Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

चिनिया जेलमा मृत्युदण्ड सजाय पाएका ३ माओवादी कार्यकर्ताहरु

काठमाडौं,  June 14, 2008- नेपालमा माओवादी सत्तामा जानै लागेका बेला छिमेकी माओको देश चिनिया जेलमा तीनजना माओवादी कार्यकर्ताहरु मृत्युदण्ड र जीवनको दोसाँधमा बाँचिरहेका छन् ।

उनीहरुलाई जेलमुक्त गराउनेतर्फ न सत्तारुढ हुन लागेको माओवादीको ध्यान गएको छ न त नेपाली माओवादीसँग गहिरो सम्बन्ध राख्न खोजेको चिनिया सरकारको नै । सरकार र माओवादीबीच यसअघि नै उनीहरुलाई चिनिया जेलबाट मुक्त गराउन पहल गर्ने समझदारी भएपनि त्यसको कार्यान्वयनतर्फ दुबै पक्षले ध्यान दिएका छैनन् ।

दोश्रो वार्ता भङ्ग भै माओवादीविरुद्ध संकटकाल लागेपछि चारजना माओवादी कार्यकर्ताहरु सीमावर्ति चिनिया बजार खासा तिब्बत मा पक्राउ परेका थिए । माओवादीकालागि हतियार तस्करीको आरोपमा उनीहरुलाई तिब्बति प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये दुईजनालाई चिनिया सरकारले मृत्युदण्डको सजाय सुनाएको थियो । बाँकी दुईमध्ये एकजना गत साल तिब्बति जेलबाट रिहा भैसकेका छन् भने एकजना एक वर्षभित्रै छुट्नेछन् ।


माओवादी कार्यकर्ता पक्राउ परेको खासा बजार, मृत्यदण्डको सजायँ पाएका हीरालाल श्रेष्ठ 'आनन्द' र उनले परिवारलाई लेखेको चिठी

पक्राउ परेकामा सिन्धुपाल्चोकको टौथली गाविसका माओवादी कार्यकर्ता हिरालाल श्रेष्ठ 'आनन्द' सहित सिन्धुपाल्चोक मार्मिङका दाबा स्याङ्वो तामाङ्ग, स्याङ्गा तामाङ्ग र ग्याल्जेन तामाङ्ग थिए । २०६० कार्तिक ७ गते खासा बजारमा काम गर्ने नेपाली भरियाहरुको सूचनाको आधारमा उनीहरुलाई तिब्बति प्रहरीले पक्राउ गरेको थियो । भरियाहरुको पक्राउपछि प्रहरीले सर्वप्रथम स्याङ्गा र दाबालाई पक्राउ गरी त्यसपछि यी दुईको सहयोगमा हीरालाल र ग्याल्जेनलाई पक्रेको थियो ।

पक्राउपछि हीरालालको साथमा रहेको पिस्तोलका आधारमा उनीहरु हतियार तस्करीमा संलग्न भन्दै मृत्युदण्ड सजाय सुनाइएको थियो । जानकारी अनुसार सिन्धुपाल्चोक माओवादीका बरिष्ठ नेता हीरालालले आफ्नो सुरक्षाकालागि त्यो हतियार बोकेका थिए । पक्राउ परेको केही दिनमै मृत्युदण्डको सजाय दिने सजाय सुनाइएपनि मृत्युदण्ड भने दुई वर्षपछि दिने भनिएको थियो । अर्का माओवादी कार्यकर्ता ग्याल्जेनलाई भने सुरुमै आजिवन कारावासको सजाय तोकिएको थियो । पक्राउ परेका चारैजनालाई मुद्धा नछिनिउन्जेल सिगात्से जिल्ला जेलमा राखिएको थियो।


Khasa Bazaar, Tibet, China

हीरालालमाथि मृत्युदण्डको सजाय सुनाइपछि त्यसको सर्बत्र विरोध भयो । एम्नेष्टी इन्टरनेशनलले त्यो निर्णयका विरुद्ध काठमाडौंमा जुलुश प्रदर्शन गर्यो भने माओवादीले उनलाई मृत्युदण्ड नदिन आफ्ना श्रोतहरुमार्फत् अनुरोध गर्यो । नेपाल सैद्धान्तिक रुपले मृत्युदण्डको विपक्षमा भएकाले त्यसबेला शाही सरकार नै भएपनि आफ्ना नागरिकलाई मृत्युदण्ड नदिन आग्रह गर्यो । यसरी चौतर्फी दबाबका कारण चिनिया सरकार आफ्नो निर्णय हल्का रुपले बदल्न बाध्य भयो।

