| न्यू योर्कको संयुक्त राष्ट्र संघ मुख्यालय बैठकमा घन्कियो नेपालको राष्ट्र गान |
|
|
|
| Written by Pradeep Thapa Magar | |||
| Saturday, 30 May 2009 12:12 | |||
|
"सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची-महाकाली ।..." न्यू योर्क- गत हप्ता मैइ १८ मा शुरु भएको संयुक्त राष्ट्र संघीय आदिबासी सम्बन्धी स्थाई मन्च Permanent Forum on Indigenous Issues (UNPFII) को आठौं वार्षिक बैठकको समापन समारोह (मैइ २९) मा नेपालको उपरोक्त राष्ट्र गान र नेपाल जाने पर्यटकहरु बिच चिरपरिचित लोक गीत "रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ कि डाडामा भञ्ज्याङ रेशम फिरिरी" गाएर मैझारो गरियो।
"सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची-महाकाली । प्रकृतिका कोटीकोटी सम्पदाको आँचल वीरहरुका रगतले स्वतन्त्र र अटल ज्ञानभूमि शान्तिभूमि तराइ पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल।" Nepalese delegates singing Nepal's national anthem at the closing ceremony of the UNPFII 8th Session. Photos: eEyeCam उक्त बैठकमा भाग लिन नेपालबाट आउनु भएका संबिधान सभाका ९ जना सभासदहरुसहित २३ नेपाली प्रतिनिधिहरुले भाग लिएको उक्त बैठकको समापन समारोहबाट आदिवासी अधिकार र सँरक्षण सम्बन्धी सरोकार राख्ने बिभिन्न प्रस्ताबहरु पारीत गरे लगत्तै अमेरिकन आदिवासी "नेटिभ अमेरिकअन" हरुको प्रथाना गान र अन्तमा नेपाली राष्ट्र गान र लोक गाएर सभाको बिसर्जन गरिएको थियो। उक्त अबिस्मरणिय क्ष्यण २४ औ नेपालीको रुपमा यो पङ्क्तिकार एक पत्रकारको रुपमा त्यो "मोमेन्ट" लाई आफ्नो क्यामेरामा कैद गर्न ब्यस्त थियो। नयाँ नेपालको नयाँ समाबेसी राष्ट्र गान संयुक्त राष्ट्र संघमा गाइएको यो पहिलो चोटि हो। World Indigenous leaders and government representatives standing for the prayer and national anthem. विश्व भरका झन्डै २ हजार आदिबासीहरु सहभागी रहेका थिए। बैठकमा सहभागी नेपाली सभासदहरुको टोलिमा पासाङ्ग शेर्पा (मनोनित-UML), लक्की शेर्पा (UML), थममाया थापा मगर (UML), उर्मिला (पार्वती) थापा मगर (NC), उशा गुरुङ (NC), सोनम छेजुङ लामा (UML), टासी स्याङ्बो गुरुङ्सेनी (UML), डा. ल्हार्क्याल लामा (खेन्पो छिमे छिरिङ्ग) (UML) र शान्ती जिरेल (UML) हुनुहुन्छ। Nepalese delegates singing Nepalese folk song "Resham phiriri" at the closing ceremony of the UNPFII 8th Session. Photos: eEyeCam नेपालबाट बैठकमा भाग लिन आएको ५ सदस्यिय सरकारी टोलिको नेत्रित्व आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठानका उपसभापती जितपाल किरातले गर्नु भएको छ भने उहाको टोलिमा स्थानिय बिकास मन्त्रालयका सचिब पुन्यप्रशाद न्यौपाने, सहसचिब कृष्णप्रशाद देबकोटा, उपसचिब बाबुराम गौतम र फाउन्डेसनका सदस्य तथा किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष अर्जुन लिम्बु सामेल हुनुहुन्छ। नेपालबाट गैरसरकारी क्षेत्रबाट यो सेसनमा भाग लिन आउनु हुनेहरुमा पूर्व सभासद तथा नेसनल पिपुल्स कल्चरल फेडेरेसनका अध्यक्ष बिजय सुब्बा, नेसनल कोलिएसन अगेस्ट रेसियल डिस्क्रिमिनेसनकि अध्यक्षा डा. सुमित्रा मानन्धर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका बिदेश सचिब निमा लामा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (NIWF) कि कार्यकारी निर्देसक सङ्गिनी राना मगर, पत्रकार जयन्ती राइ र Backward Society Education (BASE) का प्रेसिडेन्ट डिल्लीबहादुर चौधरी हुनुहुन्छ। यता अमेरिकाबाट अब्जर्भरको रुपमा भाग लिने नेपालीहरुमा युनिभर्सिटी अफ मासाचुसेटका मिङ्मा नोर्बु शेर्पा, वासिङ्गटन स्टेट युनिभर्सिटीकि पासाङ्ग याङजि शेर्पा र कोर्नेल युनिभर्सिटीका डम्बर चेम्जोङ हुनुहुन्छ। सभासद टासी स्याङ्बो गुरुङ्सेनी, चुम्लुङ अध्यक्ष अर्जुन लिम्बु, BASE का प्रेसिडेन्ट डिल्लीबहादुर चौधरी र पत्रकार जयन्ती राइबाहेक सभासदहरुको प्रतिनिधि मन्डल मैइ ३० मा नेपाल