Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
२४ दलद्वारा माओवादीको नेतृत्वमा सरकार बन्नु पर्नेमा जोड

काठमाडौं,  July 29, 2008- संविधान सभामा रहेका २५ मध्ये २४ दलले सबैभन्दा ठूलो दल नेकपा माओवादीको नेतृत्वमा सरकार बन्नु पर्नेमा जोड दिएका छन् ।

साउन १३ गने सिंहदरबार स्थित माओवादी संविधान सभा दलको कार्यालयमा बसेको वैठकमा नयाँ सरकार निर्माण सम्बन्धमा आ-आफ्ना पार्टीको धारणा राख्दा काँग्रेस वाहेक सबैले माओवादीलाई सरकार बनाउन दिनु पर्ने बताए ।

आफ्नोभन्दा दुई गुणा बढी सभासद रहेको माओवादीलाई सरकार बनाउन २४ दलले आग्रह गर्दा काँग्रेस भने राष्ट्रपति निर्वाचनको लागि बनेको तीन दलीय गठबन्धनलाई निरन्तरता दिएर नेतृत्वमा आफै बस्ने सुरमा देखिए । तीन दलीय गठबन्धनका नेकपा एमाले र मधेशी जनअधिकार फोरम भने राष्ट्रपति, उपराष्ट्रपति र संविधान सभा अध्यक्षको निर्वाचनसँगै गठबन्धनको औचित्य सकिएको निश्कर्षमा पुगेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका छन् ।

२५ दलको वैठक बस्नु अघि बसेको ४ दलको वैठकमा काँग्रेसले मात्रै गठबन्धनलाई निरन्तरता दिनु पर्ने तर्क गरेका थिए ।

काँग्रेस नेता डा. मिनेन्द्र रिजालले तीन दलीय गठबन्धनमा माओवादी पनि आउनु पर्ने जिकिर गरे । माओवादीलाई सर्त राखेर हैन जनताको मन जितेर सरकार गठन गर्न नेता रिजालले सुझाव दिए ।
एमाले संविधान सभा दलका उपनेता विष्णु पौडेलले भने माओवादीले सरकार गठनको स्पष्ट प्रश्ताव अघि सार्नु पर्नेमा जोड दिए । वैठकपछि संवाददाताहरुसँग फोरम अध्यक्ष उपेन्द्र यादवले भने 'माओवादी नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बन्नु पर्छ ।'

माओवादी अध्यक्ष प्रचण्डले आफूहरुले अघि सारेका तीन बुँदा सर्त नभई प्रश्ताव मात्रै रहेको वैठकमा जानकारी गराएका थिए । माओवादीको तीन बुँदे प्रश्तावमा नयाँ संविधान नबन्दासम्म सरकार गिराउन नपाउने तीन दलीय गठबन्धन टुट्नुपर्ने र निर्वाचनमा आफ्नो पार्टीले प्रस्तुत गरेको घोषणा पत्र कार्यान्वयन गर्ने वातावरण बन्नु पर्ने उल्लेख छ ।

साउन १४ गते बस्ने २५ दलको वैठकमा आफ्नो पार्टीले सरकार निर्माणको प्रश्ताव लिएर जाने माओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिएका छन् ।

-Santa Bagam in Kathmandu




   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®