|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अब सल्लाहकार नियुक्तिको पालो माओवादीलाई सेनाको सुराक दिने पूर्व रक्षा सचिव सल्लाहकारमा ? काठमाडौं, August 27, 2008- माओवादी नेतृत्वमा सरकार गठन भएपछि बरिष्ठ मन्त्रीहरुले आफ्ना सल्लाहकारहरु राख्ने तैयारी गर्न थालेका छन् । सल्लाहकारहरुलाई सरकारले मन्त्री र राज्यमन्त्री सरहको हैसियत र सुविधा दिने गरेको छ । मन्त्रालयहरुको नीति निर्माणमा सल्लाहकारहरुको महत्वपूर्ण भूमिका हुने गर्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को प्रेस सल्लाहकारमा माओवादी केन्द्रीय सदस्य तथा विदेश विभाग सदस्य राम कार्की (पार्थ क्षेत्री) आउने भएका छन् । यसैगरी प्रधानमन्त्रीको रक्षा सल्लाहकारमा बिष्णुदत्त उप्रेतीलाई ल्याइने भएको छ । प्रेस सल्लाहकारमा ल्याइन लागेका कार्की संविधान सभा निर्वाचनमा पराजित माओवादीका एकमात्र केन्द्रीय सदस्य हुन् । गृह जिल्ला सप्तरी भएपनि ताप्लेजुङ्ग- १ बाट प्रतिस्पर्धा गरेका कार्की संविधान सभा निर्वाचनमा करिव ३ सय मतलेमात्र पराजित भएका थिए । रक्षा सल्लाहकार बनाइन लागेका उप्रती भने रक्षा मन्त्रालयका पूर्व सचिव हुन् । माओवादी विरुद्ध सेना परिचालन भएका बेला उनी नेपाली सेनाको परिचालन गर्ने रक्षा मन्त्रालयका सचिव थिए । रक्षा सचिव भएर सेनाको विषयमा राम्रो जानकारी हासिल गरेकाले उनलाई ल्याइन लागिएको बताइएको छ । उप्रेती माओवादी अध्यक्ष प्रचण्ड २०२७ सालतिर पाटन संयुक्त क्याम्पसमा पढ्दा प्रचण्डका 'रुम पार्टनर' समेत थिए । माओवादीविरुद्ध सेना परिचालन भएकाबेला रक्षा सचिव रहेका व्यक्तिलाई प्रधानमन्त्रीको रक्षा सल्लाहकार बनाइन लागेपछि माओवादी जनयुद्धलाई कस्ता कस्ता व्यक्तिले सहयोग गरेका रहेछन् भन्ने चर्चा हुन थालेको छ । माओवादीविरुद्ध सेना परिचालन भएपनि सेनाका अधिकांस सूचना माओवादीकहाँ पुग्ने गरेका थिए । त्यसैले सेनाले माओवादीविरुद्ध गरेका अधिकांस अपरेशनहरु असफलसमेत हुने गरेको थियो । माओवादीले भने सेनाभित्रको यथार्थ सूचना प्राप्तगरी आक्रमण गरेर सेनालाई अधिकांस लडाईंमा पराजित गरेका थिए । रक्षा सचिव भैसकेका उप्रेतीमात्र होइन नेपाली सेनाका बरिष्ठ जनरलहरुसमेत माओवादीमा प्रवेश गरिसकेका छन् । सेनाको मेजर जनरल भइसकेका कुमार फुदुङ्ग माओवादीको तर्फबाट सुनसरी- २ मा संविधान सभा निर्वाचनमा प्रत्यासी बनेका थिए । उनलाई माओवादीले अन्तरिम व्यवस्थापिका- संसदको सदस्यपनि बनाएको थियो । |
|
|
नेपाली सेनाको सैनिक शिक्षालयका प्राध्यापक
रहेका सैन्यविद् डा. इन्द्रजीत राईपनि माओवादीमा प्रवेश गरी संविधान सभा
सदस्य बनिसकेका छन् । यसैगरी राजाका पूर्व सैनिक सचिव विवेक शाहपनि
माओवादीको नजिक देखिएका छन् । रक्षा मन्त्री रामबहादुर थापा 'बादल' ले
पूर्व जनरल फुदोङ्ग वा शाहमध्ये एकलाई रक्षा सल्लाहकार बनाउने अनुमान
गरिएको छ । परराष्ट्रमन्त्री उपेन्द्र यादवलेपनि आफ्नो सल्लाहकार नियुक्त गरेका छन् । उनले कतारकालागि पूर्व राजदूत श्यामानन्द सुमनलाई आफ्नो सल्लाहकार बनाएका छन् । उनी परराष्ट्र मन्त्रालयका पूर्व सहसचिव हुन् । सुमनले मधेशी जनअधिकार फोरमका विदेश विभाग प्रमुखको जिम्मेवारीपनि सम्हालेका छन् । सूचना तथा सन्चारमन्त्री कृष्णबहादुर महराको सल्लाहकारमा भने महेश्वर दाहाल हुने पक्कापक्कीजस्तै छ । दाहालले यसअघिपनि महराको सल्लाहकारको जिम्मेवारी सम्हालेका थिए । माओवादीको केन्द्रीय समिति सदस्यसमेत भैसकेका दाहालले माओवादी मुखपत्र जनादेश साप्ताहिकको सम्पादकको जिम्मेवारीसमेत लिइसकेका छन् । उनीहरु सबैको नियुक्तिलाई मन्त्री परिषद्ले स्वीकृत गर्नुपर्छ । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||