
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
उपराष्ट्रपतिझाको निवास बम विस्फोटमा संलग्न ५
समातिए
काठमाडौँ, September 7, 2008-
उपराष्ट्रपति परमानन्द झाको गौरिघाटस्थित निवासमा
बम विस्फोटमा संलग्न पाँच जना अभियुक्तलाई महानगरीय प्रहरी अपराध महाशाखाले
सार्वजनिक गरेको छ । आफुलाई राष्ट्रिय मुक्ति सेनाको कमाण्डर बताउने ठोसे-८
रामेछापका किरण, प्रभात, संजय, विज्ञान, नवीन नामले परिचित २६ वर्षीय मोहन
कार्की सहित उनका चार साथीलाई प्रहरीले पक्राउ गरेको छ । बमकाण्डको मुख्य
योजनाकार पनि कार्की नै रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सहायक कमाण्डर तथा बम विस्फोटनको नेतृत्व गर्ने रौता-९
उदयपुरका २१ वर्षीय विशाल, टिका भट्ट भनेर चिनिने टिकराज मगर, सदस्यहरु
गणेशस्थान-४ नुवाकोटका सोमबहादुर राई, ठोसे रामेछापका शिवबहादुर कार्की,
परेवाडाँडा ४ लमजुङका प्रवीन दुरा छन् ।
घटनामा आरोपित दाङ निवासी दिनेश चौधरी, राष्ट्रिय मुक्ति आर्मीका सदस्यहरु
रस्नाल, रामेछापका तारा सुनुवार र जिरी दोलखाका सरोज तामाङ फरार रहेको
प्रहरीले बताएको छ । समातिएका अभियुक्तहरुबाट प्रहरीले रसिद तथा अन्य कागज
पत्र बरामद गरेको छ ।
उपराष्ट्रपति झाको निवासमा भदौ १ गते साँझ बम विस्फोट गराइएको थियो ।
विस्फोटमा परी उपराष्ट्रपति निवास सुरक्षार्थ खटिएका एक सैनिक जवान घाइते
भएका थिए ।
-Santa Bagam in Kathmandu
|
|