![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
बिशेष रिपोर्ट: पार्टी
चिरफार-१ कुन दलका नेता को? ७४ दलहरुको नालीबेली संबिधानसभा निर्वाचन बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 12, 2008-निर्वाचन आयोगमा जम्मा ७४ वटा पार्टी दर्ता भएका छन् । सत्तारुढ सात दलीय गठबन्धनका अलवा अन्य साना साना दलहरुलेसमेत निर्वाचन प्रयोजनकालागि दल दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि ७४ दलहरु दर्ता भएकोमा आगामी चैत्र २८ गते हुने निर्वाचनमा ५५ वटा दलहरुलेमात्र भाग लिने भएका छन् । १९ वटा दलले भने चुनावमा भाग नलिने भएका छन् । सात दलीय गठबन्धनभित्रका दलहरु दर्ता भएका दलमध्ये नेपाली कांग्रेस सत्तारुढ गठबन्धनको प्रमुख दल हो । यसको सभापति प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला रहेपनि उनले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी सशील कोइरालालाई दिएका छन् । यो पार्टीका अन्य शीर्ष नेताहरुमा शेरबहादर देउवा र रामचन्द्र पौडेल रहेका छन् । यसको केन्द्रीय कार्यालय सानेपा बीपीनगरमा छ । चुनावकालागि यो दलले 'रुख' चुनाव चिन्ह पाएको छ । नेपाली कांग्रेसले २५ महिला, २ सय १५ पुरुषसहित २ सय ४० वटै सिटमा उम्मेदवारी दिएको छ । अर्को ठुलो दल नेकपा एमाले को महासचिव माधवकुमार नेपाल छन् भने शीर्ष नेताहरुमा झलनाथ खनाल, बामदेव गौतम, केपी ओली लगायत छन् । बल्खुस्थित मदननगरमा केन्द्रीय कार्यालय रहेको नेकपा एमाले को चुनाव चिन्ह 'सूर्य' हो । २६ महिला र २ सय १४ पुरुष गरी २४० जनाले यो दलको तर्फबाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका छन् । अर्को ठुलो दल नेकपा माओवादी हो । १० वर्षसम्म सशस्त्र संघर्ष गरी आएको यो पार्टीको शीर्ष नेताको रुपमा अध्यक्ष 'प्रचण्ड' पुष्पकमल दाहाल छन् । अन्य शीर्ष नेताहरुमा मोहन बैद्य किरण, डा. बाबुराम भटराई लगायत छन् । २०४८ को संसदीय निर्वाचन र ०४९ को स्थानीय निर्वाचनपछि पहिलोपटक चुनावमा भाग लिएको यो पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको बुद्धनगरमा छ भने यो पार्टीले 'गोलाकारभित्र हँसिया हथौडा' चुनाव चिन्ह पाएको छ । सबैभन्दा धेरै महिला उम्मेदवार दिने दल नेकपा माओवादी हो । यो पार्टीबाट ४२ महिला, १ सय ९८ पुरुषसहित २ सय ४० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी परेको छ । अमिक शेरचन अध्यक्ष रहेको जनमोर्चा नेपालको केन्द्रीय कार्यालय काठमाडौं कै कोटेश्वरमा रहेको छ । यो पार्टीका शीर्ष नेताहरुमा लीलामणि पोखरल, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल लगायत छन् । यो नेकपा एकता केन्द्र-मसाल नामक अर्धभूमिगत पार्टीको चुनावी मोर्चा हो । पार्टीको महासचिव भने नारायणकाजी श्रेष्ठ प्रकाश छन् । यो पार्टीको चुनाव चिन्ह 'तारा' हो । २९ महिला, १ सय ८५ पुरुषसहित यो पार्टीबाट देशभरिका निर्वाचन क्षेत्रमा २ सय १४ जना उम्मेदवार छन् । सात दलीय गठबन्धनमा नेपाल मजदुर किसान पार्टीपनि सामेल छ । तर यो पार्टीले बाहिरबाटै सरकारलाई सहयोग गरेको छ । यो पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहित हुन् । खासगरी भक्तपुर र कर्णालीका केही जिल्लामा प्रभाव रहेको यो पार्टीमा प्रेम सुवाल, सुनिल प्रजापतिलगायतका नेता