|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
राष्ट्रपतीय चुनावले
हेरौं ककस्लाई टुटाउँछ, फुटाउँछ ? काठमाडौं, July 22, 2008- प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र एमालेका निवर्तमान महासचिव माधव नेपाललाई राष्ट्रपति बन्न नदिने योजनामा माओवादीले सफलता हासिल गरे पनि राष्ट्रपतीय चुनाव नेकपा माओवादी कालागि निकै ठूलो धक्का सावित भएको छ । प्रधानमन्त्री कोइराला आफू राष्ट्रपति बन्ने र आफूले आफैलाई प्रधानमन्त्री पदबाट राजिनामा दिने योजनामा थिए । यसैगरी संविधान सभा चुनावमा मधेश र पहाडका दुई-दुई निर्वाचन क्षेत्रबाट पराजित एमालेका निवर्तमान महासचिव माधव नेपाल माओवादीको बैशाखी टेकेर राष्ट्रपति बनी आफ्नो गुमेको प्रतिष्ठा आर्जन गर्न खोज्दै थिए । प्रधानमन्त्री कोइरालालाई राष्ट्रपति बनाएर कांग्रेस सम्भावित प्रधानमन्त्री प्रचण्डलाई हर पाइलामा अवरोध गर्न चाहन्थ्यो भने माधव नेपाललाई राष्ट्रपति बनाएर महासचिव झलनाथ खनाल आगामी महाधिवेशनमापनि आफू महासचिवमा निर्वाचित हुन चाहन्थे । कोइराला र खनालका यी योजना असफल पार्न माओवादी सफल भएपनि आफ्नै राष्ट्रपति निर्वाचित गर्न भने माओवादीपनि असफल रह्यो । आ-आफ्नै योजनामा रहेका कांग्रेस र एमालेले अन्तिम समयसम्म कोइराला र नेपालको नामबाट पछि हट्न चाहेनन् । एमाले महासचिव खनालसमेत माधव नेपालको नामबाट पछि नहटेपछि माओवादीले गणतन्त्रबादी नेता रामराजाप्रसाद सिंहको उम्मेदवारी दिएको थियो । त्यसैले यादव राष्ट्रपति हुनुमा कांग्रेस र एमाले भन्दा पनि माओवादीकै भूमिका बढि देखिन्छ । किनभने उम्मेदवारी दर्ता अघिसम्म राष्ट्रपतिको रुपमा डा. यादवको नाम कुनै चर्चामा थिएन । माओवादीले मधेशी मूलका सिंहलाई अगाडि सारेपछिमात्र कांग्रेसलेपनि मधेशी मूलकै डा. यादवलाई अघि सारेको हो । यसैगरी एमालेलेपनि मधेशी मूलका दलित रामप्रित पासवानलाई अघि सार्यो । त्यसैले जो निर्वाचित भएपनि नेपालको पहिलो राष्ट्रपति मधेशी मूलको व्यक्ति बन्नुमा माओवादीको भूमिका बढि देखिएको छ । राष्ट्रपति निर्वाचनमा विजयी भएलगत्तै कांग्रेस राजनीतिमा डा. यादवको राजनीतिक उचाई व्हात्तै बढेको छ । पार्टी एकता अघिसम्म कांग्रेसको सहमहामन्त्रीमात्र रहेका डा. यादवलाई एकतापछि महामन्त्री बनाइएको थियो । उनीभन्दा जुनियर प्रजातान्त्रिक कांग्रेसतर्फका बिमलेन्द्र निधि महामन्त्री हुने भएपछि असन्तुष्ट बनेका यादवको असन्तुष्टि साम्य पार्न यादवलाई महामन्त्रीमा पदोन्नत गरिएको थियो । प्रधामन्त्री कोइरालाका अलवा कांग्रेसमा डा. यादवभन्दा सिनियर नेताहरुमा शेरबहादुर देउवा, सुशील कोइराला, रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, कूलबहादुर गुरुङ्गलगायत छन् । प्रम कोइरालापछि कांग्रेसमा देउवा, सुशील र पौडेलबीच नेतृत्व खिचातानी हुने सम्भावना थियो । तर पहिलो राष्ट्रपति बनॆर बढ्ने उनको व्यक्तित्वले यादवलाई कांग्रेस राजनीतिको शीर्ष स्थानमा पुर्याउने सम्भावना बढेको छ । डा. यादवको बिजय कांग्रेसकालागि सुखद देखिएपनि देउवा, सुशील र पौडेललाई पछि पार्ने गरी डा. यादवको नेतृत्वमा कांग्रेसभित्रै यसरी नयाँ समीकरण बन्ने सम्भावना देखिएको छ भने एमाले र माओवादीभित्र राष्ट्रपतीय निर्वाचनले विभाजन ल्याउने संकेत देखा परेको छ । |
|
|
महासचिव भएको तीन महिना बित्दा नबित्दै माओवादीसँग
मिल्दै-एकता तोड्दै गरेपछि एमाले महासचिव खनालको नेतृत्व क्षमता र
सैद्धान्तिक अडानबारे प्रश्न चिन्ह उठ्न थालिसकेको छ । उता माओवादी उम्मेदवार रामराजाप्रसाद सिंहको हारले माओवादी पंक्तिभित्रपनि तीब्र निराशा पैदा गरेको छ । सुरुमा राष्ट्रपति एमालेलाई दिने भनेर गरिएको सहमति तोड्दै सिंहलाई राष्ट्रपति बनाइएको घटनाले माओवादी पंक्तिभित्रपनि असन्तुष्टि छ । खासगरी बरिष्ठ नेता डा. बाबुराम भट्टराईको जोडबलले गर्दा एमालेसँगको समीकरण भंग गरेको आरोप डा. भट्टराईमाथि छ । त्यसैले माओवादीभित्र डा. भट्टराईविरोधी समूह अरु सकृय हुन सक्छ । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||