|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
दलहरुको अड्कोले संबिधान सभा बैठक ११
बजेको सट्टा ३ बजे सर्यो एक जुगमा एक पटक आउने दिनमा पनि सत्ता कै लुछातानी Photo: Sitaram काठमाडौं, May 28, 2008-मन्त्री परिषद्ले मनोनयन गर्ने २६ जना सभासद चयन गर्न नसकेपछि दिउसो ३ बजेसम्मकालागि स्थगित भएको संविधानसभाको पहिलो बैठक छिटोभन्दा छिटो गर्नुपर्ने माग गणतान्त्रिक बिजयोत्सबमा सहभागी हजारौं नागरिकहरुले गरेका छन् । दलहरुबीच झगडा चर्किएपनि गणतन्त्र आजै आएर छाड्ने बताउँदै जुलुशका सहभागीहरुले 'खुसी नहो ज्ञानेन्द्र-गणतन्त्र आउनेछ, कहाँ भाग्लास् ज्ञानेन्द्र हिसाव-किताब बाँकी छ' भन्ने नारा लगाएका छन् । जनताले पारश विरोधी नारा पनि लगाएका छन् । कोटेश्वर क्षेत्रमा हजारौंको जुलुशले त्यो क्षेत्र परिक्रम गरिरहेको छ । शंखमूल क्षेत्रमा नाचगानकासाथ नागरिक समाजका अगुवाहरु धर्नामा बसेका छन् । उनीहरुले आज दिउसै गणतन्त्रको घोषणा गर्न नेताहरुलाई दबाब दिइरहेका छन् । ठूलो संख्यामा युवा, महिला, आदिवासी-जनजातिहरुले शहरभरि प्रदर्शन गरिरहेका छन् । बाजा-गाजा र अविरजात्राले पुरै राजधानी रंगिएको छ । गणतन्त्रको उपलक्ष्यमा एकले अर्कालाई बधाई साटासाट गरिरहेका छन् । संविधान सभाको पहिलो बैठक सरेपछि ३ बजे सुरु हुने बैठकको प्रतीक्षामा सारा नेपालीहरु छन् । शहरमा आयोजित जुलुशहरुको व्यवस्थापन नेपाल प्रहरी र माओवादीको योंग कम्युनिष्ट लिगले गरेका छन् । ड्रेस लगाएका वाइसीएलका कार्यकर्ताहरु प्रहरीसँगै सडकका मुख्य चोकमा बसेर जुलुशको व्यवस्थापनि गरिरहेका छन् । जुलुशहरु अनुशासित छन् । बैठक लम्ब्याएकोमा भने नेताहरुप्रति आक्रोस बढेको छ । प्रहरीहरु रातको सुरक्षाकोलागि समेत तैयारी हालतमा आएका छन् । राजधानीका अन्य क्षेत्रमापनि व्यापक मात्रामा प्रहरीको तैनाथी छ । कुनै अप्रिय घटना हुन नदिन प्रहरीले बाटामा हिंड्ने बटुवाहरुको झोलालगायतका शंकास्पद बस्तु खानतलासीसमेत लिएको छ । -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®