|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
माओवादीका ५ जना मन्त्रीहरुले दुरगामी
महत्वका निर्णय गर्न प्रमलाई ज्ञापनपत्र काठमाडौं, May 22, 2008-मन्त्री परिषद्का माओवादीका ५ जना मन्त्रीहरुले वर्तमान सरकारले दुरगामी महत्वका निर्णय गर्न लागेकोमा आपत्ति जनाउँदै दुरगामी महत्वका निर्णय रोक्न प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बुधबार एक ज्ञापनपत्र बुझाएका छन् । संविधानसभा निर्वाचनपछि वर्तमान सरकार काम चलाउ सरकारमा परिणत भएकोले महत्वपूर्ण निर्णय गर्न नसक्ने भन्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् । संविधान सभाको पहिलो बैठक आव्हान भैसकेको अवस्थामा मन्त्री परिषद्ले गठन गरेका विभिन्न विशेष समितिहरुले केही दुरगामी निर्णयहरु गर्न लागेको दावी माओवादी मन्त्रीहरुले बुझाएको ज्ञापनपत्रमा गरिएको छ। माओवादी मन्त्रीहरुले दिएको ज्ञापन पत्रमा भनिएको छ- 'संविधान सभा सम्पन्न गर्ने ऐतिहासिक अभिभारा पाएको वर्तमान अन्तरिम मन्त्री परिषद्ले आफ्नो अभिभारा सानदार र भव्यताका साथ सुसम्पन्न गर्न सफल हुनुका साथै संविधान सभाको पहिलो अधिवेशनपनि प्रधानमन्त्रीज्यूबाट आव्हान भैसकेको छ । यस स्थितिमा लोकतान्त्रिक मूल्य र मान्यता अनुसार वर्तमान मन्त्री परिषद् स्वत काम चलाउ सरकारमा परिणत हुन्छ । यस मन्त्री परिषद्ले अब संविधान सभा अधिबेशनको तैयारीसँग सम्बन्धित विषय, आकस्मिक सेवाहरु र सामान्य दैनिक कार्य सन्चालनबाहेक अन्य दुरगामी महत्वका विषयहरुमा निर्णय लिन नसक्ने स्वत स्पष्ट छ।' माओवादी मन्त्रीहरुले आपत्ति जनाएका आर्थिक कार्यसूचि र प्रशासनिक कार्यसूचि रहेको बताइएको छ । 'संविधान सभा निर्वाचनबाट प्राप्त ताजा जनादेश अनुरुप आगामी सरकार गठनकालागि यस सरकारले मार्ग प्रसस्त गर्न' पर्ने कुरा पत्रमा उल्लेख गर्दै त्यसो नगरी दुरगामी महत्वका निर्णय गर्न लागिएको छ, मन्त्रीहरुले भनेका छन्-'संविधान सभा निर्वाचनबाट प्राप्त ताजा जनादेश अनुरुप आगामी सरकार गठनकालागि यस सरकारले मार्ग प्रसस्त गर्नुपर्ने हुन्छ परन्तु संविधान सभाको पहिलो बैठक आव्हान भैसकेपछिपनि नियमित अवस्थाको मन्त्री परिषद् झैं विशेष समितिहरुको बैठक राखी दुरगामी महत्वका निर्णयहरु कार्यसूचीमा प्रस्तावित भैरहेको र बरिष्ठ माननीय मन्त्रीज्यूहरुबाट नै ती विषयहरुमा यही मन्त्री परिषद्बाट निर्णय गरिनुपर्ने अभिव्यक्तिहरु आइरहेको सन्दर्भलाई समेत ध्यानमा राखी त्यस प्रकारको दुरगामी महत्वका निर्णयहरु नगरियोस् ।' ज्ञापन पत्रमा थप भनिएको छ- 'प्रस्तावित कार्यसूचिहरु हालकालागि स्थगित गरियोस् भनी हार्दिक अनुरोध गर्दछौं ।' जानकारी अनुसार मन्त्री परिषद्मा रहेका माओवादीका पाँचजना मन्त्रीहरु बालुवाटार पुगी प्रधानमन्त्री कोइरालालाई ज्ञापनपत्र दिएका दिएका थिए । ज्ञापनपत्रमा माओवादीको तर्फबाट अन्तरिम सरकारको नेतृत्व गरेका सूचना तथा साचारमन्त्री कृष्णबहादुर महराका अलवा स्थानीय विकास मन्त्री देबप्रसाद गुरुङ्ग, बन तथा भूसंरक्षण मन्त्री मातृका यादव, भौतिक योजना तथा निर्माण मन्त्री हिसिला यमी र महिला बाल बालिका तथा समाज कल्याण मन्त्री पम्फा भूषालले हस्ताक्षर गरेका छन् । -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®