Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

माओवादीद्धारा २ वटा अन्‍चलै र २९ जिल्लाका पुरै क्षेत्रहरुमा विजय
एमाले र कांग्रेसको 'किल्ला' यसरी तोडियो

काठमाडौं, April 16, 2008-संविधान सभा निर्वाचनमा बहुमततर्फ अग्रसर नेकपा माओवादी ले दुई अन्‍चल र २९ जिल्लाका पुरै क्षेत्रहरुमा विजय हासिल गरेको छ । यसअघिका तीन निर्वाचनमा समेत कुनै पार्टीले यसरी अन्‍चलका सबै निर्वाचन क्षेत्रमा बिजय हासिल गर्न सकेका थिएनन् ।

माओवादीले कर्णाली र राप्ती अन्‍चलका सम्पूर्ण सिटमा विजय हासिल गरेको छ । उसले कर्णालीका मुगु हुम्ला जुम्ला कालिकोट र डोल्पामा सफलता प्राप्त गरेको छ । ती जिल्लामा १-१ निर्वाचन क्षेत्र छन् । ०५६ को निर्वाचनमा कर्णाली अन्‍चलका सबै सिटमा नेकपा एमाले विजय प्रँप्त भएको थियो ।

माओवादी प्रभावित राप्ती अन्‍चलका सबै सिटहरु माओवादीको पोल्टामा गएको छ । राप्तीका दाङ्गमा ५ सल्यानमा २, रोल्पामा २ र रुकुममा २ सिट छन् । राप्ती अन्‍चललाई माओवादीको उद्गमस्थल मािनंदै आएको छ । माओवादी अध्यक्ष प्रचण्ड रोल्पा- १ बाट विजयी भएका छन् ।

६ निर्वाचन क्षेत्र भएको कैलालीमा माओवादी ६ वटै स्थानमा विजयी भएको छ भने ५ निर्वाचन क्षेत्र भएको दाङ्गमापनि माओवादीले सबै सिट जितेको छ । काठमाडौंका १० मध्ये ४ मा माओवादीले जीत हासिल गरेको छ । ७ निर्वाचन क्षेत्र भएको 'एमाले किल्ला' झापाका ५ स्थानमा विजय हासिल गर्दै माओवादीले झापालाई आफ्‍नो किल्लामा परिणत गरेको छ ।

झापामा एमालेका बरिष्ठ नेता केपी ओली र केन्द्रीय सदस्य नरेश खरेल कांग्रेस केन्द्रीय सदस्य एबं गृहमन्त्री कृष्णप्रसाद सिटौला र केस चक्र बास्तोला माओवादी उम्मेदवारसँग पराजित भएका छन् ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको गृहजिल्ला ९ स्थान भएको मोरङ्गमा माओवादीले ४ स्थानमा विजय हात पारी सबैलाई चकित पारेको छ । मधेशी जनअधिकार फोरमले पनि जिल्लाको ४ स्थानमा विजय हासिल गरेको छ । कांग्रेसको किल्ला मानिने मोरङ्गको १ मात्र नेपाली कांग्रेस विजयी भएको छ ।

माओवादी उम्मेदवार लालबहादुर मगरले एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीलाई मोरङ्ग- २ मा भारी मतान्तरले पराजित गरेका छन् भने माओवादीकै गोपीबहादुर सार्कीले मोरङ्ग ८ मा एमाले केन्द्रीय सदस्य गुरु बराललाई पराजित गरेका छन् ।

७५ जिल्लामध्ये मत परिणाम सार्वजनिक भएका २९ जिल्लाका पुरै सिट माओवादीले जितेको छ । दुई निर्वाचन क्षेत्र भएका भोजपुर धनकुटा खोटाङ्ग ओखलढुङ्गा रामेछाप दोलखा रोल्पा रुकुम सल्यान प्यूठान जाजरकोट बैतडीमा माओवादीले एकलौटी विजय हासिल गरेको छ ।

चार निर्वाचन क्षेत्र भएमध्ये बर्दियाका सबै सिटमा माओवादी उम्मेदवारहरु भारी मतले विजयी भएका छन् । यसैगरी मकवानपुरका चारैसिटमापनि माओवादी उम्मेदवार विजयी बनेका छन् । तीन निर्वाचन क्षेत्र भएका ललितपुर सिन्धुपाल्चोक र गोरखाको चुनावी परिणामपनि माओवादीको पक्षमा गएको छ ।

-Sitaram Baral in Kathmandu







































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®