छन् । यो पार्टीको चुनाव चिन्ह 'मादल' हो । ९८ सिटमा उम्मेदवारी दिएको यो दलबाट २७ महिला, र ७१ जना पुरुष उम्मेदवार छन् । नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) सात दलीय गठबन्धनको एक घटक हो । यो पार्टीको तर्फबाट श्यामसुन्दर गुप्ता मन्त्री छन् । तर पार्टीका तर्फबाट यसअघि मन्त्री रहेका राजेन्द्र महतो समूह विभाजित भै नेपाल सद्भावना पार्टी गठन गरिसकेको छ । पार्टी अध्यक्ष आनन्दीदेवी िसंहको नाममा पार्टी नाम राखिएपनि अहिले यो पार्टी सम्बन्धी विवाद निर्वाचन आयोगमा छ । १२ महिला, ९३ पुरुष उम्मेदवारसहित यो पार्टीले १ सय ५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । अध्यक्ष िसंहले मन्त्री गुप्तालाई पार्टीको साधारण सदस्यबाट निस्कासन गरिसकेकी छिन् । तर मन्त्री गुप्ताले आफूले आफैलाई बरिष्ठ उपाध्यक्ष घोषणा गरेका छन् । अध्यक्ष िसंह अशक्त भएकाले पार्टी विधानमा बरिष्ठ उपाध्यक्षलाई सबै अधिकार प्रत्यायोजन गरिएको छ । यसै भएकाले मन्त्री गुप्ताले आफूलाई बरिष्ठ उपाध्यक्षको रुपमा घोषणा गरेका हुन् । यो पार्टीको चुनाव चिन्ह पाँच औंला भएको 'हात' हो । पार्टीको केन्द्रीय कार्यालय बानेश्वरमा राखिएको छ । सात दलीय गठबन्धनमा सीपी मैनालीको नेतृत्वमा रहेको नेकपा माले, नेकपा मालेमा र नेकपा संयुक्त माक्स्वादी मिली बनेको बाम मोर्चापनि सामेल छ । तर बाममोर्चाका घटक दलबीचको विवादका कारण फूट आई सबै पार्टी आपसमा अलग्गिएका छन् । मैनालीले भने आफू बाममोर्चाको अध्यक्ष कायम रहेको बताएका छन् । सरकारमा बाममोर्चाको तर्फबाट मालेका नेता जगतबहादुर बोगटी सामेल छन् । बाममोर्चाले चुनावमा भाग लिएको छैन । नेकपा माले ले भने लिएको छ । केन्द्रीय कार्यालय काठमाडौंको ज्ञानेश्वरमा रहेको यो पार्टीको चुनाव चिन्ह 'हँसिया र तारा' हो । यो पार्टीले १२ महिला, १०८ पुरुष गरी कूल १ सय २० निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । संसदभित्रका दलहरु सात दलीय गठबन्धनमा सामेल नभएपनि अन्तरिम ब्यवस्थापिका- संसदमा आफ्ना सांसदहरु रहेका पार्टीहरुपनि छन् । यसमध्ये एक प्रमुख दल हो- राष्ट्रिय जनमोर्चा । यो सात दलीय गठबन्धनको एक घटक जनमोर्चा नेपालबाट फुटी बनेको हो । चित्रबहादुर केसी अध्यक्ष रहेको यो पार्टी नेकपा मसाल को चुनावी मोर्चापनि हो । यसको केन्द्रीय कार्यालय काठमाडौंको त्रिपुरेश्वरमा छ भने यसले चुनाव चिन्ह 'गिलाँस' पाएको छ । यसको प्रभाव क्षेत्र प्यूठान र बाग्लुङ्ग हो । अन्तरिम ब्यवस्थापिकामा यो पार्टीका तीन सांसद छन् । १४ महिला र सय १११ पुरुष गरी देशभरिबाट १ सय २५ जनाको उम्मेदवारी यो दलले दिएको छ । अर्को पार्टी हो नेकपा एकिकृत । यो पार्टीको महासचिवमा रामिसंह श्रीषमगर छन् । लामो समय मोहनविक्रम िसंहले नेतृत्व गरेको नेकपा मसाल को नेतृत्व तहमा रही काम गरेका श्रीषसहित यो पार्टीमा सीताराम तामाङ्ग, ऋषि कट्टेल, टंक राई लगायतका नेताहरु रहेका छन् । पार्टीको केन्द्रीय कार्यालय धोवीधारा काठमाडौंमा छ भने यो पार्टीको सीमित प्रभाव बाग्लुङ्ग, प्युठान, खोटाङ्ग लगायतका जिल्लामा छ । यो पार्टीले निर्वाचन आयोगबाट पाएको चुनाव चिन्ह 'दियो' हो भने अन्तरिम व्यवस्थापिका संसदमा यो पार्टीका २ जना सांसद छन् । संविधान सभा निर्वाचनमा यो पार्टीबाट १० महिला