|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
३७ सिट जितेर प्रधानमन्त्री खाने कांग्रेसी दाऊ काठमाडौं, April 28, 2008-सरकारको नेतृत्व गर्न लागेको नेकपा माओवादीलाई सत्तारुढ हुनबाट रोक्न नेपाली कांग्रेसले एकपछि अर्को शर्त तेस्र्याउन थालेको छ । कांग्रेस उपसभापति गोपालमान श्रेष्ठले माओवादीको नेतृत्वमा सरकार बन्ने हो भने माओवादीका हतियार सार्वजनिक रुपमा नष्ट वा सरकारलाई बुझाउने प्रकृया पूरा हुनुपर्ने शर्त राखेका छन् । श्रेष्ठले भनेका छन्- 'नयां सरकार बन्नुअघि माओवादीले हतियार नष्ट गर्नुपर्छ वा सरकारलाई बुझाउनुपर्छ । माओवादी सेनाबारे तत्काल टुंगो लगाउनुपर्छ । यो शर्त माओवादीले पुरा गरेपछिमात्र नयां सरकारका गठनबारे छलफल अघि बढ्न सक्छ ।' उपसभापति श्रेष्ठले माओवादी अध्यक्ष प्रचण्ड जनमुक्ति सेनाको सर्बोच्च कमाण्डर रहेकालेपनि उनलाई नयाँ सरकारको नेतृत्व दिनु नहुने तर्क गरेका छन् । 'गिरिजाप्रसाद कोइरालाले सरकारबाट हट्नुपर्ने कुनै कारण छैन' रिपोटस्र क्लबद्धारा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने- 'प्रचण्ड प्रमुखलाई सत्ता हस्तान्तरण गरेर मुलुक बर्बाद बनाउने पक्षमा कांग्रेस छैन । मुलुकलाई बेलुन बनाएर आकाशमा छाडिदिनेजस्तो कुरा भइरहेको छ । संविधानत प्रधानमन्त्री हटाउन दुई तिहाई मत आवश्यक पर्छ । सक्छ भने माओवादीले दुई तिहाई बहुमत पुर्याएर गिरिजाबाबुलाई हटावस् ।' कार्यक्रममा उपस्थित माओवादी केन्द्रीय सदस्य एबं संविधान सभासद जर्नादन शर्मा 'प्रभाकर' भने जनसेनाको हतियार नष्ट नगर्ने जवाफ फर्काए । 'संविधानमा सेना समायोजन कसरी गर्ने भन्ने कुरा स्पष्ट लेखिएको छ, सेना समायोजन सोही बमोजिम हुन्छ, हतियार नष्ट गर्ने कुरा आउन्न' माओवादी जनसेनाको डेपुटी कमाण्डरसमेत रहेका प्रभाकरले प्रश्न गरे- 'जनसेनाको हतियार नष्ट गर्ने या बुझाउने कुरा कुन संविधानको कुन चैं धारामा लेखिएको छ ? 'गिरिजाप्रसाद कोइरालालाई नयाँ सरकार बनाउने र नयाँ संविधान बनाउने कार्यको नेतृत्व गर्न जनताले म्याण्डेट दिएका छैनन्' प्रभाकरले भने- 'जनताले माओवादीको नेतृत्वमा सबैलाई सहमतिमा ल्याई संविधान बनाउन जिम्मेवारी दिएका छन् नैतिकता छ भने प्रधानमन्त्री कोइरालाले विधिसम्मत ढंगले माओवादीलाई सरकार प्रमुखको पद हस्तान्तरण गर्नुपर्छ ।' जनसेनाको कमाण्डरकै रुपमा प्रचण्ड सरकारको नेतृत्वमा पुग्ने बताउँदै प्रभाकरले भने- 'कमाण्डरकै रुपमा सरकारमा प्रवेश गर्दा सेना समायोजन कार्य सहज हुनेछ ।' जनताले माओवादीलाई ठूलो दलका रुपमा स्थापित गरिदिएकाले नयाँ सरकारको नेतृत्व माओवादीले नै गर्न पाउने एमाले केन्द्रीय सदस्य शंकर पोखरेलको भनाई छ । 'माओवादीलाई जनताले परीक्षण गर्न खोजेका छन् उसलाई त्यो अवसरबाट बन्चित गर्नुहुन्न' पोखरेलले भने- 'माओवादी सरकारमा जानुअघि प्रधानमन्त्री हटाउन दुई तिहाई मत आवश्यक पर्ने संवैधानिक व्यवस्था संशोधन गरिनुपर्छ ।' पोखरेलले सहमति र सहकार्यका लागि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको जिम्मेवारी अलग- अलग दललाई िदंदा राम्रो हुने बताए । नेकपा माले का महासचिव सीपी मैनालीलेपनि समन्वय र सहमति जारी रहनुपर्ने बताउँदै जनताले म्याण्डेट दिएका दलहरु सबैको सरकारमा सहभागिता रहनुपर्ने बताएका छन् । 'कुनै दलले सरकार छाड्न खोज्छ भने त्यो सहमति विपरित हुन्छ' उनले भने- 'फोरम, तमलोपा, सदभावना पार्टी लगायतका नयां शक्तिलाई पनि सरकारमा सहभागी गराएर अघि बढेमा मात्र अगाडिका चुनौतिहरु सामनागर्न सकिन्छ । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®