|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See your Local city time and Kathmandu, Nepal time |
|
| English Edition | ||
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
नेपालको अन्तरिम संविधान २०६३ लाई पाँचौ पटक संशोधन
गर्न बनेको विधेयकको पूर्ण रुप यस्तो छ: नेपालको अन्तरिम संविधान २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तावनाः नेपालको अन्तरिम संविधान २०६३ लाई संशोधन गर्न वान्छनीय भएकाले, नेपालको अन्तरिम संविधान २०६३ को धारा ८३ को उपधारा (१) वमोजिम संविधान सभाले यो संशोधन जारी गरेको छ । १. संक्षिप्त नाम र प्रारम्भः (१) यस संशोधनको नाम "नेपालको अन्तरिम संविधान पाँचौं संशोधन २०६५" रहेको छ । (२) यो संशोधन तुरुन्त प्रारम्भ हुनेछ । २. नेपालको अन्तरिम संविधान २०६३ को धारा ३३ मा संशोधन : नेपालको अन्तरिम संविधान २०६३ यसपछि "संविधान" भनिएको को धारा ३३ को खण्ड (द) पछि देहायको खण्ड (द१) थपिएको छ : (द१) ऐतिहासिक जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरी सम्वत् २०६३ साल कार्तिक २२ गते सहमति कायम गर्ने प्रमुख राजनैतिक दलहरु तथा संविधान सभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलहरु समेतसंग सहमति, समझदारी र सहकार्य गरी मुलुकका प्रमुख राजनीतिक समस्याहरुको समाधान गर्ने संस्कृति विकास गर्ने', ३. संविधानको धारा ३६ख. मा संशोधनः संविधानको धारा ३६ख. को सट्टा देहायको धारा ३६ख. राखिएको छ : "३६ख. राष्ट्रपतिको निर्वाचन : (१) राजनैतिक सहमतिका आधारमा राष्ट्रपतिको निर्वाचन संविधान सभाले गर्नेछ । (२) उपधारा (१) बमोजिम सहमति कायम हुन नसकेमा संविधान सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको वहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिको पदमा निर्वाचित भएको मानिनेछ । (३) राष्ट्रपतिको निर्वाचन सम्वन्धी अन्य कार्यविधि संविधान सभाले निर्धारण गरे बमोजिम हुनेछ । (४) निर्वाचन, मनोनयन वा नियुक्तिद्धारा पूर्ति हुने कुनै पनि राजनैतिक पदमा वहाल रहेकॊ कुनै व्यक्ति राष्ट्रपतिको पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ ।' ४. संविधानको घारा ३६छ मा संशोधन : संविधानको धारा ३६छ को उपधारा (२) पछि देहायको उपधारा ३ थपिएको छ : "(३) निर्वाचन, मनोनयन वा नियुक्तिद्धारा पूर्ति हुने कुनै पनि राजनैतिक पदमा वहाल रहकॊ कुनै व्यक्ति उपराष्ट्रपतिको पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ ।" ५. संविधानको धारा ३६झ. मा संशोधन : संविधानको धारा ३६झ. को उपधारा (१) मा रहेका 'योग्यता तथा निर्वाचन प्रकृया" भन्ने शव्दहरुको सट्टा 'योग्यता, निर्वाचन प्रकृया तथा पदावधि" भन्ने शव्दहरु राखिएका छन् । ६. संविधानको धारा ३६ट. मा संशोधन : संविधानको धारा ३६ट. को सट्टा देहायको धारा ३६ट. राखिएको छ : "३६ट. राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय : (१) राष्ट्रपति र उपराष्ट्रपतिको कार्यलाई सहयोग पुर्याउनको लागि छुट्टाछुट्टै कार्यालय रहनेछ । (२) उपधारा (१) बमोजिमको कार्यालयको काम कारबाही सन्चालन गर्न आवश्यक कर्मचारी तथा व्यवस्थापन सम्बन्धी अन्य कुराहरु नेपाल सरकारले व्यवस्था गर्नेछ ।" ७. संविधानको धारा ३८ मा संशोधन : संविधानको