Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

पहिलो वैठकमा सुनिएका रुन्चे स्वर र फरक मत

काठमाडौं,  May 29, 2008-
गणतन्त्रको पक्षमा 560 र बिपक्षमा 4 मत खसेको थियो। गणतन्त्र कार्यन्वयनको औपचारिक घोषणा भईरहेको संविधानसभाको पहिलो वैठकमा केही सभासदहरुले रुन्चे स्वरमा आफ्ना अभिव्यक्ति प्रकट गरे।

राजतन्त्रको वकालत गर्दा जम्मा एक प्रतिशत मत पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सभासद चन्द्रबहादुर गुरुङ्गले राजसंस्था बचाउनु पर्ने फरक मत राखेका थिए । उनले आफ्नो फरक मत केवल रोदन मात्रै हुने कुरा बताउँदै राजतन्त्रको खुलेर वकालत गरे।

लोकतान्त्रिक शासन पद्धतिमा फरक विचारको पनि कदर गर्नु पर्ने बुझेका अन्य सभासदहरुले धैर्यतापूर्वक उनले राखेका कुरा सुनिरहेका थिए । तथापि वैठकको अध्यक्षता गरी रहेका कुलबहादुर गुरुङ्गले निर्धारित दुई मिनेटको समयावधि सकिएको जानकारी गराए पछि भने त्यहाँ हुटिङ्ग शूरु भएको थियो । राप्रपा नेपालको धारणा अध्यक्ष गुरुङ्गले लिखित रुपमा दर्ता गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सभासद प्रतिभा राणाले मुलुक धर्म निरपेक्ष हुनु पर्ने भन्दै फरक मत राखिन्‌ । राणाले हिन्दु धर्मको पक्षमा बोली रहँदासम्म मुलुक धर्मनिरपेक्ष राज्य भईसकेको थियो । राणाको पार्टीले प्रत्यक्ष तर्फ एक सीट पनि जित्न सकेको छैन ।

राष्ट्रिय जनमोर्चाका सभासद चित्रबहादुर केसीले मुलुक संघीय व्यवस्थापनमा प्रवेश गरेकोमा विरोध जनाए । नेपाल के कति कारणले संघीय शासन व्यवस्थाको लागि अयोग्य छ भन्ने कुरा केसीले खुलाउन सकेनन् । स्मरण रहोस् केसीले निर्वाचिनमा धाँधली गरेर जितेको भनेर संविधानसभा अदालतमा दर्ता गरिएको मुद्दाको फैसला अझै हुन सकेको छैन ।

राष्ट्रिय जनशक्ति पार्टीका सभासद डा. प्रकाशचन्द्र लोहनीले गणतान्त्रिक नेपालमा नेपालीको आत्मसम्मान पहिचान स्पष्ट हुनु पर्ने कुरा राखे ।

तराई मधेश लोकतान्त्रिक पार्टीका ह्दयेश त्रिपाठीले सरकारले प्रस्तुत गरेको गणतन्त्र कार्यन्वयन सम्बन्धी प्रश्तावको दुई नम्बर बुँदामा 'लोकतान्त्रिक गणतन्त्र कार्यन्वयन…' को सट्टा 'संघीय लोकतान्त्रिक गणतन्त्र कार्यन्वयन…।' राख्न माग गरे ।

मधेशी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादवले भॊटिङ्ग हुनु भन्दा केही अघि दलमा आन्तरिक छलफल गर्नु पर्ने समय राखे पनि वैठकका अध्यक्षले खासै महत्व दिएनन् ।

-Santa Bagam Magar in Kathmandu













































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®