फर्किदैहुनुहुन्छ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठानका उपसभापती जितपाल किरातीको ५ सदस्यिय सरकारी टोलि चाँही मैइ २४ मै नेपाल फर्की सकेको छ। उता नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष तथा सभासद पासाङ्ग शेर्पाले बैठकको समाप्ती लगत्तै मैइ ३१ तारिख नेपाली अमेरिकि आदिवासी जनजाती महासंघ (फिप्ना) ले आयोजना गरेको अन्तर्कृया कार्यक्रममा भाग लिनुहुने कार्यक्रम छ। सो कार्यक्रम पछि सभासद शेर्पा डिसीमा रहेका नेपालीहरुसँग भेट्घाट गर्न लाग्नुहुनेछ भने अन्य सभासदहरु मैइ ३० तारिख नै नेपाल फर्किने कार्यक्रम छ। सबै सभासद र प्रतिनिधिहरु २९ मैइमा नेपालका लागि सङ्युक्त राष्ट्र संघ नेपाल मिसनका स्थाई प्रतिनिधि तथा राजदूत मधुरमण आचार्यले डाक्नु भएको गणतन्त्र दिवस रात्रीभोजमा सहभागी बन्नुहुने कार्यक्रम छ। यसपाली आदिबासिहरुले "आदिबासीहरु र औद्यौगिक कर्पोरेसन बिचको सम्बन्ध, ति अद्यौगिक सस्थाहरुको सामाजिक दायित्व, बातावणिय बदलाब (climate change), आदिबासी महिला अनि आर्टिक क्षेत्र र आदिबासिको भुमी सम्बन्धी अधिकार सम्बन्धमा छलफलगरेका छन्। उनिहरुले दोश्रो अन्तरराष्ट्रिय आदिवासी दशक २००६-२०१५ को ५ लक्ष्यहरुको बिषयमा प्रस्तुत गरिने रिपोर्टका बिषयमा पनि छलफल गरेकाछन्। संयुक्त राष्ट्र संघद्वारा सन् २००७ मा पारित विश्व आदिबासीहरुको अधिकार सम्बन्धी घोषणापत्रको सदस्य राष्ट्रमा लागु गर्ने बिषयमा पनि छलफल भएकोछ। विश्वभर अहिले झन्डै ३७ करोड आदिवासीहरु रहेकाछन्। सन् १९९३ डिसेम्बर २१ को सङ्युक्त राष्ट्र संघ (संरासं) जनरल एसेम्बली बैठकको रिजोलुसन 48/163 ले सन् १९९५-२००४ लाई "अन्तरराष्ट्रिय आदिबासी दसक" International Decade of the World's Indigenous People (1995-2004) घोषणा गरेको हो भने सन् १९९४ डिसेम्बर २३ को संरासं जनरल एसेम्बली बैठकको रिजोलुसन 49/214 ले हरेक बर्षको अगस्ट ९ लाई विश्व आदिवासी दिवस (International Day of the World's Indigenous People) मनाउने निर्णय गरेको हो। सन् २००४ डिसेम्बर २० को संरासं जनरल एसेम्बली बैठकको रिजोलुसन 59/174 ले "दोश्रो अन्तरराष्ट्रिय आदिवासी दशक २००५-२०१५" Second International Decade 2005-2015 पनि घोषणा गरी सकेको छ। संयुक्त राष्ट्र संघीय आदिबासी सम्बन्धी स्थाई मन्च Permanent Forum on Indigenous Issues (UNPFII) को स्थापना सन् २००० को जूलाई ८ मा संघको आर्थिक तथा सामाजिक परिसद United Nations Economic and Social Council (ECOSOC) को रिजोलुसन 2000/22 बाट गरिएको हो। यसको सचिबालयको गठन चाँही सन् २००२ को संघको जनरल एसेम्बलीद्वारा गरिएको हो। -Pradeep Thapa Magar in UN Headquarters, New York. Comments? 917-570-1098, or
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
मेरो रिपोर्टिङकासाथ युएस नेपाल अनलाइनका Contributors पासाङ्ग याङजि शेर्पा र पत्रकार जयन्ती राइले पनि रिपोर्टिङ गर्नु भएकोछ। Nepalese Constituent Assembly Member Tasi Shyangbo Gurungseni dancing at the closing ceremony of the UNPFII 8th Session. Photos: eEyeCam Chumlung President Arjung Limbu, CA Members Dr. Lharkyal Lama, Pasang Sherpa, Shanti Jirel, NIWF Executive Director Sangini Rana Magar, CA Member Tasi Shyangbo Gurunseni and NEFIN Secretary Nima Lama NIWF Executive Director Sangini Rana Magar, CA Members Shanti Jirel and Tasi Shyangbo Gurunseni. CA Members: Sonam Chhejung Lama, Usha Gurung, Lucky Sherpa, Parbati Thapa Magar and Thamamaya Thapa Magar at the UN. Photos: eEyeCam Read related news: -न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे -न्यू योर्कमा विश्वका आदिबासीहरुको जम्काभेट -View more photos of UNPFII 8th Session -Indigenous Peoples Issues & Voices at the 8th Session of the UNPFII To read more indigenous peoples related news Click here
|
Code typing instruction: Type Only Dark 5 Letters
