|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सरकारको सय दिनको हनिमुन: नयाँ नेपाल निर्माणको आधार काठमाण्डौं, November 18, 2008- कानुन, न्याय तथा संविधान सभा मन्त्री देवप्रसाद गुरुङले सरकारको सय दिनको मूल्यांकन गर्दै सय दिन उपलब्धिमूलक भएको दावी गरेका छन् । छोटो समयमा सरकारले नयां नेपाल निर्माणको आधार तयार गर्न महत्वपूर्ण काम गरेको बताऊदै संविधान निर्माणका लागि आधारहरु पनि तयार भइसकेको बताए । कार्यतालिका बनाएर काम अगाडि बढाउने टुंगो लागिसकेकाले तोकिएको समयभित्रै संविधान निर्माण हुने कथन उनको छ । नेकपा माओवादीका सचिवालय सदस्यसमेत रहेका मन्त्री गुरुङले पार्टीको केन्द्रीय समिति बैठकले जनगणतन्त्रमा जानेबारे छलफल गर्ने बताएका छन् । पार्टी केन्द्रीय समितिले जनगणतन्त्रमा जानेबारे प्रस्ताव तयार गरी राष्ट्रिय कार्यकर्ता भेलामा लगी जनगणतन्त्रमा जानेबारे औपचारिक निर्णय लिने जानकारीपनि उनले दिएका छन् । आगामी ५ गतेदेखि सुरु हुने माओवादीको राष्ट्रिय कार्यकर्ता भेलामा लगिने प्रस्तावहरुको अन्तिम तैयारीकालागि सोमबार माओवादीको बैठक सुरु भएको छ । 'केन्द्रीय समिति बैठकमा जनगणतन्त्रमा जानेबारे छलफल हुनेछ' मन्त्री गुरुङले भने 'हाम्रो लक्ष्य भनेको जनगणतन्त्र र साम्यवादनै हो, हामी त्यसका लािग कार्यदिशा तयार गर्दैछौं ।' आफ्नो दलको लक्ष्य पूरा नभइसकेकाले संघर्ष अझै बांकी रहेको बताए । जनगणतन्त्रका लागि सरकार, सदन र सडक सबै ठाऊंबाट संघर्ष गर्ने उनको भनाई थियो । आफूहरु यथास्थितिवादमा रहननसक्ने बताऊदै मन्त्री गुरुङ्गले नयां नेपाल र जनगणतन्त्रको कार्यदिशाबारे गम्भीर छलफल हुनलागेको बताए । सेना समयोजनको विशेष समितिमा नेपाली कांग्रेस आउनैपर्ने नआए शान्ति प्रकि्रया नरोकिने बताए । उनले भने 'सेना समायोजनको विशेष कमिटिमा कांग्रेस आउनुपर्छ तर अनेक बखेडा निकालेर कांग्रेस आएन भनेपनि समायोजन प्रकि्रया चािहं रोकिदैन ।' विशेष समितिलाई पूर्णता दिन पहलहरु भइरहेको बताऊदै उनले शान्ति प्रकि्रयाको महत्वपूर्ण लक्ष्यमा अवरोध नपुर्याउन नेपाली कांग्रेसलाई चेतावनीसमेत दिएका छन् । माओवादी नेता गुरुङ्गले आफूहरुले विदेशीहरुसगको सम्बन्धको गतिमा नयां आधार तयार गरेको दावीसमेत गरेका छन् । पार्टीको शीर्ष पंक्ति राष्ट्रियताको पक्षमा रहेको बताउदै त्यसमा शंका गर्नुपर्ने कुनै आधार नरहेको दावीसमेत उनले गरे । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||