|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
२८ जना मगर जातिका सभासदहरु सम्मानित 28 Magar CA Members were Honoured Read this news in English ![]() CA Member and senior Maoist leader Rambahadur Thapa Magar 'Badal' receiving tika from former MP Bamkumari Budha Magar. Photos: Smita Magar काठमाडौं, May 25, 2008-संविधान सभामा पुग्न सफल भएका २८ जना मगर सभासदहरुलाई नेपाल मगर संघ केन्द्रीय समितिले एक कार्यक्रम को आयोजना गरी सम्मान गरेको खबर प्राप्त भएको छ। उक्त सम्मान कार्यक्रम ललितपुरस्थित क्रिष्टल पार्टी प्यालेसमा भएको थियो । संविधान सभाको लागि ६ दलहरुबाट २८ जना मगर सभासदहरु संविधान सभामा पुग्न सफल भएका छन्। ![]() Magar CA Members Suresh Ale Magar (left), and Rambahadur Thapa Magar 'Badal' (right) with Jhakbahadur Thapa Magar, 2nd from right, (Chairman, Nepal Magar Association (NMA) ). संविधानसभामा सभासदको लागि प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ नेकपा माओवादीबाट ११ जना, नेपाली कांग्रेसबाट १ जना, एमालेबाट १ जना गरी १३ जना मगर सभासदहरु छन् भने समानुपातिक तर्फबाट नेकपा माओवादीले ७ जना, नेपाली कांग्रेसले ३ जना, एमालेले २ जना, जनमोर्चाले १ जना, मालेले १ जना र जनमुक्ति पार्टीले १ जना गरी जम्मा १५ जना मगर सभासद बनाएका छन् । यसरी २८ जना मगर सभासदमध्ये १५ जना पुरुष र १३ जना महिला सभासद बन्न सफल भएका छन् । जसमध्ये नेकपा माओवादीबाट मात्रै ८ जना मगर महिला सभासद बन्न सफल भएका छन् । यही दलबाटै सबैभन्दा धेरै मगर जातिका १८ जना सभासद बन्न सफल भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित सभासदहरु: १. रामबहादुर थापा 'बादल' मगर, चितवन - २ ( माओवादी) २. वर्षमान पुन मगर 'अनन्त', ललितपुर - १ ( माओवादी) ३. सुरेश आले मगर, तनहुँ - १ ( माओवादी) ४. सुदर्शन बलाल मगर, गुल्मी - १ ( माओवादी) ५. लालबहादुर सुस्लिङ मगर, मोरङ्ग - २ ( माओवादी) ६. प्रेमबहादुर पुलामी मगर, मकवानपुर - २ ( माओवादी) ७. नरबहादुर पुन मगर 'निरोज' बाग्लुङ -३ (नेपाली कांग्रेस) ८. दलबहादुर राना मगर, पाल्पा - १ (एमाले) ९. पार्वती थापा मगर श्रेष्ठ, गोरखा - १ ( माओवादी) १०. निरकुमारी दर्लामी कुँवर मगर, सिन्धुली - ३ ( माओवादी) ११. लिलाकुमारी समै मगर, पाल्पा - २ ( माओवादी) १२. जयपुरी घर्ती मगर, रोल्पा - १ ( माओवादी) १३. जुनकुमारी रोका मगर रुकम- १ ( माओवादी) ![]() CA Member Jayapuri Gharti Magar. समानुपातिक तर्फबाट १. रामबहादुर थापा मगर ( माओवादी) २. लोकेन्द्र विष्ट मगर ( माओवादी) ३. पूर्णबहादुर राना मगर ( माओवादी) ४. गमबहादुर श्रीस मगर ( माओवादी) ५. रोशन गाहा मगर (एमाले) ६. तिलकबहादुर थापा मगर (माले) ७. मालवरिसं थापा मगर (राष्ट्रिय जनमुक्ति पार्टी) ८. अमृता थापा मगर ( माओवादी) ९. ओनसरी घर्ति मगर ( माओवादी) १०. तारा घर्ती मगर ( माओवादी) ११. ललिता किङरिङ मगर (नेपाली कांग्रेस) १२. कमला थापा मगर (नेपाली कांग्रेस) १३. पार्वती थापा मगर (नेपाली कांग्रेस) १४. थममाया थापा मगर (नेपाली कांग्रेस) १५. मीना पुन मगर (जनमोर्चा नेपाल) सम्मानित सभासद