|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
एमाले नेता केपी शर्मा ओलीलाई पराजित गर्ने माओवादी बिद्रोही ! बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, April 15, 2008-पार्टी निर्णयलाई चुनौति दिदै आफ्नो उम्मेदवारीलाई जारी राखेका माओवादीका तीन उम्मेदवारले जित हासिल गरेका छन् । माओवादीले जनमोर्चासँग तालमेलकालागि छाडिदिएको झापा- ७, सिन्धुली- ३ र काभ्रे- १ मा माओवादीकै उम्मेदवार विजयी भएका छन् । तालमेलको घोषणा भएपनि उम्मेदवारी फिर्ता लिने समय सकिएकाले उनीहरुको उम्मेदवारी रद्द भएको थिएन। झापा- ७ मा माओवादीले जनमोर्चाका युक्त भेटवाललाई छाडेको थियो । तर त्यहाँ एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीलाई पराजित गर्दै माओवादीका विश्वदीप लिङ्देनले विजय हासिल गरे भने सिन्धुली- ३ मा जनमोर्चाका लिलामणि पोखरेललाई छाडेपनि पोखरेल र पार्टी निर्णयलाई चुनौति दिदै आफ्नो प्रचार अभियान जारी राखेकी माओवादीकी निरु दर्लामी कुँवरले चुनाव जितिन् । पार्टी निर्णय अवज्ञा गरेको भन्दै माओवादीले उनलाई निलम्बनसमेत गरेको थियो । १० वर्षे जनयुद्धका दौरान उनले पति र छोरी गुमाएका थिइन् । उनका पति एबं माओवादीका केन्द्रीय सदस्य शेरमान कुँवरलाई सेनाले ०६१ भदौमा सिरहामा हत्या गरेको थियो भने १३ वर्षे नावालग छोरीलाईपनि सेनाले माइतिघरमै गई हत्या गरेको थियो । यसैगरी काभ्रे- १ मापनि माओवादीले जनमोर्चाका कमानिसंह लामालाई छोडिदिएको थियो । त्यहाँ माओवादीको तामाङ्ग राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष सूर्यमान दोङ्ग उम्मेदवार थिए । पार्टी केन्द्रले गरेको तालमेलको निर्णयलाई दोङ्गलेपनि अस्वीकार गरे । दोङ्गलेपनि आफ्ना प्रतिद्धन्दीलाई दोब्बरभन्दा बढि मतको अन्तरले पराजित गरी विजयको माला पहिर्याएका छन् । -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®