
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
पूर्वी नेपालका १७ जिल्लाहरुलाई समेटेर किरात
स्वायत्त राज्यको सिमाना घोषणा
काठमाण्डौं, November 18, 2008- किराँत राई यायोक्खाले पूर्वी नेपालका १७
वटा जिल्लाहरुलाई समेटेर किरात स्वायत्त राज्यको सिमाना घोषणा गरेको छ ।
काठमाण्डौंमा आइतबार पत्रकार सम्मेलन गरी यायोक्खाले पूर्वी नेपालको वल्लो
किराँत पल्लो किराँत र माझ किराँतलाई समेटेर किराँत स्वायत्त राज्यको
सिमाना घोषणा गरेको हो ।
यायोक्खाले अघि सारेको प्रस्तावमा पूर्वका सोलुखुम्बु, ओखलढुंगा, खोटाङ,
उदयपुर, भोजपुर, संखुवासभा, धनकुटा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम,
झापा, मोरङ, सुनसरी, सिन्धुली, रामेछाप, दोलखाका ५७० गाविस मिलाएर वृहत
स्वायत्त किराँत राज्य बनाउने उल्लेख छ ।
संविधान सभा नियमावलीले नयाँ संविधान निर्माण कार्यतालिका बनाएअनुसार संघीय
राज्यको पनि खाका कोर्दै जानुपर्ने आवश्यकतालाई जोड दिँदै किराँत राई
यायोक्खाकी अध्यक्ष सुमाया राईले भन्नुभयो 'किराँत स्वायत्त राज्यभित्र
विभिन्न संयुक्त स्वायत्त र उपराज्य हुनेछन् ।'
यायोक्खाले अघि सारेको प्रस्तावमा लिम्बुहरुको लिम्बुवान, राईहरुको
खम्बुवान स्वायत्त राज्य र याक्खा र लाप्चाहरुको रोङ उपराज्य हुने उल्लेख छ
।
त्यसैगरी शेर्पाहरुको खुम्जुङ उप स्वायत्त राज्य, सुनुवारहरुको कोइच
स्वायत्त जिल्ला र मिश्रीत बसोबास क्षेत्रलाई उदयपुरगढी स्वायत्त राज्य
घोषणा गरिने बताइएको छ ।
यायोक्खाले किराँत स्वायत्त राज्यवारे अन्तरकृया र छलफल गर्न मंसिर ६ गते
चियापान र ७ गते राजधानीमा मोटरसाइकल र्याली गर्ने जनाएको छ ।
-Khagendra Makhim in Kathmandu
|
|