|
|
![]() |
|
| Click this link to see your Local city time and Kathmandu, Nepal time | ||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | ||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
|
|
एउटै बाबुका तीन-तीन छोरा प्रधानमन्त्री सबैभन्दा धेरै ६ पटक प्रधानमन्त्री बने कोइराला तर उपलब्धी खोई? नेपालको इतिहासमा सबैभन्दा धेरै पटक प्रधानमन्त्री बन्ने अवसरमात्र होइन एउटै बाबुका तीन-तीन छोरा प्रधानमन्त्री बन्ने अवसरपनि कोइराला परिवारका सदस्यहरुले पाएका छन् । पिताजी कृष्णप्रसाद कोइरालाका जेठा छोरा मातृकाप्रसाद कोइराला २००९ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए भने माहिला छोरा बीपी कोइराला ०१५ को निर्वाचनपछि प्रधानमन्त्री भए । कान्छा छोरा गिरिजाप्रसाद कोइराला २०४८ यता ६-६ पटक प्रधानमन्त्री भए । Girijaprasad Koirala. Photo: eEyecam नेपालको प्रथम राष्ट्रपति बन्ने, प्रधानमन्त्रीको पदबाट आफैले आफैलाई राजिनामा दिने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सपना बिपनामा परिणत हुन सकेन । प्रम कोइरालाले बिहीबार अन्तरिम व्यवस्थापिका-संसदको हैसियतले बसेको संविधान सभाको बैठकमा राजिनामा दिएका छन् । उनी अब शक्तिशाली प्रधानमन्त्री रहेनन् बरु काम चलाउ प्रधानमन्त्रीमा रुपान्तरित हुन पुगेका छन् । उनको राजिनामा घोषणा पछि नयाँ सरकार बन्ने बाटो भने खुलेको विश्वास गरिएको छ । प्रधानमन्त्री पदबाट कोइरालाले संविधान सभामा गरेको राजिनामा घोषणा नयाँ राष्ट्रपति चयन भएपछिमात्र मूर्तरुप पाउनेछ । यो उनको राजिनामाको घोषणामात्र हो । नयाँ राष्ट्रपति चयन भएपछि उनले राष्ट्रपतिसमक्ष आफ्नो राजिनामा पत्र बुझाउनेछन् । त्यसपछिमात्र उनी औपचारिक रुपमा पदमुक्त हुनेछन् । आफूलाई राष्ट्रपतिको रुपमा अस्वीकार गरिएकोमा सांकेतिक असन्तुष्टि व्यक्त गर्दै 'मलाई माइनस गरेपनि सहमति र सहकार्यलाई अघि बढाउनुस्' भन्दै विहीबार कोइरालाले राजिनामाको घोषणा गरेका थिए । कोइराला नेपालको इतिहासमा सबैभन्दा धेरै पटक प्रधानमन्त्री हुने सौभाग्य प्राप्त गर्ने नेता हुन् । उनले ६ पटक देशको प्रधानमन्त्री हुने अवसर प्राप्त गरे । पहिलो पटक २०४८ जेठ १५ गते प्रधानमन्त्री भएका उनी दोश्रो पटक २०५४ चैत्र ३० गते प्रधानमन्त्री बने । २०५५ पुष ९ गते उनी तेश्रो पटक प्रधानमन्त्री भए । २०५६ चैत्र ७ गते चौंथो पटक प्रधानमन्त्री भएका उनी २०६३ बैशाख १४ गते पाँचौ पटक प्रधानमन्त्री भएपछि भने पुराना सबै रेकर्ड तोडे । यसअघि चार-चार पटक प्रधानमन्त्री हुने अवसर कीर्तिनिधि बिष्ट र सूर्यबहादुर थापाले प्राप्त गरेका थिए । लोकतान्त्रिक आन्दोलनलगत्तै लगातार प्रधानमन्त्री रहेपनि २०६३ चैत्र १८ गते फेरि उनकै नेतृत्वमा माओवादी सम्मिलित अन्तरिम सरकार बनेपछि उनी ६-६ पटक प्रधानमन्त्री हुने नेताको रुपमा चिनिएका हुन् । राष्ट्रपतिको निर्वाचन भै उनले औपचारिकरुपले राजिनामा बुझाएपछि भने उनको प्रधानमन्त्री बन्ने यात्रा रोकिने छ । तैपनि कोइरालाजसरी अर्को कुनै राजनेताले यति धेरै पटक प्रधानमन्त्री बन्न पाउने सम्भावना कमै छ । -Vivek Baral in Kathmandu |
||
|
|
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®