र १ सय ३२ पुरुष सहित १ सय ४२ जनाले उम्मेदवारी दिएका छन् । पञ्चायती व्यवस्थाको अन्त्यपछि सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द लगायतका पाँच नेताहरुले गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष हाल पशुपति शमशेर राणा छन् । यो पार्टीमा चन्द जोगमेहर श्रेष्ठ, बालाराम घर्तिमगर, दीपक बोहोरा लगायतका नेता छन् । यो पार्टीको चुनाव चिन्ह 'हलो' हो भने यसको पार्टी कार्यालय काठमाडौं चावहिलमा छ । २५ महिला र २१२ पुरुष सहित देशभरि यो पार्टीका कूल २ सय ३७ उम्मेदवार छन् । राप्रपाका संस्थापक अध्यक्ष थापाले भने हाल जनशक्ति पार्टीको नेतृत्व सम्हालेका छन् । शाही शासनका बेला राप्रपा विभाजित भएपछि थापाले डा. प्रकाशचन्द्र लोहनी, नवराज सुवेदी लगायतका नेताहरुलाई साथमा लिएर यो पार्टीको गठन गरेका हुन् । केन्द्रीय कार्यालय काठमाडौं कमलपोखरीमा रहेको यो पार्टीले चुनाव चिन्ह 'छाता' पाएको छ । यस पार्टीबाट १४ महिला र १ सय ८७ पुरुषसहित २ सय १ जना उम्मेदवार छन् । सद्भावना आनन्दीदेवीबाट विभाजित भै बनेको नेपाल सद्भावना पार्टीका अध्यक्षमा राजेन्द्र महतो छन् । यो पार्टीमा अनिल झा, लक्ष्मणलाल कर्ण लगायत नेतृत्वमा छन् । चुनाव चिन्ह 'तीर' पाएको यो पार्टीको केन्द्रीय कार्यालय बानेश्वरमा रहेको छ । ५ महिला र ८८ पुरुष सहित यो पार्टीले ९३ स्थानमा उम्मेदवारी दिएको छ । निर्वाचन आयोगमा दर्ता भएको अर्को पार्टी हो नेकपा संयुक्त । चन्द्रदेव जोशी अध्यक्ष रहेको यो पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको डिल्लीबजारमा छ । यसअघि बाम मोर्चाको एक घटक रहेको यो पार्टीबाट अन्तरिम व्यवस्थापिका संसदमा गणेश शाहले प्रतिनिधित्व गरेका छन् । यो पार्टीले चुनाव चिन्ह 'हसिया' पाएको छ । पुराना कम्युनिष्ट नेता विष्णुबहादुर मानन्धर यही पार्टीमा छन् । यो पार्टीबाट ६ महिला र ५० पुरुष गरी ५६ जना उम्मेदवार छन् । मधेशवादी दलहरु तराई मधेश लोकतान्त्रिक पार्टी बर्तमान अन्तरिम सरकारमा मन्त्री रहेका कांग्रेसका बरिष्ठ नेता महन्थ ठाकुरको नेतृत्वमा गठन भएको हो । यो पार्टीमा एमालेका केन्द्रीय सदस्य महेन्द्र राय यादव, राप्रपाका केन्द्रीय सदस्य रामचन्द्र राय, राष्ट्रिय जनशक्ति पार्टीका प्रबक्ता सर्वेन्द्रनाथ शुक्ला, नेसपा आनन्दीदेवी का महामन्त्री ह्दयेश त्रिपाठी लगायतका नेता सामेल भैसकेका छन् । यो पार्टीले चुनाव चिन्ह 'हलगोरु' पाएको छ भने यसको केन्द्रीय कार्यालय काठमाडौंको अनामनगरमा छ । यो पार्टीबाट ४ महिला र ९२ पुरुष गरी ९६ जनाले उम्मेदवारी पाएका छन् । अर्को मधेशवादी दल हो मधेश जनअधिकार फोरम । उपेन्द्र यादव अध्यक्ष रहेको यो पार्टीमा पछिल्लो समयमा विजय गच्छेदार, शरदिसंह भण्डारी लगायतका कांग्रेसका नेताहरु सामेल भएका छन् । कांग्रेसबाटै फोरममा प्रवेश गरेका जयप्रकाश गुप्ता यो पार्टीको सहसंयोजक रहेका छन् । २०५४ मै गठन भएपनि गत सालको मधेश आन्दोलनपछि यो दलले व्यापकता पाएको हो । यो पार्टीले चुनाव चिन्हको रुपमा 'बलिरहेको मशाल' पाएको छ । यसका उम्मेदवार ३ महिला र १०२ पुरुष गरी १ सय ५ जना छन् । यी दुवै दल लगायत राजेन्द्र महतोले नेतृत्व गरेको नेपाल सद्भावना पार्टी मिलेर संयुक्त मधेश लोकतान्त्रिक मोर्चाको गठन भएको थियो । मोर्चा र