जानकारी अनुसार यसरी सबैतिरबाट दबाब परेपछि मृत्युदण्डको सजाय पाएका हीरालालको बानी व्यवहार जेलमा बस्दा राम्रो देखिएमा मृत्युदण्डसम्बन्धी निर्णय पुनर्विचार गरिने निर्णय चीन सरकारले गरेको थियो । नेपालमा राजनीतिक परिवर्तनपछि चीन सरकारले उनको बानी-व्यवहारमा सुधार भएको जनाउँदै मृत्युदण्डको सजाय स्थगित गरेर आजिवन कारावासको सजायमा बदलेको छ । चिनिया कानुन अनुसार आजिवन कारावासको सजाय २१ वर्षको हुन्छ । ग्याल्जेनको आजिवन कारावासको सजायपनि यथावतै छ ।


गत साल रिहा भएका दावा स्याङ्वो तामाङ्गलाई नेपाली अधिकारीलाई बुझाउँदा चिनिया अधिकारीले दिएको पत्र

सजाय सुनाइएछि चारै जना माओवादी कार्यकर्तालाई सिगात्से जेलबाट ल्हासा जेलमा स्थानान्तरण गरिएको थियो । पक्राउ परेका ४ मध्ये दाबा स्याङ्बो गतसाल असार १२ गते रिहा भैसकेका छन् । चिनिया प्रहरीले उनलाई तातोपानीस्थित नेपाली भन्सार कार्यालयमा ल्याई नेपाली अधिकारीहरुलाई हस्तान्तरण गरेको थियो । सीमावर्ति जिल्लाका नेपालीलाई खासासम्म आवत-जावतको सुविधा छ । तर दाबालाई ३ वर्षसम्म आफ्नो भूभागमा प्रवेश गर्न चीन सरकारले रोक लगाएको छ । उनी हाल गाउँमै माओवादी राजनीतिमा संलग्न छन् ।

तर मृत्युदण्डलाई आजिवन कारावासमा परिणत गरिएका हीरालालसहित अन्य दुईलाई रिहा गराउने तर्फ सरकार र माओवादी दुबैले यथोचित पहल गरेका छैनन् । सरकारले उनीहरुलाई रिहा गराउन पहल गर्न चिनिया सरकारसँग पत्राचार गर्ने सम्झौता माओवादीसँग गरेको थियो । तर नत सरकारले यस्तो पत्राचार गर्यो न त माओवादीले नै पत्राचारकालागि सरकारलाई थप दबाब दियो । तिब्बति जेलमा रहेपनि माओवादीले पछिल्लो समय उनीहरुसँग नियमित सम्पर्क भने राखेको छ । अहिलेपनि विभिन्न श्रोतहरुमार्फत् माओवादीले जेलमा रहेका उनीहरुकालागि आवस्यक पर्ने खर्च पठाउने गरेको छ।

गत साल सिन्धुपाल्चोकका माओवादी कार्यकर्ता भीमप्रसाद पराजुली 'रदीप' जेलमा रहेका माओवादी कार्यकर्तालाई भेट्न पार्टीको तर्फबाट ल्हासा पुगेका थिए । उनका अनुसार पार्टीले राजनीतिक पहल गर्ने हो भने अहिले नै उनीहरुलाई जेलबाट रिहा गर्न सकिन्छ । उनले भने- 'सरकारी स्तरमा प्रयास हुनुपर्दो रहेछ, पार्टीले प्रयत्न गर्ने र सरकारले चिठी लेख्ने हो भने उहाँहरुलाई छुटाउन कुनै अप्ठेरो छैन, सायद हाम्रो सरकार बनेपछि यो काम होला ।'

Photos contributed: Sharmila

-Sharmila Thapa in Kathmandu

तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®