Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

६ सय १ जना सभासदहरुद्वारा प्रति महिना २ करोड ४० लाख ४० स्वाहा?

काठमाडौं,  June 20, 2008- ठूला तीन पार्टी शक्ति बाँडफाँडको कुरा नमिल्दा राजनीति अझै सहमतिमा पुग्न सकेको छैन । ठूला पार्टीहरु जनताको हितभन्दा आफ्नो पार्टीलाई शक्तिमा पुर्याउने र अन्य पार्टीलाई सिध्याउनको लागि चलखेल गरिरहेका छन् । २ महिनादेखि सहमतिको नजिक पुगेको कुरा गर्न नछाड्ने नेताको कुरा अब त अति नै भो । आज त सरकार बन्ला र संविधान लेख्ने कार्य अगाडि बढ्ला भनेर आश गरेर बसेका सर्वसाधारण बेलुका उही पुरानै कुरा- सहमतिको नजिक पुगेका छौं भन्ने सुन्दा यी नेताहरु नयाँ नेपाल निर्माण चाँही नगर्ने भए भनेर निराश बन्दैछन् । यही अवस्था रहने हो भने २ वर्षमा होइन १० वर्षमा पनि संविधान लेखन नहुने भो ।

यस बीचमा कसले कस्तो चलखेल खेल्छ ? देश कुन स्थितितिर लम्कन्छ ? अस्थिर राजनीतिको कुनै भरोसा छैन । यही चलायमान अवस्थामा सबै आफ्नो हितमा काम गर्न, हड्ताल, चक्का जाम गर्न प्रयासरत छन् । कानूनी राज्य अनुभूत जनतालाई गराउने हो भने सुरक्षा व्यवस्था बलियो हुनुपर्छ । तर सुरक्षा व्यवस्था पनि फितलो छ । अस्ति भर्खर एउटा ट्याक्सी ड्राइभरलाई अस्पताल पुर्याइयो । पुलिस रिपोर्टको माग भयो । उसको साथीले तीन ठाउँको प्रहरी स्टेशन पुर्यायो तर आफ्नो मातहत नपर्ने कुरा सुनाइयो । अस्पतालमा एक्सरे गर्न ५ सय ५० लाग्ने तर पीडित ड्राइभरको साथीसँग पचास रुपैयाँ मात्र भएको र ५ सय एकछिन पछि दिने व्यहोरा जनाउँदा एक्सरे हुन सकेन ।

प्रहरी रिपोर्ट लेख्न आनाकानी गर्ने र अस्पतालमा ५ सय रुपैयाँ नपुग्दा निमुखा जनताको अकालमा मृत्यु हुने स्थितिमा छ । यस्तो घटना किन हुन्छ ? एउटा सर्वसाधारण यसरी कानूनी उपचार र उपचारको अभावमा मर्ने अवस्थामा छन् । तर यो देशको नेताहरु शक्ति बाँडफाँड नमिल्दा सरकार गठन गर्न सकेका छैनन् । उनीहरुले ०६२, ०६३ को महान जनआन्दोलनको विपक्षमा काम गर्न थाल्दैछन् । राजा ज्ञानेन्द्रलाई सर्वसाधारण नेपाली बनाइयो भनेर यी नेताहरुले छाती नफुलाए हुन्छ । जनताको साथ बिनाको कांग्रेस र एमालेको आन्दोलन कस्तो थियो- जनताले नदेखेको होइन । अहिले तिनै नेपाली जनतालाई नयाँ नेपालको अनुभूत गराउनुको साटो अराजकता उन्मुख नेपाल बनाउन नेताहरु लाग्दैछन् ।

६ सय १ जना सभासदहरुले प्रति महिना लगभग ४० हजारको दरले प्रतिमहिना २ करोड ४० लाख ४० हजारको दरले पारिश्रमिक प्राप्त गर्दछन् अन्य सहुलियत बाहेक । अब दलहरुको सहमति नभएको अवस्थामा यो भार कति वर्षसम्म नेपाली जनताले व्यहोर्नु पर्ने हो । अझ एउटा नेपालीको थाप्लोमा अझै कति ऋण थपिने हो ? यो चािहं नेताहरुको सहमतिको राजनीतिमा भर पर्ने कुरा भयो । अस्तु ।

- मेकबहादुर पुन मगर (Mekbahadur Pun Magar in Lalitpur)















































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®