|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
किरात लिम्बू समुदायका महागुरु फाल्गुनन्दको १२४ औं जन्मजयन्ती मनाइदै काठमाण्डौं, November
11, 2008-
किरात लिम्बू समुदायका महान समाजसुधारक महागुरु फाल्गुनन्द
लिङ्देनको १२४ औं जन्मजयन्ती पूर्वी नेपाल तथा राजधानीमा भव्यतापूर्वक
मनाइएको छ ।यो सप्ताहभरी महागुरु फाल्गुनन्दको महत्व उहाँले पुर्याउनुभएको योगदानको चर्चा लगायतको विषयमा अन्तरकृया र गोष्ठीहरु सम्पन्न भएका छन् । उहाँकै सम्झना गर्दै किरात लिम्बू समुदायले सोमबार साँझ दिपावलीसमेत गरेका छन् । जन्मजयन्तीकै अवसरमा किरात याक्थुङ चुम्लुङ र किरात धर्म तथा साहित्य उत्थान संघले संयुक्तरुपमा सोम्बार राजधानीमा झाँकी प्रदर्शन र्याली तथा एक समारोहको आयोजना गरेका छन् । काठमाण्डौंको राष्ट्रिय सभागृहमा आयोजित समारोहको राष्ट्रपति डा. रामवरण यादवले उट्घाटन गर्नुभयो । समारोहको उद्घाटन गर्दै राष्ट्रपति यादवले जातीय जगलाई मजबुत बनाउँदै राष्ट्रिय एकताका लागि गोलवद्ध हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो 'विश्व शान्तिका अग्रनायक भगवान् बुद्धलगायत ऋषिमुनीहरुको जन्म, कर्मभूमि नेपालको किराँती कुलमा जन्मिएर महागुरु फाल्गुनन्दले चलाएको समाज सुधार अभियानलाई निरन्तरता दिनुपर्छ ।' Falgunanda. Photo courtesy: Chumlung.Org.np
![]() President Dr. Rambaran Yadav taking part the the Falgunanda Jayanti in Kathmandu. Photos: Khagendra |
|
|
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुभकामना पठाउँदै बहुभाषी, धर्म, संस्कृतिले ओतप्रोत नेपालमा महागुरु फाल्गुनन्दले थाल्नुभएको समाज सुधारको अभियानले किरात समुदायलाई मात्र नभई राष्ट्रिय एकतालाईसमेत बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । किरात लिम्बू समुदायले समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनलाई राष्ट्रिय विभूति घोषणा गर्न आह्वानसमेत गरेका छन् । महागुरु फाल्गुनन्द वि.सं. १९४२ कात्तिक २५ गते ईलाम जिल्लाको इभाङ्ग चुक्चिनाम्बामा सामान्य किसान परिवारमा जन्मिनुभएको थियो । सानै ८ वर्षको उमेरमा अदृष्य शक्तिको गहिरो प्रभावमा पर्नुभएको उहाँले जीवनपर्यन्त अहिन्सात्मक शान्ति र सत्मार्गको पक्षमा उपदेश र ज्ञानगुन छर्दै हिड्नुभएको थियो । पूर्वी नेपालको विभिन्न ठाउँ लगायतका स्थानहरुमा उहाँले किरात माङहिम् मन्दिरहरुको स्थापना गर्नुभएको थियो । विशेष गरेर किरात लिम्बू समुदायको सामाजिक, राजनैतिक, आर्थिक तथा संस्कारमा आमूल सुधारका लागि महागुरु फाल्गुनन्दले उल्लेखनीय योगदान पुर्याउनुभएको थियो । उहाँकै नेतृत्वमा वि.सं. १९८८ वैशाख २४ गते १० लिम्बुवान, १७ थुमका प्रतिनिधिहरुलाई चुम्लुङ भेला गरी १० बुँदे लिखित सत्य धर्म मुचुल्का सम्पन्न भएको थियो । जस्लाई कुरिती र कुसंस्कारमा रुमल्लिरहेका लिम्बू समुदायका लागि आर्थिक, राजनैतिक र संस्कार सुधारको महत्पूर्ण दस्तावेजको रुपमा लिइन्छ । आधुनिक किरात धर्मको प्रवर्तकका रुपमा लिइने महागुरु फाल्गुनन्दको देहान्त भने वि.सं. २००५ सालमा भएको थियो । -Khagendra Makhim in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||