धारा ३८ को - (१) उपधारा (१) मा रहेको स्पष्टीकरण झिकिएको छ । (२) उपधारा (२) मा रहेका "दुई तिहाई सदस्यको" भन्ने शव्दहरुको सट्टा 'तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको" भन्ने शव्दहरु राखिएका छन्। ८. संविधानको धारा ५१ मा संशोधन : संविधानको धारा ५१ को,- (१) उपधारा (१) मा रहेका "प्रधानमन्त्रीले पहिलो पटक र त्यसपछि" भन्ने शब्दहरुको सट्टा "राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा" भन्ने शब्दहरु राखिएका छन् । (२) उपधारा (२) मा रहेका "सभामुखको परामर्शमा प्रधानमन्त्रीले" भन्ने शब्दहरुको सट्टा "राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा" भन्ने शब्दहरु राखिएका छन् । ९. संविधानको धारा ५५क. मा संशोधन : संविधानको धारा ५५क. को उपधारा (३) मा रहेका "कम्तीमा दुइ तिहाइ" भन्ने शब्दहरु झिकिएका छन् । १०. संविधानको धारा ५७क. मा संशोधन : संविधानको धारा ५७क. को सट्टा देहायको धारा ५७क. राखिएको छ : "५७क. विपक्षी दल : (१) व्यवस्थापिका-संसदमा विपक्षी दल र त्यसको नेता रहनेछ । (२) विपक्षी दलको नेताको पारिश्रमिक तथा अन्य सुविधा कानूनद्धारा निर्धारण भए बमोजिम हुनेछ । ११. संविधानको धारा ६३ मा संशोधन : संविधानको धारा ६३ को उपधारा ७ पछि देहायको उपधारा (७क) थप गरिएको छ : "(७क) उपधारा (३) बमोजिम निर्वाचित वा मनोनित सदस्यको स्थान कुनै कारणले रिक्त भएमा त्यस्तो स्थान जुन प्रकृयाद्वारा निर्वाचित वा मनोनित भएको हो सोही प्रकृयाद्वारा प्रचलित कानून बमोजिम पूर्ति गरिनेछ ।" |
|
|
१२. संविधानको धारा ७१ मा संशोधन : संविधानको धारा ७१
को,- (१) उपधारा (१) मा रहेका "आफ्ना सदस्यहरुमध्येवाट" भन्ने शब्दहरुको सट्टा "आफ्ना सदस्यहरुमध्येवाट राजनीतिक सहमतिको आधारमा" भन्ने शब्दहरु राखिएका छन् । (२) उपधारा (१) पछि देहायको उपधारा (१क) थपिएको छ- "(१क) उपधारा (१) बमोजिमको सहमति कायम हुन नसकेमा संविधान सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत प्राप्त गर्ने संविधानसभाको सदस्य, संविधानसभाको अध्यक्ष वा उपाध्यक्ष पदमा निर्वाचित भएको मानिनेछ ।" (३) उपधारा (२) मा रहेका "उपधारा (१) बमोजिम" भन्ने शब्दहरुको सट्टा "उपधारा (१) वा उपधारा (१क) बमोजिम" भन्ने शब्दहरु राखिएका छन् । १३. "संविधानको धारा ७४ मा संशोधन : संविधानको धारा ७४ को सट्टा देहायको धारा ७४ राखिएको छ : "७४. सदस्यको स्थान रिक्त रहेको अवस्थामा संविधानसभाको कार्यसंचालन : (१) संविधानसभाको कुनै सदस्यको स्थान रिक्त रहे पनि संविधान सभाले आफनो कार्य सम्पादन गर्न सक्नेछ र अयोग्यताको कारण संविधानसभाको कुनै काम कारवाहीमा भाग लिन नपाउने कुनै व्यक्तिले भाग लिएको कुरा पछि पत्ता लाग्यो भने पनि भईसकेको काम कारवाही अमान्य हुने छैन । (२) संविधानसभाको सदस्य नरहेको भए पनि मन्त्री, राज्यमन्त्री, सहायकमन्त्रीले संविधानसभा वा त्यसको कुनै समितिको वैठकमा उपस्थित हुन सक्नेछ । तर निजलाई मतदान गर्ने अधिकार हुनेछैन ।" १४. संविधानको धारा ११३ मा संशोधन : संविधानको धारा ११३ को उपधारा (१) को खण्ड (घ) को सट्टा देहायको खण्ड (घ) राखिएको छ : "(घ) राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मनोनित गरेको एक जना कानूनविद् -सदस्य" १५. संविधानको