|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
राष्ट्रपतिको लागि दोस्रो मतदान
सम्पन्न, ५ सय ९० मत खस्यो![]() Prime Minister Girijaprasad Koirala casting his vote for President. Photos: Santa काठमाडौं, July 21, 2008- नेपालका प्रथम राष्ट्रपतिको लागि भएको दोस्रो मतदान कार्य सकिएको छ । साउन ४ गतेको निर्वाचनमा कुनै पनि उम्मेदवारले २ सय ९८ मत ल्याउन नसकेपछि आज पुन: मतदान भएको हो। ![]() Prachanda casting his vote for President. Photos: Santa |
|
|
गणतान्त्रिक नेपालको राष्ट्रपति बन्नको लागि रामराजा प्रसाद सिंह र डा.
रामवरण यादव प्रतिस्प्रर्धामा उत्रेका छन् । आज भएको निर्वाचनमा ५ सय ९० मत
खसेको छ । ४ सभासद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भने आज पनि मतदान गरेनन् । नेकपा माओवादी २ सय २६, तराई मधेश लोकतान्त्रिक पार्टी २१, सद्भावना पार्टी ९, जनमोर्चा नेपाल ७, राष्ट्रिय जनमुक्ति पार्टी २, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च २, नेपाली जनता दल २, दलित जनजाति पार्टी १ लगायतले सिंहलाई मत दिएको प्रारम्भिक अनुमान गरिएको छ । यादवको पक्षमा काँग्रेस १ सय १३, एमाले १ सय ८, फोरम ५२, राप्रपा ८, माले ९, नेमकिपा ५, नेकपा संयुक्त ५, जनशक्ति ३, राष्ट्रिय जनमोर्चा ४, नेकपा एकिकृत २ लगायतको मत खसेको बताइएको छ । गोप्य मतदान भएकाले अझै को विजय हुन्छ भन्ने कुरा अनिश्चित रहेको छ । सदर र बदर मत जोड्दा अस्तिको निर्वाचनमा यादवले २ सय ९० र सिंहले २ सय ८८ मत पाएको बताइएको थियो । आज १ बजेदेखि मतगणना शुरु हुने र ३ बजे सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत मनोहरप्रसाद भट्टराईले ३ बजे संविधान सभा अध्यक्ष कुलबहादुर गुरुङ्गलाई निर्वाचन परिणाम बुझाउने कार्यक्रम रहेको छ । नेपालको प्रथम राष्ट्रपतिमा विजयी को हुन्छ भन्ने कुरा थाहा पाउन भने ४ बजे बस्ने संविधान सभाको वैठक पर्खनै पर्ने छ । -Santa Bagam in Kathmandu ![]() Dr. Rambaran Yadav ![]() Ramrajaprasad Singh. Photos: Santa |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||