सरकारबीच गत १६ फागुन गते सम्झौता भएपछि तीनै दलहरु छुट्टाछुट्टै रुपमा चुनावमा गएका छन् । अन्य दलहरु गणतन्त्रवादी नेता रामराजाप्रसाद िसंहले नेतृत्व गरेको नवजनवादी मोर्चाले पनि चुनावमा भाग लिएको छ । तराई, पहाड, हिमाली क्षेत्र र विभिन्न जातीय मोर्चाहरु मिली बनेको यो पार्टीले निर्वाचन प्रयोजनकालागि 'बालक' चुनाव चिन्ह पाएको छ । यो पार्टीको केन्द्रीय कार्यालय भीमसेनगोला काठमाडौंमा छ । १ महिला र १८ पुरुष गरी यो दलबाट १८ जनाको उम्मेदवारी परेको छ । राप्रपाबाट शाही शासनकालमै विभाजन भै बनेको राप्रपा नेपालको अध्यक्ष हाल कमल थापा छन् । संस्थापक अध्यक्ष कमल थापा नै भएपनि केही समय यो पार्टीको नेतृत्व रवीन्द्रनाथ शर्माले गरेका थिए । तर गत हप्ता पार्टी नेतृत्व पुन थापाले नै सम्हालेका छन् । पार्टीमा राजेश्वर देवकोटा लगायतका नेता छन् । पार्टीले चुनाव चिन्ह 'गाई' पाएको छ भने यसको केन्द्रीय कार्यालय चुनदेवी काठमाडौंमा छ । यो पार्टीबाट ९ महिला र १ सय ९८ पुरुष गरी २ सय ७ जनाले उम्मेदवारी दिएका छन् । चुनावमा भाग लिने अन्य पार्टीहरुमध्ये मालबरिसंह एमएस थापा मगरले नेतृत्व गरेको राष्ट्रिय जनमुक्ति पार्टीले चुनाव चिन्ह 'घर' पाएको छ । यो पार्टीको केन्द्रीय कार्यालय ललितपुर महालक्ष्मी स्थानमा रहेको छ । ८ महिला र ७६ पुरुषसहित यो पार्टीका ८४ जना उम्मेदवार छन् । उता यो पार्टीका पूर्व महासचिब गोरेबहादुर खपाङ्गीले प्रजातान्त्रिक जनमुक्ति पार्टी को स्थापना गरिसकेका छन् । खपाङ्गीको पार्टीको चुनाव चिन्ह 'काइँयो' हो। यो दलले चुनावमा भाग लिएको छैन। एकै घरका बाबु-छोराले पनि फरक फरक खालका पार्टी खोलेका छन् । यसरी फरक-फरक पार्टी खोल्ने बाबु-छोरा हुन्- शलिममिया अन्सारी र युनुश अन्सारी । एमालेको पहिलो नौ महिने सरकारमा मन्त्री समेत भएका शलिमले आफू अध्यक्ष भै समाजवादी पार्टी नेपालको स्थापना गरी चुनाव चिन्ह 'साइकल' पाएका छन् । यो पार्टीबाट ५ जना पुरुषको उम्मेदवारी परेको छ । उता छोरा युनुशले खोलेको राष्ट्रिय जनता दलको स्थापना गरी 'भलिबल' चुनाव चिन्ह पाएका छन् । यसमध्ये बाबु शलिमको पार्टी कार्यालय लगनखेलमा छ भने छोरा युनुशको पार्टी कार्यालय तीनकुने काठमाडौंमा छ । बाबु शलिम शाही शासनकालमा मन्त्रीपनि भएका थिए । छोरा युनुशको पार्टीबाट १५ पुरुषको उम्मेदवारी परेको छ । बाबु-छोरा दुवैजना बारा- ३ बाट प्रतिस्पर्धा गरिरहेका छन् । जापानी नेपालीको पनि पार्टी नेपालको पर्यटन व्यवसायसँग जोडिएका एक जापानीले पनि राजनीतिक दलको गठन गरेका छन् । सोलुमा होटलमार्फत् नेपालको पर्यटन व्यवसायमा उल्लेख्य योगदान दिएका जापानका ताकिसी मियाहाराले खोलेको पार्टीको नाम राष्ट्रिय विकास पार्टी हो । उनले नेपाली नागरिकता पाइसकेका छन् । यो पार्टीले चुनाव चिन्ह 'रेडियो' पाएको छ भने यसको केन्द्रीय कार्यालय ललितपुरको कुपण्डोलमा छ । यो पार्टीका १२ जना पुरुष प्रतिस्पर्धी छन् । नेमकिपा हुँदै पञ्चायतकालमै एमाले प्रवेश गरेका एमालेको केन्द्रीय सदस्य साथै मन्त्री समेत भएका कालिकोटका प्रेमबहादुर िसंहले शाही शासनकालमा पार्टी परित्याग गरेका थिए । उनको पार्टीको नाम समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपाल हो । यो पार्टीलाई निर्वाचन आयोगले 'चन्द्रमा' चुनाव चिन्ह