिकामा डा. सुरेश चालिसे, बेलायतमा मुरारीराज शर्मा र भारतमा डा. दुर्गेशमान सिंह राजदूतको रुपमा कार्यरत छन् ।

कांग्रेस नेतृत्वको सरकारका बेला कांग्रेसको कोटामा परेकाले उनीहरुलाई सरकारले फिर्ता बोलाउन लागेको हो । सोमबार बसेको मन्त्री परिषद्को बैठकले यससम्बन्धमा मन्त्री परिषद्लाई सैद्धान्तिक स्वीकृत दिएको छ । डा. चालिसे, शर्मा र डा. सिंह नेपाली काग्रेसको कोटाबाट राजदूतमा नियुक्त भएका थिए । कांग्रेसले सरकार विरोधी अभियान तीब्र बनाएलगत्तै सरकारलेपनि यो निर्णय गरेको हो ।

यी तीन देशका राजदूतपछि अन्य ४ देशका राजदूतलाईपनि फिर्ता बोलाउने तैयारीमा सरकार लागेको छ । फिर्ता बोलाइने अन्य राजदूतमा बलबहादुर कुँवर पाकिस्तान, नबिनप्रकाशजङ्ग शाह थाइलैण्ड, बैजनाथ थपलिया इजरायल र सूर्यनाथ मिश्र कतार रहेका छन् । उनीहरु सबै कांग्रेसको कोटाबाट राजदूतमा नियुक्त भएका थिए ।

राजदूत पदलाई मन्त्री परिषद्पछिको सबैभन्दा आकर्षक जिम्मेवारीको रुपमा मानिन्छ । त्यसैले मन्त्री परिषद्ले गरेको यो निर्णयलगत्तै राजदूत बन्ने प्रतिस्पर्धापनि सुरु भएको छ । प्रधानमन्त्रीका विदेश सल्लाहकार हीराबहादुर थापा, परराष्ट्रमन्त्री उपेन्द्र यादवका सल्लाहकार श्यामानन्द सुमन र परराष्ट्र मन्त्रालयका सहसचिव सुरेश प्रधान राजदूत बन्ने दौडमा सबैभन्दा अघि देखिएका छन् ।

श्रोतकाअनुसार परराष्ट्र मन्त्रालयको कोटाबाट थापा अमेरिकाको राजदूत बन्न सक्ने सम्भावना छ । यद्यपी परराष्ट्र मन्त्रालयका सहसचिव सुरेश प्रधानपनि सम्भावित मध्येमा पर्छन् । फोरमको कोटाबाट सुमन भारतकालागि राजदूत बन्ने पक्कापक्कीजस्तै छ । मन्त्री यादवलेपनि भारतको राजदूतको जिम्मेवारी आफ्नो पार्टीको सिफारिसमा भए उपयुक्त हुने बताइसकेका छन् ।

सबैभन्दा महत्वपूर्ण मानिएका अमेरिका, बेलायत र भारतका राजदूतहरुलाई फिर्ता बोलाइएपछि अन्य ४ देशका राजदूतहरुलाई क्रमैसँग फिर्ता बोलाउने सोचाइमा सरकार छ । यसअघि माओवादी कोटामा परेको फ्रान्सको राजदूत पद पनि खालि छ । तर सोही दूतावासमा जनक शाहलाई पठाउने निर्णय माओवादीले गरिसकेको छ ।

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®