|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
भारतका दुई कार्यक्रम राजा र माओवादी कै बिषयमा
केन्द्रित राजा ज्ञानेन्द्रका साथ मानार्थ एडिसी िसंह King Gyanendra and ADC Bharat Keshar Singh. Photo contributed: Sirab काठमाडौं, April 27, 2008-नेपालको परिवर्तित राजनीतिक स्थितिबारे छिमेकी भारतमा एकाएक चासो बढेको छ । नेपाली माओवादीलाई हेर्ने सवालमा फरक-फरक दृष्टिकोण राख्ने भारतका दुई पक्षले अप्रिल २६ मा दुई भिन्दाभिन्दै कार्यक्रम राखेका छन् । माओवादीप्रति अपेक्षाकृत नरम दृष्टिकोण अपनाउन थालेको कांग्रेस आई नेतृत्वको सरकारले आयोजना गरेको सेमिनार भारत विहार राज्यको पटनामा शनिवार सुरु भएको छ । उता उत्तर प्रदेशको बलरामपुरमा हिन्दू महासम्मेलन सुरु भएको छ। माओवादी सहितको नयाँ नेपाललाई हेर्ने सवालमा नयाँ दृष्टिकोण बनाउन आयोजना गरिएको दुई दिने सेमिनार शनिवारदेखि सुरु भएको हो । पटनामा भएको सेमिनारमा माओवादी विदेश विभाग प्रमुख सीपी गजुरेल, आवास तथा भौतिक योजना मन्त्री एबं माओवादी केन्द्रीय सदस्य हिसिला यमीले भाग लिइरहेका छन् भने बलरामपुरको महासम्मेलनमा राजाका मानार्थ एडिसी भरतकेशर िसंह सहभागी छन् । हिन्दू महासम्मेलनमा नेपालमा माओवादीले जितेपछि हिन्दू राज्य र राजतन्त्र रहने-नरहने हो भन्ने बारेमा सहभागीहरुले चिन्ता जनाएका छन् । महासम्मेलनका सहभागीहरुले नेपालमा माओवादी सत्तारुढ हुनु र माओवादीको नेतृत्वमा नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनु भारत तथा नेपाल दुवैकालागि चुनौतिको विषय हुने बताएका छन् । विश्व हिन्दु महासंघको सो सम्मेलनमा मानार्थ एडिसी भरतकेशर िसंहले निलम्बित राजा ज्ञानेन्द्रको सन्देश पढेर सुनाएका थिए । िसंह विश्व हिन्दू महासंघका अध्यक्षपनि हुन् । माघ १९ को कदम चाल्न राजालाई सल्लाह दिनेमध्येका उनीपनि एक हुन् । भारत सरकारको आयोजनामा पटनामा भएको सम्मेलनमा भने माओवादीका अलवा नेका, एमाले लगायतका राजनीतिक पार्टीका नेताहरु, बुद्धिजीवीहरु, पत्रकारहरु र कानूनविदहरु सहभागी छन् । नयाँ परिस्थितिमा नेपालप्रतिको नीतिमा पुनरावलोकन गर्न भारत सरकारले सो सेमिनारको आयोजना गरेको हो । संविधान सभा चुनावमा सबैभन्दा ठूलो दलको रुपमा उदाएको माओवादीले गठन गर्ने सरकारलाई सहयोग गर्ने बचन भारत सरकारले यसअघि नै दिइसकेको छ । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®