तथा कार्यक्रमका केन्द्रविन्दू रामबहादुर थापा 'बादल' ले आफ्नो पार्टीको धारणा राख्दै भन्नुभयो- 'यो जीत वास्तवमा मगर जातिको मात्र नभई सम्पूर्ण आदिवासी जनजातिको पनि हो । हाम्रो मगर जातिले पुर्खौदेखि नै बलिदान दिदै आएको हुँदा यो जीतले केही हदसम्ममा आशावादी हुन पाए तापनि यो विजय आंशिक मात्र हो । पूर्ण विजय हुन त अझै बाँकी नै छन् । नयाँ विचार नयाँ नेतृत्वको लागि मगर जातिको पहिलो भूमिका आवश्यक छ । सम्पूर्ण मगर जातिले हाम्रो प्रतिनिधित्वलाई ताकेर सम्पूर्ण कुराहरु पूरा हुन्छ भनेर पनि पुग्दैन । यहाँ आम आदिवासी जनजातिहरुको त्यतिकै योगदान हुनु आवश्यक देखिन्छ।' उहाँले आफ्नो मन्तव्यमा 'हाम्रो उद्देश्य भनेको समृद्धि हो । यो हाम्रो दोस्रो अधिकार हो । हामीलाई आर्थिक, भौतिक रुपले समान अधिकार चाहिन्छ । यसमा मगर जातिको पनि समानुपातिक रुपमा समावेश हुनैपर्छ ।' उहाँले थप्नुभयो- 'म माओवादीको प्रतिनिधिको हैसियतले र मगर जातिको हैसियतले पार्टीको सिद्धान्त र उद्देश्य अनुरुप जबसम्म आदिवासी जनजातिको हकहित र अधिकार पूरा हुँदैन, त्यसबेलासम्म लडिरहने छु । सम्पूर्ण जनजातिलाई सांस्कृतिक, सामाजिक रुपमा जबसम्म सम्मान पाइँदैन तबसम्म हाम्रो आन्दोलन रोकिदैन' भन्नुभयो । अन्तमा उहाँले सांस्कृतिक क्रान्ति, सामाजिक रुपान्तरण र भाषिक विकासमा तपाई हामी निरन्तर लागिरहन पनि आग्रह गर्नुभयो । उहाँले जोड दिदै अन्त्यमा आत्मर्निण अधिकारसहित स्वायत्त राज्यको पुनसंरचनाको कल्पना गर्दै आत्मनिर्णयको अधिकार बिना मगर जातिको राजनैतिक, सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार प्रत्याभूति हुन नसक्ने कुरा स्पष्ट पार्नुभएको थियो । एमालेका दलबहादुर राना मगरले आफ्नो मन्तव्यमा भन्नुभयो- 'हाम्रो पार्टीले जातीय भाषिक लैङ्गिकलाई आत्मसात गर्दै आन्दोलन अगाडि बढाउँदै आएका छौं' भन्दै 'संविधानसभाको पहिलो बैठकबाट राजा ज्ञानेन्द्रलाई हटाउनुपर्ने हाम्रो पार्टीको मुख्य धारणा हो' भन्नुभयो । संघका अध्यक्ष झकबहादुर थापाको सभापतित्वमा भएको उक्त सम्मान कार्यक्रमको सन्चालन महासचिव वसन्त घर्ती मगरले गर्नुभएको थियो । त्यस सम्मान कार्यक्रममा उजिर मगर पत्रकार महासंघको केन्द्रीय सदस्य पदमा निर्वाचित भएकोमा उहाँलाई पनि सम्मान गरिएको थियो । मगर महिला संघकी अध्यक्ष श्याममाया पुन मगरले शुभकामना मन्तव्य राख्नुभएको थियो । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको तर्फबाट सभासदहरुलाई संविधान सभाको कलम वितरण गरिएको थियो । कार्यक्रममा मगर जातिको कौरा नाच पनि प्रस्तुत गरिएको थियो। । अन्त्यमा सभापतिबाट कार्यक्रम समापन गरिएको थियो । -Purna Suga Magar in Kathmandu ![]() Magar CA Members at the event. ![]() Ca Member Dalbahadur Thapa Magar felicitated with pheta by NMA Chairman. ![]() CA Member Narbahadur Pun Magar. ![]() CA Member MS Thapa (Malbarsingh) Magar. ![]() Magar CA Members at the event. ![]() ![]() Participants at the reception of 28 Magar CA Members in Lalitpur. Photos: Smita Magar Read this news in English |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®