|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
संविधानसभाका १ सय ९१ महिला सभासदका कुरा![]() 191 Nepalese Women CA members at the reception. Photos: Santa काठमाडौं, May 20, 2008-संविधानसभामा निर्वाचित १ सय ९१ महिला सभासद सम्मानीत भएका छन् । विभिन्न सिद्धान्त र राजनीतिक पृष्ठभूमिबाट आएका भए पनि सबै सभासदहरु महिला अधिकार संघीय गणतन्त्र जस्ता विषयमा भने एकमत देखिएका छन् । जेठ ६ गते राजधानीमा आयोजित सम्मान कार्यक्रममा बोल्दै नेपाली काँग्रेसबाट निर्वाचित सभासद सुप्रभा घिमिरेले भनिन् 'हामी जुनसुकै विचार र पार्टीबाट निर्देशित भएपनि महिला हक र गणतन्त्रको सवालमा एक भएर जान्छौं ।' महिला अधिकारको सन्दर्भमा सबै महिलाले सहयोग गर्नु पर्ने घिमिरेको भनाई थियो । ![]() अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष तथा सभासद जयपुरी घर्ती मगरले राज्यको हरेक निकायमा ५१ प्रतिशत महिला सहभागिता गराउनु पर्नेमा जोड दिइन् । उनले माओवादीबाट जस्तै अन्य दलबाट पनि महिलाको बढी भन्दा बढी प्रतिनिधित्वको प्रयास हुनुपर्ने धारणा राखिन् । नेकपा एमालेबाट समानुपातिकमा निर्वाचित सभासद लक्की शेर्पाले महिला भित्र पनि महिलाको अधिकार खोजिने उल्लेख गरिन् । अब महिला भनेर मात्रै पुग्दैन, दलित, जनजाति, अल्पसंख्यक, कस्तो महिला हो छुट्याउने बेला भएको शेर्पाको भनाई थियो । ![]() Mother and Daughter: Arju Deuba Rana and her mother Prativa Rana पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले चुला चौकामा समित महिलाहरुलाई राजनीतिमा आउन आग्रह गरिन् । सम्मान कार्यक्रमको आयोजना १७ वटा महिला अधिकारवादी संघसंस्थाले गरेको हो । -Santa Bagam Magar in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®