Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

दुई सेना मिलाउने कुरा अनेक


सैन्यविद् डा. इन्द्रजीत राई Dr. Indrajit Rai. Photo: Sitaram

काठमाडौं,  June 14, 2008-
सेना समायोजन लगायतका गम्भीर सैन्य मामिलामा संविधान सभामा रहेका राजनीतिक नेताहरु र सैन्यविद्हरुले अन्तरकृया गरेका छन् ।

सहभागी नेताहरुले एउटा मुलुकमा दुई सेना हुन नसक्ने बताउँदै सहमतिका आधारमा माओवादी जनमुक्ति सेना र नेपाली सेना मिलाएर छिटोभन्दा छिटो राष्ट्रिय सेना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा बोल्दै माओवादी सचिवालय सदस्य एबं जनमुक्ति सेनाका डेपुटी कमाण्डर बर्षमान पुन 'अनन्त' ले भोलिको संघीय संरचना सुहाउँदो हुनेगरी सेना समायोजन गर्नुपर्ने बताए । नेपाली सेनाका अलवा जनमुक्ति सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी हाल राज्यसँग ५ वटा सुरक्षा निकाय रहेको बताउँदै माओवादी नेता अनन्तले भने- 'भोलि संघीय संरचनामा जाँदा कतिवटा सुरक्षा बल चाहिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ र त्यसै अनुसार समायोजन प्रकृया अघि बढाइनुपर्छ ।'

उनले नेपाली सेना र जनमुक्ति सेना- दुबै सेनाको हैसियत समान रहेको बताए । 'अन्तरिम संविधान र बिस्तृत शान्ति सम्झौताले दुबै सेनालाई समान मान्यता दिएको छ' संविधान सभा सदस्यसमेत रहेका अनन्तले भने- 'अस्वस्थ र अयोग्य सैनिकहरु दुबैतर्फ हुन सक्छन्, समायोजन गर्दा जनमुक्ति सेना र नेपाली सेना दुबैतिरका अयोग्यहरुको भविष्यको बारेमापनि टुङ्गो लगाइनुपर्छ ।' अनन्तले जनमुक्ति सेनामा मात्र अयोग्य लडाकू छन् भनेर भ्रम पार्न खोजिएको बताउँदै यस्तो एकांकी र पूर्वाग्रही सोच त्याग्न अन्य दलका नेताहरुसँग आग्रह गरे ।

उनी भन्दा अगाडिका बक्ता नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं संविधान सभा सदस्य डा. प्रकाशशरण महतले माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्दा समायोजन हुन चाहनेहरु योग्य हुनुपर्ने, समायोजन हुन नचाहनेलाई देशभित्र वा देश बाहिर रोजगारीको व्यवस्था गर्नुपर्नेलगायतका बिकल्प रहेको बताएका थिए । एमालेका केन्द्रीय सदस्य भीम रावलको भनाईपनि यस्तै थियो ।

डेपुटी कमाण्डर 'अनन्त' ले भने जनमुक्ति सेनाका लडाकूहरु नेपाली सेनामा समायोजन हुने नभई दुबै सेनालाई समायोजन गरी नयाँ राष्ट्रिय सेना बनाइनुपर्ने माओवादीको अडान रहेको बताए । 'नेपाली सेनामा लोकतान्त्रिकरण जरुरी छ भने जनमुक्ति सेनालाई व्यवसायिककरण गर्नु जरुरी छ । यी काम सम्पन्न भएपछि दुई सेनालाई मिलाएर नयाँ राष्ट्रिय सेना बनाउन सकिन्छ' उनले भने- 'एउटा सेनालाई अर्को सेनामा मिलाउने भन्ने बुझियो भने समस्या उत्पन्न हुन्छ ।'

वर्तमान राजनीतिक गतिरोधको एक प्रमुख विषय सेना समायोजनपनि रहेको छ । नेपाली कांग्रेसले जनमुक्ति सेना विघटन गर्नुपर्ने, माओवादीका हतियार नष्ट गर्नुपर्ने वा राज्यलाई बुझाउनुपर्ने शर्त राखेको छ । माओवादीले कांग्रेसका यी शर्तहरु बिस्तृत शान्ति सम्झौता विपरित रहेको बताएको छ । तर जनमुक्ति सेना विघटन गर्ने मागबाट कांग्रेस पछि सरेको संकेत डा. महतले दिएका छन् । सो कार्यक्रममा महतले भने- 'समायोजनको बिकल्प हामीलेपनि बन्द गरेका छैनौं तर समायोजनमा जान चाहनेको योग्यता र क्षमता जाँचिनुपर्छ, जनमुक्ति सेना भनेकै आधारमा सबैलाई नेपाली सेनामा मिसाउन पाइन्न ।'

एमालेले संविधान सभा चुनाव अगाडि नै दुई सेनाको समायोजन चाहेको एमालेका केन्द्रीय सदस्य एबं सभासद् भीम रावलले बताए । नेपाली कांग्रेसका कारण संविधान सभा चुनाव अगाडि सेना समायोजन सम्भव नभएको रावलको भनाई थियो । माओवादी सरकारमा आइसकेपछि र संविधान सभामा सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएपछि जनमुक्ति सेना बिद्रोही सेनाको रुपमा नरहेको उनले बताए । 'यति हुँदाहुँदैपनि देशमा दुई सेना छन्, यो स्थिति लामो समयसम्म राख्नु हुँदैन' रावलले भने- 'समायोजन कसरी गर्ने भन्ने नीतिगत निर्णय तुरुन्तै गर्नुपर्छ र सोही अनुसार समायोजन प्रकृया अघि बढाउनुपर्छ ।'

राष्ट्रिय जनशक्ति पार्टीका सह अध्यक्षँ डा. प्रकाशचन्द्र लोहनीले माओवादी, कांग्रेस, एमाले र नेपाली सेनाले सेना समायोजनको फरक फरक परिभाषा रहेकाले समस्या उत्पन्न भएको बताए । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सेना समायोजन सहमतिका आधारमा हुनुपर्ने बताउँदै जनमुक्ति सेनाका योद्धाहरु स्वतन्त्रता सेनानी भएको बताए । 'उनीहरुले लडेकैले गणतन्त्र सम्भव भएको हो' संविधान सभाका सदस्यसमेत रहेका ढकालले भने- 'उनीहरुपनि नेपाली नै हुन्, त्यसैले समायोजन गरिदा कसैलाईपनि काखा र कसैलाई काखा गरिनु हुँदैन ।'

लामो समयसम्म नेपाली सेनाको शिक्षालयमा अध्यापन गरेका सैन्यविद् डा. इन्द्रजीत राईपनि सो कार्यक्रममा उपस्थित थिए । सेना समायोजनकालागि यसअघि गठन भएका राजनीतिक टोली असफल भएको बताउँदै डा. राईले अब बिशेषज्ञहरुलाई राखेर कार्यदल बनाइनुपर्ने सुझाव दिए । सैन्यविद् राई हाल नेकपा माओवादी को तर्फबाट संविधान सभा सदस्य बनाइएका छन् । सेना समायोजनको विरोध गर्नेहरुप्रति लक्ष्यित गर्दै उनले भने- 'जनमुक्ति सेनाको सुप्रिम कमाण्डर प्रधानमन्त्री बन्दै हुनुहुन्छ, त्यही सेनाको सुप्रिम कमाण्डर प्रधानमन्त्री बन्न पाउने अन्य योद्धाहरु भने राष्ट्रिय सेनाको सदस्य बन्न नपाउने कुरा कसरी तर्कसंगत हुन्छ ?'

-Sitaram Baral in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®