दिएको छ । ८ महिला र ४४ पुरुष गरी ५४ जना यस पार्टीबाट उम्मेदवार बनेका छन् । शाहीकालीन मन्त्री स्व. नारायणिसंह पुनमगरले स्थापना गरेको नेपाल समता पार्टीको नेतृत्व हाल पाशाङ्ग गोपर्माले गरेका छन् । यो पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको सामाखुसीमा छ । यो पार्टीले 'माछा' चुनाव चिन्ह पाएको छ । यो पार्टीबाट २ महिला र १३ पुरुष गरी १५ उम्मेदवार छन् । नेकपा संयुक्त बाट विभाजन भै बनेको नेकपा संयुक्त माक्स्रवादी पार्टीको नेतृत्व हेमन्तबहादुर बिसीले संहालेका छन् । महादेवस्थान मार्ग काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यो पार्टीले चुनाव चिन्ह 'त्रिशुल' पाएको छ । पुराना कम्युनिष्ट नेता प्रभुनारायण चौधरी यही पार्टीमा छन् । ५ महिला र ४३ पुरुष गरी यो पार्टीबाट उम्मेदवार बन्नेको संख्या ४८ छ । निर्वाचन आयोगमा दर्ता भएको अर्को कम्युनिष्ट पार्टी हो- नेकपा माक्स्रवादी । यो पार्टीको नेतृत्व दुर्गाप्रसाद ज्ञवालीले गरेका छन् भने यसको केन्द्रीय कार्यालय डिल्लीबजारमा रहेको बताइएको छ । यसले पाएको चुनाव चिन्ह 'कोदालो' हो । यसले १ महिला र ६ पुरुष गरी ७ जनालाई चुनावी मैदानमा उतारेको छ । विश्वेन्द्रमान पासवान अध्यक्ष रहेको दलित जनजाति पार्टीले 'कप' चुनाव चिन्ह पाएको छ । यसको केन्द्रीय कार्यालय पुतलीसडकमा छ भने यो पार्टीबाट १ महिला र ५० पुरुष गरी ५१ जनाले उम्मेदवारी दिएका छन् । विष्णु प्रसाई अध्यक्ष रहेको तथा काठमाडौंको अनामनगरमा कार्यालय रहेको हिन्दू प्रजातान्त्रिक पार्टीले चुनाव चिन्ह 'गेरुबस्त्रधारी मानिस' लगाएको छ भने यो पार्टीबाट जम्मा ५ पुरुषले निर्वाचनमा उम्मेदवारी दिएका छन् । खुसीलाल यादव अध्यक्ष रहेको नेपाल राष्ट्रिय जनकल्याण पार्टीले 'दुई आँखा' चुनाव चिन्ह पाएको छ । यो पार्टीको केन्द्रीय कार्यालय गौरीघाट काठमाडौंमा छ भने यो पार्टीबाट जम्मा ३ पुरुषलेमात्र उम्मेदवारी दिएका छन् । शाहीकालीन मन्त्री डा. असर्फी शाह अध्यक्ष रहेको राष्ट्रिय विकास पार्टीले 'हात्ती' चुनाव चिन्ह पाएको छ भने यो पार्टीबाट २२ पुरुषले उम्मेदवारी दिएका छन् । यो पार्टीको केन्द्रीय कार्यालय भक्तिथापा मार्ग बानेश्वरमा रहेको बताइएको छ । मुस्कान सेना पार्टीले चुनाव चिन्ह 'मान्छे' पाएको छ । यो पार्टीको अध्यक्ष सिन्धुपाल्चोकका मुस्कान पौडेल हुन् । उनी युवराज पारश नजिक मानिन्छन् । यो पार्टीले २ महिला र ३१ पुरुष गरी ३३ जनालाई उम्मेदवार बनाएको छ । यसको केन्द्रीय कार्यालय महाराजगाज काठमाडौंमा छ । लिग नेपाल शान्ति एकता पार्टीले जम्मा १० जना पुरुषलाई उम्मेदवार बनाएको छ । यसको केन्द्रीय कार्यालय चावहिलमा छ भने अध्यक्ष घनेन्द्रबहादुर बस्नेत छन् । यो पार्टीलाई निर्वाचन आयोगले 'घोडा' चुनाव चिन्ह दिएको छ । पोखरा- ३ नदीपुरमा केन्द्रीय कार्यालय रहेको भनिएको नेपाल जनभावना पार्टीको सभापति सूर्यबहादुर खड्का 'बिखर्ची' हुन् । यो पार्टीले 'बलिरहेको पाला' चुनाव चिन्ह पाएको छ भने यो पार्टीबाट जम्मा २ जना पुरुषले उम्मेदवारी दिएका छन् । पटक पटक ठगी अभियोगमा पक्राउ परेकी र आफूलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको नातिनी बताउने शुष्मा शर्मा बडालले पनि पार्टी खोलेकी छन् । उनको पार्टीको नाम शान्ति क्षेत्र परिषद् हो । केन्द्रीय कार्यालय कालिकामार्ग डिल्लीबजारमा रहेको यो पार्टीले चुनाव चिन्ह 'बजिरहेको ताली' पाएको छ भने यो पार्टीबाट १ महिला र २ पुरुष गरी ३ जना उम्मेदवार बनेका छन् । श्यामकुमार थापा अध्यक्ष रहेको राष्ट्रवादी युवा मोर्चाले 'चश्मा' चुनाव चिन्ह पाएको छ । यो पार्टीबाट ५ पुरुषले उम्मेदवारी दिएका छन् । यसको कार्यालय काठमाडौंको माइतिघरमा छ । 