|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
कमरेड, देश, सत्ता सबै बाँडिचुँडि खाने? काम
चाँही के नी? तीन जना उपप्रधानमन्त्रीहरुको व्यवस्था हुने काठमाडौं, August 30, 2008- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनको विषयमा विभिन्न राजनीतिक दलहरुसँग भदौ १४ गते छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले, तराई मधेश लोकतान्त्रिक पार्टी, नेकपा एकता केन्द्र, सद्भावना पार्टी, नेकपा माले र दलित जनजाति पार्टीका नेताहरुसँग अलग-अलग भेटवार्ता गरे । प्रचण्ड मन्त्री मण्डलमा तीन जना उपप्रधानमन्त्रीहरुको व्यवस्था हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी तथा एमालेबीच यससम्बन्धी सहमति भएपछि आइतबार दुई जना उपप्रधानमन्त्री र विस्तारित मन्त्री मण्डलका सदस्यहरुले शपथ ग्रहण गर्ने भएका छन् । आज भएको सहमति अनुसार अर्थमन्त्री डा. बाबुराम भट्टराई र परराष्ट्रमन्त्री उपेन्द्र यादव उपप्रधानमन्त्रीमा बढुवा हुनेछन् भने गृहमन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्ने गरी एमालेको तर्फबाट सरकारको नेतृत्व गर्ने बामदेव गौतमलाई पनि उपप्रधानमन्त्री बनाइने भएको छ। उपप्रधानमन्त्रीको मर्यादाक्रममा भने बामदेव गौतम नै सबैभन्दा अगाडि हुनेछन् । त्यसपछिको मर्यादाक्रममा डा. भट्टराई हुनेछन् । उपप्रधानमन्त्रीको रुपमा यादवको मर्यादाक्रम भने तेश्रो हुनेछ । मर्यादाक्रमसम्बन्धी विवादकाकारण अघिल्लो हप्ता एमाले सरकारमा सामेल भएको थिएन । एउटै सरकारमा यति धेरै उपप्रधानमन्त्री हुन लागेको यो पहिलो पटक हो । यसअघि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुँदा उनले एमाले नेता केपी ओली तथा जनमोर्चा अध्यक्ष अमिक शेरचनलाई एकै समय उपप्रधानमन्त्री बनाएका थिए । यसैगरी राजा ज्ञानेन्द्र मन्त्री परिषद्को अध्यक्ष भएका बेला डा. तुलसी गिरी र कीर्तिनिधि बिष्ट गरी दुई जना उपाध्यक्ष थिए । ओली र अमिक शेरचनबीचको मर्यादाक्रम नतोकिएका कारण सँधै विवाद रहिरह्यो । शाही शासनकालमा भने डा. गिरीलाई मर्यादाक्रममा अगाडि राखिएको थियो । भोलि शपथ ग्रहण गराइने मन्त्रीहरुको नाम सबै दलहरुले आजै बेलुकीसम्ममा तय गर्ने र घोषणा गरिने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले सरकारमा सामेल हुन शनिवार तराई मधेश लोकतान्त्रिक पार्टी, तमलोपा र नेपाल सद्भावना पार्टीका अध्यक्ष क्रमश: महन्थ ठाकुर र राजेन्द्र महतोसँग कुराकानी गरेका छन् । कुराकानीका क्रममा ठाकुरले आफ्नो पार्टी सरकारमा नजाने अडान दोहोर्याएका छन् । सद्भावना भने सरकारमा जाने बताइएको छ । हालसम्म सरकारमा जानेमा माओवादी, एमाले, फोरमका अलवा, जनमोर्चा, माले, संयुक्त लगायतका दलहरु देखिएका छन् । एकता केन्द्रका महासचिव नारायणकाजी श्रेष्ठले यस पटक पनि आफ्नो पार्टीले जनसंख्या तथा स्वाथ्य मन्त्रालय पाउने पक्का भएको बताए । आफनो पार्टीले सरकारमा पठाउने क्याबिनेट मन्त्री र राज्य मन्त्रीको सपथ पनि भोलि नै हुने महसचिव प्रकाशको दाबी थियो । |
|
|
मन्त्री मण्डलमा पर्नेहरु र बढुवा हुनेहरुको शपथ ग्रहण भोलि राष्ट्रपति भवनमा हुने भएपनि परराष्ट्रमन्त्री उपेन्द्र यादवलाई भने सोमबारपछिमात्र शपथ ग्रहण गराइनेछ । उनी 'बिमस्टेक' (Bangladesh, India, Myanmar, Sri Lanka, Thailand Economic Cooperation (BIMST-EC) को बैठकमा भाग लिन नयाँ दिल्लीमा छन् । उनी सोमबारमात्र आइपुग्ने भएको बताइएको छ । -Sitaram Baral and Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||