|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
बिशेष फोटो फिचर: लौ हेरौं प्रचन्डको चहल पहल (7 photos) |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
८० हजार निजामती कर्मचारीलाई जनचाहनाअनुरुप काम
गर्न निर्देश![]() Prime Minister Prachanda, other Ministers and civil honoree servants. Photos: Santa काठमाडौँ, September 7, 2008- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले निजामती कर्मचारीहरुलाई नेपाली जनताको परिवर्तन प्रतिको चाहना बुझेर काम गर्न निर्देशन दिएका छन् । निजामती कर्मचारी दिवसको अवसरमा भदौ २२ गते प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमा उनले यस्तो निर्देशन दिएका हुन् । विगतका सरकारको पालामा भएका विकृति र विसंगती अब नदोहरिने बताँउदै प्रधानमन्त्रीले जनआकाँक्षा विपरीत काम गर्ने कुनै पनि कर्मचारी विरुद्ध कठोर कदम चाल्न सकिने चेतावनीसमेत दिए । माओवादी नेतृत्वमा रहेको संयुक्त सरकार गलत कार्य गर्ने कुनै पनि कर्मचारीलाई कारवाही गर्न स्वतन्त्र रहेको प्रधानमन्त्रीको भनाई थियो । मुलुक संक्रमण कालमा रहेको तथा अहिले गर्ने हरेक निर्णयले दीर्घकालीन असर गर्ने हुनाले भावी सन्ततीको लागि सबै एकजुट भएर काम गर्न प्रधानममन्त्रीले निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले घोषणा हुनु र आत्मासात गर्नु फरक कुरा भएकाले सबै कर्मचारीलाई संघीय गणतन्त्रलाई आत्मसात गर्दै परिवर्तित सन्दर्भ अनुसार कार्य गर्न निर्देशनसमेत दिएका छन् । वर्तमान सरकार प्रति नेपाली जनताको ठूलो आशा भएकाले त्यसलाई निरास हुन नदिन कर्मचारीले सरकारलाई सहयोग गर्नु पर्ने प्रधानमन्त्रीको भनाई थियो । सरकारको नीति तथा कार्यक्रमले संभवत भदौ २३ गतेसम्म अन्तिम रुप पाउने र त्यसलाई कार्यन्वयन गर्न निजामती कर्मचारीहरुले हरतरहले साथ दिन पनि प्रधानमन्त्रीले निर्देशन दिए । |
|
|
कार्यक्रममा उत्कृष्ट वीस कर्मचारीलाई प्रधानमन्त्रीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । उत्कृष्ट कर्मचारी पुरस्कार वापत जनही एक लाख पाउनेहरुमा लक्ष्मी भुसाल, वीरेन्द्र कुमार मिश्र, शोभाकान्त नेपाल, किशोर थापा र स्व. नवराज विष्ट छन् । निजामती पुरस्कार तर्फ १५ जना कर्मचारीलाई ५०/५० हजार रुपियाँ प्रदान गरिएको थियो । २०१३ साल भदौ २२ गते पहिलो पटक निजामती ऐन लागु भएकॊ सन्दर्भ पारेर विगत पाँच वर्षदेखि निजामती दिवस मनाउँदै आएको छ । देशभरी ८० हजार निजामती कर्मचारी कार्यरत छन् । -Santa Bagam in Kathmandu ![]() Which one difficult? Political deadlock or this one? ![]() PM Prachanda honoring a civil servant. ![]() Nepal PM's one ritual is releasing books no matter what quality. You just have to make 'connection' to have him/her grace your writing! Photos: Santa ![]() Let's eat first. ![]() ![]() Nepalese civil servants. Photos: Santa |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||