'चितुवा' चुनाव चिन्ह पाएको लिवरल समाजवादी पार्टीको केन्द्रीय कार्यालय कीर्तिपुरमा रहेको बताइएको छ भने यो पार्टीका अध्यक्ष छन् बाबुराम ढकाल शास्त्री । यो पार्टीले जम्मा ३ जना पुरुषलाई उम्मेदवार बनाएको छ । नेपाली जनता दलले 'चक्का' चुनाव चिन्ह पाएको छ । यो पार्टीको का.वा. अध्यक्ष हरिचरश शाह रहेको बताइएको छ । यो पार्टीले १० महिला र ३३ पुरुष गरी ४३ स्थानमा उम्मेदवारी दिएको छ । अमर केसी अध्यक्ष रहेको नेपाल राष्ट्रिय लोकतान्त्रिक दलको केन्द्रीय कार्यालय कामनपा- १६, श्रीरत्न मार्गमा रहेको छ । यो पार्टीबाट १ महिला र १ पुरुष गरी २ जनालेमात्र उम्मेदवारी दिएका छन् । यो पार्टीले पाएको चुनाव चिन्ह 'टोपी' हो । राष्ट्रवादी एकता पार्टीले जम्मा २ महिलालाई उम्मेदवार बनाएको छ भने यो पार्टीको अध्यक्षपनि महिला नै छिन् । उमा श्रेष्ठ 'हिमा' ले नेतृत्व गरेको यो पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको कालोपुलमा रहेको छ । अटलमान राई अध्यक्ष रहेको जनमुक्ति पार्टी नेपालले 'भर्याङ्ग' चुनाव चिन्ह पाएको छ । यो पार्टीबाट ३ पुरुषले उम्मेदवारी दर्ता गरेका छन् । यसको केन्द्रीय कार्यालय ललितपुरको कुपण्डोलमा छ । लाहान नपा- ४ सिरहामा केन्द्रीय कार्यालय रहेको लोकतान्त्रिक जनता पार्टी नेपालको सभापति डा. योगेन्द्र ठाकुर छन् । यो पार्टीले 'हवाईजहाज' चुनाव चिन्ह पाएको छ । यसले १ महिला र ७ पुरुष गरी जम्मा ८ जनालाई प्रत्यक्ष निर्वाचनमा खडा गरेको छ । पद्मिनी प्रधानाङ्ग अध्यक्ष रहेको सशक्ति पार्टी नेपालले चुनाव चिन्ह 'तराजु' पाएको छ । यो पार्टीबाट ७ जना महिलाले उम्मेदवारी दर्ता गरेका छन् । यसको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौंमा छ । राष्ट्रिय जनता दल नेपाल नामको पार्टीले पनि चुनावमा भाग िलंदैछ जसको अध्यक्ष छन् भरतप्रसाद महतो । 'लालटिन' चुनाव चिन्ह पाएको यो पार्टीको केन्द्रीय कार्यालय कोटेश्वरमा रहेको छ भने यो पार्टीबाट ११ जना पुरुषले उम्मेदवारी दिएका छन् । षटकोण चुनाव चिन्ह रहेको शान्ति पार्टी नेपालको अध्यक्ष झनकप्रसाद ढुङ्गाना हु्न् । यसको केन्द्रीय कार्यालय जोरपाटी काठमाडौंमा रहेका छ भने यो पार्टीले ४ महिला र ९ पुरुष गरी १३ जनालाई निर्वाचनमा प्रत्यासी बनाएको छ । श्यामनारायण शर्मा अध्यक्ष रहेको 'कमल' चुनाव चिन्ह पाएको नेपाल जनता पार्टीको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंमा छ भने यो पार्टीका २ महिला र २३ पुरुष गरी २५ जनाले उम्मेदवारी दिएका छन् । किशोरी महतो अध्यक्ष रहेको लोक कल्याणकारी जनता पार्टी नेपालले 'तीरसहितको धनुष' चुनाव चिन्ह पाएको छ । यो पार्टीको केन्द्रीय कार्यालय कुमारीपाटी ललितपुरमा छ भने यो पार्टीबाट १ महिला र २६ पुरुष गरी २७ जनाले उम्मेदवारी दिएका छन् । जनजाति नेता गोपाल गुरुङ्गको मंगोल नेसनल अर्गनाइजेसन नेपालले 'कुखुराको भाले' चुनाव चिन्ह पाएको छ । यो पार्टीबाट १७ जना पुरुषले उम्मेदवारी दिएका छन् । रबीन्द्रकुमार बस्नेत महासचिव रहेको नेपाल साम्यवादी दललाई आयोगले 'करुवा' चिन्ह दिएको छ भने यो दलबाट जम्मा एक जनाको उम्मेदवारी परेको छ । 