Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
१५ औं सार्क शिखर सम्मेलन आउनै लाग्दा

काठमाडौं,  July 26, 2008- आगामी हप्तादेखि श्रीलङ्काको राजधानी कोलम्बोमा हुने १५ औं सार्क शिखर सम्मेलन 15th South Asian Association of Regional Co-operation (SAARC) Summit (Sri Lanka, 27 July-3 August, 2008) अगाडिसम्मपनि नयाँ सरकार नबने कामचलाउ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै नेपाली टोलीको नेतृत्व गर्ने परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले बताएका छन् । सचिव आचार्यले कामचलाऊ सरकारका प्रमुख भएपनि प्रधानमन्त्री कोइरालाले सरकार प्रमुखका रुपमा सहभागी हुन मिल्ने बताएका हुन् ।


Foreign Secretary of Nepal Gyanchandra Acharya. Photos: Sitaram

'सार्क सम्मेलनको एजेण्डा र भावी कार्यनीतिबारे खाका तयार भइसकेको छ' शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा आचार्यले भने- 'सरकार प्रमुखले हस्ताक्षर गर्ने मात्र हो ।' तत्काल सरकार नबने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सम्मेलनमा भाग लिने तय भइसकेको बताएका उनले सार्क सम्मेलनमा आर्थिक, सामाजिक विकासका विषयमा बिस्तृत छलफल हुने बताए।

सार्कले दक्षिण एशियाको क्षेत्रीय एकता बढाउन महत्वपूर्ण भूमिका निभाएको बताउँदै परराष्ट्र सचिव आचार्यले भने- 'सार्कले यस क्षेत्रका सरकार प्रमुखहरुलाई एकै थलोमा ल्याउने अवस्था मात्र बनाएको छैन विकासका लागि योजनावद्ध काम शुरु गरिसकेको छ ।' सार्क योजना शुरु गर्नेबारे यसपटक महत्वपूर्ण छलफल हुने बताए । व्यापार सम्बन्ध विकासका लागि ठोस नीति तय गर्नेबारे कुराकानी हुने उनको भनाई थियो ।
 
Indian Ambassador to Nepal Rakesh Sud.

रिपोर्टस्र क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा भारतीय राजदूत राकेश सुदपनि सहभागी थिए । राजदूत सुदले सार्क आर्थिक, सामाजिक र राजनीतिक सम्बन्ध विकासको थलो बन्दै गएको बताए । सार्कमा दक्षिण एशियाबाहिरका राष्ट्रको पनि चासो बढ्नुलाई ठूलो सफलता भएको बताउँदै सुदले भने- 'सार्कप्रति आकर्षण बढेकैले अफगानिस्तानले सदस्यता लियो, अमेरिका, चीन, युरोपेली युनीयन र जापानले पर्यवेक्षक बन्ने चाहना देखाएबमोजिम बनाइएको छ । सार्कको सफलताकै कारणले यस्तो भएको हो ।'

भारतले सार्क प्रोजेक्टका लागि १३ करोड, ८० लाख डलरको योगदान गरेको र क्षेत्रीय सम्बन्ध विस्तारका लागि रेल्वे र हवाई सेवा विस्तारमा जोड दिइएको बताउँदै सुदले लगानीको सुरक्षाका अलावा अपराध र आतंकवाद नियन्त्रणमा महत्वपूर्ण सन्धी सम्झौता हुनु उल्लेख्य पक्ष रहेको बताए । आतंकवादविरुद्ध ठोस कार्यनीति ल्याउन छलफल उठ्ने उनको भनाई थियो ।


Pakistani Ambassador to Nepal Sayed Abrar Husein

पाकिस्तानी राजदूत सइद अब्रर हुसेनले सार्कमा आर्थिक एजेण्डा प्रमुख हुने बताए । समग्र दक्षिण एशियाको आर्थिक बृद्धिका लागि बृहत योजना बनाउनेबारे छलफल हुने बताउँदै पाकिस्तानी राजदूतले आतंकवाद सबैको साझा चुनौती भएपनि पर्याप्त राजनीतिक छलफल नहुँदा त्यसविरुद्ध सफलता हासिल गर्न कठिनाई भइरहेको बताए।


Acting Bangladeshi Ambassador to Nepal Abdul Husein.

बंगलादेशका कार्यवाहक राजदूत अबुल हुसेनले आर्थिक एजेण्डालाई प्राथमिकताका साथ उठाउने गरी दीर्घकालीन कार्यक्रम बनाउनुपर्ने बताए । दक्षिण एशियाका लागि आवश्यक उर्जाको विकास गर्नेबारे छलफल केन्द्रित हुने बताउँदै कार्यबाहक राजदूत हुसेनले सामाजिक-आर्थिक विकासकालागि समग्र दक्षिण एशियाले साझा कार्यक्रम बनाउनेबारे एजेण्डा तय भएको उनको भनाई थियो ।


Sri Lankan Deputy Head of the Mission A. M. Ranabira Banda.

श्रीलंकाका डेपुटी हेड अफ मिसन ए. एम रणविरा बण्डाले सार्क सम्मेलनले क्षेत्रीय सम्बन्धलाई मजबुत बनाउने विश्वास व्यक्त गरे । सार्क क्षेत्रको आर्थिक र सामाजिक विकासका लागि ठोस कार्यक्रम तय हुने बताउँदै उनले भने- 'आयोजक राष्ट्रका हैसियतले श्रीलंकाले सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।' सार्कको एजेण्डामा खाद्य, सुरक्षा, उर्जाको विकास, व्यापार, सम्बन्ध विस्तार रहेको बताए ।


-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®