धारा १३९ मा संशोधन : संविधानको धारा १३९ को : (१) उपधारा (१) मा रहेका "निकायको व्यवस्था गरिनेछ ।" भन्ने शब्दहरुको सट्टा "निकायको निर्वाचन गरिनेछ ।' भन्ने शब्दहरु राखिएका छन् । (२) उपधारा (२) को सट्टा देहायको उपधारा (२) राखिएको छ : "(२) स्थानीय निकायको निर्वाचन नभएसम्मकालागि स्थानीय तहमा कृयाशील राजनैतिक दलहरुको सहमति र सहभागिताका आधारमा नेपाल सरकारद्वारा जिल्ला नगर र गाउँ स्तरमा अन्तरिम स्थानीय निकाय गठन गरिनेछ । स्पष्टीकरणः यस उपधाराको प्रयोजनकोलागि "स्थानीय तहमा कृयाशील राजनैतिक दल" भन्नाले संविधान सभामा प्रतिनिधित्व भएका र सो सभाको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत सम्वन्धित जिल्लामा उम्मेदवारी दिएका राजनैतिक दललाई सम्झनुपर्छ ।" १६. संविधानको धारा १४५ मा संशोधन : संविधानको धारा १४५ को,- (१) उपधारा (१) को खण्ड (घ) को सट्टा देहायको खण्ड (घ) राखिएको छ : "(घ) मन्त्रिपरिषदमा रहेका राजनीतिक दलहरुमध्ये फरक-फरक दलको प्रतिनिधित्व हुने गरी प्रधानमन्त्रीले तोकेका तीन जना मन्त्री- सदस्य, तर मन्त्रिपरिषदमा तीन भन्दा कम राजनैतिक दलको प्रतिनिधित्व भएको अवस्थामा सो भन्दा कम राजनैतिक दलको प्रतिनिधित्व गर्ने गरी तोक्न वाधा पुगेको मानिने छैन ।" (२) उपधारा (१) को खण्ड (घ) पछि देहायको खण्ड (ङ) थप गरिएको छ : "(ङ) व्यवस्थापिका संसदमा विपक्षी दलको नेता सदस्य ।" १७. संविधानको धारा १४६ मा संशोधन : संविधानको धारा १४६ मा रहेका 'मन्त्रिपरिषदले' भन्ने शब्दपछि 'संविधानसभामा प्रतिनिधित्व गरेका प्रमुख राजनैतिक दलहरुको प्रतिनिधित्व हुने गरी' भन्ने शब्दहरु राखिएका छन् । १८. संविधानको धारा १४९ मा संशोधन : संविधानको धारा १४९ को उपधारा (१) को,- (१) खण्ड (घ) को सट्टा देहायको खण्ड (घ) राखिएको छ- "(घ) मन्त्रिपरिषदमा रहेका राजनीतिक दलहरुमध्ये फरक-फरक दलको प्रतिनिधित्व हुने गरी प्रधानमन्त्रीले तोकेका तीन जना मन्त्री- सदस्य, तर मन्त्रिपरिषदमा तीन भन्दा कम राजनैतिक दलको प्रतिनिधित्व भएको अवस्थामा सो भन्दा कम राजनैतिक दलको प्रतिनिधित्व गर्ने गरी तोक्न वाधा पुगेको मानिने छैन ।" (२) खण्ड (घ) पछि देहायको खण्ड (ङ) थपिएको छ : "(ङ) व्यवस्थापिका-संसदमा विपक्षी दलका नेता- सदस्य ।" १९. संविधानको धारा १५८ मा संशोधन : संविधानको धारा १५८ मा रहेका "मन्त्रीपरिषदले यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा' भन्ने शब्दहरुको सट्टा यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा राष्ट्रपतिले मन्त्रीपरिषदको सिफारिसमा" भन्ने शब्दहरु राखिएका छन् र "वा संविधान सभाबाट" भन्ने शब्दहरु झिकिएका छन् । २०. संविधानको अनूसुचि १क. मा संसोधन : संविधानको अनूसुचि १क. मा रहेका "पदीय गोपनियता कायम राखी इमान्दारिताका साथ गर्नेछु" भन्ने शब्दहरुको सट्टा "ईमान्दारीतकासाथ गर्नेछ" र आफनो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानाकारीमा आएको कुरा म पदमा वहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमवाट पनि प्रकट वा सङ्केत गर्नेछैन ।" २१. खारेजी : संविधानको धारा ४५, ४६, ४७, ४८, ४९, ५० र अनुसूची-२ खारेज गरिएका छन् । Contributed by Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||