'दापभित्रको खुकुरी' चुनाव चिन्ह पाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक राष्ट्रिय मन्चबाट २ महिला र ४५ पुरुषले उम्मेदवारी दिएका छन् । 'खड्क' चुनाव चिन्ह पाएको नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. केशवमान शाक्य छन् । यो पार्टी नेवारहरुको पार्टीको रुपमा चिनिन्छ । यसबाट २ महिला र ५ पुरुषले उम्मेदवारी दिएका छन् । यसैगरी उपेन्द्र गच्छदार अध्यक्ष रहेको नेपाल लोकतान्त्रिक समाजवादी दलबाट ११ पुरुषले उम्मेदवारी दिएको देखिएको छ । यो पार्टीले 'कलम' चुनाव चिन्ह पाएको छ । बुद्धिमान डौसीले नेतृत्व गरेको नेपाल सुकुम्बासी लोकतान्त्रिक पार्टीले 'डोको' चुनाव चिन्ह पाएको छ । यो पार्टीबाट ३ पुरुष र ८ पुरुषसहित ११ जनाले उम्मेदवारी दिएका छन् । रबीन्द्रबहादुर सुनार महासचिव रहेको नेपाल दलित श्रमिक मन्चबाट जम्मा एक जनाको उम्मेदवारी परेको छ । यो पार्टीले 'चंगा' चुनाव चिन्ह पाएको छ । ताम्सालिङ्ग नेपाल राष्ट्रिय दलको अध्यक्ष परशुराम तामाङ्ग छन् । 'पूर्जा' चुनाव चिन्ह रहेको यो दलले ५ महिला र २२ पुरुष सहित २७ जनाको उम्मेदवारी दिएको छ । कुबॆरबहादुर राउत अध्यक्ष रहेको नब नेपाल प्रजातान्त्रिक दलका जम्मा २ पुरुष उम्मेदवार छन् । यो पार्टीले 'घण्ट' चुनाव चिन्ह पाएको छ । चुनावमा भाग नलिने पार्टीहरु निर्वाचन प्रयोजनकालागि निर्वाचन आयोगमा दर्ता भएपनि १८ वटा दलहरुले निर्वाचनमा भाग नलिने भएका छन् । भाग नलिने दलमा शाहीकालीनमन्त्री कुवेर शर्माको हरियाली पार्टी, नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईं अध्यक्ष रहेको नेपाली कांग्रेस राष्ट्रवादी लगायतका दल छन् । कृष्णप्रसाद भटराई पार्टी सभापति हुँदा कांग्रेसको केन्द्रीय सदस्य रहेका कुवेर शर्माले २०५४ ताका कांग्रेस परित्याग गरी हरियाली पार्टी गठन गरेका थिए । उनी २०४८ को निर्वाचनमा सप्तरी-४ कांग्रेसको टिकट पाई सांसदसमेत बनेका थिए । उनी शाही कालमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रीपनि भए । उनको दलले निर्वाचन बहिस्कार गरेको छ । यो पार्टीको कार्यालय बानेश्वरस्थित हात्तिगौंडा मार्गमा रहेको छ । लामो समय नेपाली कांग्रेसको कोषाध्यक्ष रहेका रामबाबु प्रसाईंले पनि कांग्रेसबाट अलग भै नयाँ दलको नेतृत्व गरेका छन् । कांग्रेस गणतन्त्रवादी लाइनमा गएकोमा असन्तुष्ट प्रसाईंले नेतृत्व गरेको पार्टीको स्थापना भने शाहीकालीन महिला मन्त्री डा. दुर्गा पोख्रेलले गरेकी थिइन् । पोख्रेलको राजनीतिक जीवनको सुरुवातपनि नेपाली कांग्रेसबाटै भएको थियो । हिन्दूत्वलाई आफ्नो मूलमन्त्र ठान्ने शिवसेना नेपाल नामक पार्टीको नेतृत्व अरुण सुवेदीले गरेका छन् । २०५१ को आम निर्वाचन र ०५४ को स्थानीय निर्वाचनमा यो पार्टीका उम्मेदवारहरु बाँके, नेपालगन्जमा नेका र एमालेका निकटतम प्रतिद्धन्दी बनेका थिए । यो पार्टी भारतको शिवसेना निकट मानिन्छ । यसको कार्यालय काठमाडौंको लैनचौरमा छ । काठमाडौंको अनामनगरमा केन्द्रीय कार्यालय रहेको नेपाल कोअपरेटिभ पार्टीको अध्यक्ष तोयानाथ दाहाल छन् । यो पार्टीले पनि चुनावमा भाग नलिने भएको छ । चुनावमा भाग नलिने मध्येको राष्ट्रवादी मिलन केन्द्र नेपाल दल नामक पार्टीको अध्यक्ष गणेशबहादुर पाण्डे छन् भने यो पार्टीको कार्यालय चक्रपथमा रहेको छ । राजाका कट्टर समर्थक यो दलका अध्यक्ष गणेशबहादुर पाण्डेमाथि शाही शासनकाल र पञ्चायती कालमा बहुदलमाथि गुण्डा परिचालनगरी आक्रमणमा संलग्न रहेको आरोप लाग्ने गर्थ्यो । निर्वाचन आयोगमा दर्ता भएपनि नेकपा मालेमा केन्द्र अहिले नेकपा माओवादी मा बिलिन भैसकेको छ । यो पार्टीका अध्यक्ष कृष्णदास श्रेष्ठ हाल नेकपा माओवादी को केन्द्रीय सल्लाहकार समितिको अध्यक्ष छन् भने महासचिव नन्दकुमार प्रसाईं पनि माओवादीमै छन् । यसअघि बाम मोर्चाको एक घटक रहेको यो पार्टीका महासचिव प्रसाईं पार्टी माओवादीमा बिलिन भएपछि माओवादी सांसद बनेका छन् । श्यामप्रसाद लामा अध्यक्ष रहेको नेपाल जनतन्त्र पार्टीको कार्यालय मैतिदेवी काठमाडौंमा छ । काठमाडौंको बालाजुमा कार्यालय रहेको नेपाल जनसंघ पार्टीका अध्यक्ष पदमबहादुर लामा छन् भने धोविधारा पुतलीसडक मा कार्यालय रहेको राष्ट्रिय जनएकता पार्टीको अध्यक्ष मनमोहन शम्शेर राणा छन् । गणेशबहादुर श्रेष्ठ अध्यक्ष रहेको प्रजातान्त्रिक शक्ति पार्टीको कार्यालय भने काठमाडौंको लैनचौरमा छ । बाराको जीतपुरमा कार्यालय रहेको भनिएको राष्ट्रिय जन प्रजातान्त्रिक पार्टीको अध्यक्ष कामेश्वरिसंह सुवेदी रहेको बताइएको छ । उता काठमाडौंको कालिमाटीमा कार्यालय रहेको नेपाली राष्ट्रिय जनभावना पार्टीको अध्यक्ष भीमबहादुर तामाङ्ग रहेका छन् । गोरेबहादुर खपाङ्गीमगरले नेतृत्व गरेको प्रजातान्त्रिक जनमुक्ति पार्टीको कार्यालय ललितपुरको धोविघाटमा छ । नेपाल जागृत दल नामक पार्टीलेपनि चुनावमा भाग लिएन । यो पार्टीको कार्यालय काठमाडौंको पुरानो बानेश्वरमा छ भने यसको अध्यक्ष सोममाया तामाङ्ग छिन् । काठमाडौंको स्वयम्भूमा कार्यालय रहेको नेपाल प्रजातान्त्रिक युवा पार्टीको अध्यक्ष भने लक्ष्मण पौडेल छन् । अम्बिका राणाले नेतृत्व गरेको नेपाल बहुदल पार्टी पनि निर्वाचन आयोगमा दर्ता भएको देखिन्छ । यसको केन्द्रीय कार्यालय लाजिम्पाटमा छ । उपेन्द्र यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरमबाट फुटेको फोरमको अर्को समूहलेपनि निर्वाचनमा भाग नलिने भएको छ । यसको नेतृत्व भाग्यनाथ गुप्ताले गरेका छन् । यो समूह संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाको एक घटक थियो । तर अघिल्लो हप्ता सरकारसँग भएको सम्झौता यसले अस्वीकार गरेको थियो । बिनोद डाङ्गी महामन्त्री रहेको नेपाल परिवार दलले पनि निर्वाचनमा भाग लिएको छैन । मधेश आन्दोलनका क्रममा मधेशमा रहेका पहाडी समुदायमाथि आक्रमण बढेपछि मधेश र चुरे क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले चुरेभावर एकता समाजको गठन गरेका थिए । यसले अहिले दलको रुप धारण गरेको छ । नेपाली कांग्रेस सर्लाहीका नेता केशव मैनाली यसको अध्यक्ष छन् । यस पार्टीमा चुरे क्षेत्रमा रहेका नेका र एमालेका नेता-कार्यकर्ता सामेल छन् । 'सुदर्शन चक्र' चुनाव चिन्ह पाएको यो पार्टीबाट २ महिला र २१ पुरुषसहित २३ जनाले उम्मेदवारी दिएका छन् । -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®