|
|
![]() |
|
| Click this link to see your Local city time and Kathmandu, Nepal time | ||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | ||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
|
|
कुन दलले कस्लाई चुने? छुटेका २८ मध्ये ५ वटा आदिवासी-जनजाति मनोनयनमा परे काठमाडौं, June 27, 2008- संविधान सभा निर्वाचनमा प्राप्त मत प्रतिसतको अनुपात अनुसार मनोनित हुने २६ जना सभासद् दलहरुले बाँडफाँड गर्ने पूर्व सहमति उल्लंघन भएको छ। मत परिणामको अनुपात अनुसार माओवादीले ९, कांग्रेस-एमालेले ५-५, फोरमले २ र तमलोपा, सद्भावना, माले, जनमोर्चा, नेमकिपा र राप्रपाले १-१ सिट पाउने पूर्व सहमति थियो । तर संविधान सभामा ११ स्थान हासिल गरेको नेपाल सद्भावना पार्टीबाट एक जनापनि सदस्य मनोनित हुन नपाउने भएका छन् । त्यसको सट्टा २ स्थानमात्र हासिल गरेको सद्भावना आनन्दीदेवी समूहले १ स्थान पाउने भएको छ । सद्भावना आनन्दीदेवी बाट आपूर्तिमन्त्री श्यामसुन्दर गुप्ता मनोनित सभासद् भएका छन् । उनीमाथि अध्यक्ष आनन्दीदेवी सिंहको अपहरणको आरोप छ । मनोनयन हुने २६ सिटमध्ये ९ स्थान पाएको माओवादीले हरि रोका, पदम ज्योति, इन्द्रकुमारी गुरुङ्ग, कपिल लामा, हरिलाल थापामगर, डबलबहादुर शाह, शेरबहादुर पहरी र धामी बरामको नाम सिफारिस गरेको छ । बाम बुद्धिजीवी रोका अन्तरिम व्यवस्थापिका-संसदमा माओवादीबाट मनोनित पूर्व स्वतन्त्र सदस्य हुन् भने ज्योति नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष हुन् । यसैगरी इन्द्रकुमारी गुरुङ्गलाई माओवादीले अपाङ्गको तर्फबाट चयन गरेको हो । कपिल लामा मनाङ्गका माओवादी कार्यकर्ता हुन् । ७५ मध्ये डडेलधुरा र बाजुराबाटमात्र माओवादीको प्रतिनिधित्व नरहेकाले माओवादीले डडेलधुराबाट मगर समुदायका हरिलाल थापामगर र बाजुराका ठकुरी समुदायका डबलबहादुर शाहको नाम सिफारिस गरेको हो । छुटेका आदिबासी जनजातिमध्ये माओवादीले पहरी समुदायबाट मकवानपुरका शेरबहादुर पहरी र बराम समुदायबाट गोर्खाका धामी बरामलाई सिफारिस गरेको छ । नेकाले बिश्वनाथ उपाध्याय, निलाम्बर आचार्य, राधेश्याम अधिकारी, जगत ताजपुरिया र मानबहादुर राउटेको नाम सिफारिस गरेको छ । यी मध्ये पूर्व प्रधानन्यायाधिस उपाध्याय ०४७ को सम्बिधान मस्यौदा कमिटीका अध्यक्षपनि हुन् । आचार्य भने ०४६ पछि बनेको अन्तरिम सरकारमा बाममोर्चाको तर्फबाट मन्त्री थिए । नेपाल बारका पूर्व अध्यक्ष अधिकारी अन्तरिम व्यवस्थापिका-संसदका सदस्य थिए । छुटेका आदिवासी जनजातिमध्ये कांग्रेसले जगत ताजपुरिया र मानबहादुर राउटेलाई सिफारिस गरेको हो । एमालेले जनजाति महासंघका अध्यक्ष पासाङ्ग शेर्पा, महेश चौधरी, सुशीलचन्द्र अमात्य, भगवती चौधरी र शीला कतिलाको नाम सिफारिस गरेको छ । पासाङ्ग छुटेको जनजाति अन्तर्गत पर्ने तोक्मे गोला समुदायका हुन् । यसैगरी मधेशी जनअधिकार फोरमले भूपेन्द्र चौधरी र मोहम्मद इकवाल, तमलोपाले अध्यक्ष महन्थ ठाकुर, मालेले उद्योगपति राजेन्द्र खेतान, मजदुर किसान पार्टीले जग्यबहादुर शाहीको नाम सिफारिस गरेको छ । संविधान सभा निर्वाचनमा प्रत्यक्ष सिटमा हारेका व्यक्तिहरुलाई समेत दलहरुले मनोनयनकालागि सिफारिस गरेका छन् । मन्त्री गुप्तासमेत पराजित मध्येका एक हुन् । उनी रुपन्देही- ६ बाट पराजित भएका थिए । यसैगरी तमलोपा अध्यक्ष ठाकुरपनि सर्लाही- ६ बाट पराजित भएका थिए । जनताको प्रत्यक्ष मतबाट अस्वीकृत भएकाहरुलाई यसरी दलहरुले संविधान सभामा मनोनित गरेर दलहरु आलोचित बनेका छन् । दलहरुको समानुपातिक लिष्टमा रहेका तर संविधान सभामा चयन नभएकाहरुपनि हारेको भन्ने अर्थ लाग्छ । तर समानुपातिक चुनावबाट हारेकाहरुलाईसमेत दलहरुले संविधान सभामा पुन: मनोनयनको सिफारिस गरेका छन् । समानुपातिक सूचीमा रहेपनि यसअघि दलहरुले मनोनयन नगरेका तर अहिले २६ जनामा पारिएकामा माओवादीका कपिल लामा, कांग्रेसका राधेश्याम अधिकारी, एमालेका पासाङ्ग शेर्पा, महेश चौधरी, शिला कतिला र सुशीलचन्द्र अमात्य छन् । छुटेका सबै जाति-जनजातिलाई संविधान सभामा प्रतिनिधित्व नगराइएसम्म संविधान सभामा नजाने सार्वजनिक अडान लिएका आदिवासी-जनजाति महासंघका अध्यक्ष पासाङ्ग शेर्पालाई एमालेले उनको नाम सिफारिस गरिसकेपछि कुनै प्रतिकृया जनाएका छैनन् । संविधान सभामा एमालेले कम सिट जितेकाले मनोनित सिटमा पार्ने आन्तरिक सहमति अनुसार उनले त्यसबेला आफ्नो नाम हटाएको चर्चा त्यतिबेलै परेको थियो । तर उनले यो कुरा अश्वीकार गरेका थिए । संविधान सभा निर्वाचनमा छुटेका नागरिक समाजका विशिष्ठ व्यक्ति र विभिन्न आदिवासी-जनजातिलाई २६ जनाको कोटामा पार्ने प्रावधान भएपनि सोको पालना हुन सकेन । छुटेका २८ आदिवास-जनजातिमध्ये ५ वटा आदिवासी-जनजाति तोक्मेगोला, पहरी, बराम, राउटे र ताजपुरिया मात्र मनोनयनमा परेका छन् । अन्य २३ वटा आदिवासी-जनजाति समुदायको अब संविधान सभामा प्रतिनिधित्व नहुने भएको छ । -Sharmila Thapa in Kathmandu |
||
|
|
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®