Note: Type only dark 5 letters and refresh to see your comment.Most Popular News Links: Top 100
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- New York Nepalese Community News
- Nepalese Songs & Dance
- Faces of the Week साताको अनुहार
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- Live Broadcasting Shows / Interview Archive
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- Canada Nepalese Community News
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- World Music: Music, Song, Dance
- Indigenous Issues
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- A Son of a Priest, now Hero in a World's Best University
- Jharato: Dr. Krishna B. Bhattachan
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- News Archives: Featured News
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- Usha Sherchan: कविता: मसित प्रेम नगरे हुन्छ
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- न्यू योर्कमा भारतीय संरासं स्थाई नियोगद्वारा बिज्ञप्ती लिन अस्विकार
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कमा नेका काबा सभापति शुशिल कोइरालाद्वारा एकताको अह्वान
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- आस्थाको सगरमाथा एकाएक ढले पछि !
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- कान्तिपुर अब अमेरिकाबाट प्रकासित गरिने, ५ बर्समा ७ करोड ८० लाख लगानी गर्ने योजना
- अमेरिका जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, १६८ देशहरुमा चाँही तलबी बिदा मिल्छ
- न्यू योर्कमा १०० औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- न्यू योर्कमा होलीको रंगोली !
- लाङ्घाली परिवार यूएस्एको पाचौँ वार्षिक उत्सव भब्यताकासाथ सम्पन्न
- Dohori Nepalese Songs-59
- Climate Change: Countdown to Copenhagen 2009
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- Unsung Heroes: Hope for New Nepal
- गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को राष्ट्रिय भेला सम्पन्न
- Dohori Nepalese Songs-58
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- अमेरिकामा फेरी अर्को नेपालीको गोली हानी हत्या
- न्यू योर्कमा संरासं नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको स्वागत समारोह
- 365: One Special Day-Bisakha Basnet
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- एसियन अमेरिकन हल अफ फेम पुरस्कारद्वारा दुई न्यू योर्कबासी नेपालीहरु पुरस्कृत
- अमेरिकि काँग्रेसीहरुलाई सुजाताको आग्रह- "कुनै नेता मुखी होइन नेपाली काँग्रेस मुखी बन्नुहोस्"
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- ओबामालाई नेपालका प्रधानमन्त्री माधवकुमार नेपालद्वारा सगरमाथाको चिनो
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- Editorial: a Voice for Voiceless
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- अमेरिकाको दोश्रो ठुलो संस्था 'नासा' को अध्यक्षमा राजा घले निर्बिरोध निर्बाचित
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- न्यू योर्कमा विश्वभरका महिलाहरुको जम्काभेट
- 365: One Special Day-Shlesma Parajuli
- अमेरिकि राष्ट्रपति ओबामाबाट नेपाली नेताहरुले सिको गर्लान्?
- English Section News Archives 07-08-09
- Nepal at the UN Meeting on Towards Global Partnerships
- यात्रा संस्मरण: यसरी हराइन् सोल्टिनी न्यूयोर्क शहरमा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- न्यू योर्कमा महाकवि देबकोटा बने "लाहुरे", सतबार्शिकी र दिपावली साँझ सम्पन्न
- न्यू योर्कमा तामाङ ल्होसारको अबसरमा "डम्फु साँझ-2010" को रमझम
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- बिशेष फोटो फिचर: न्यू योर्कमा ह्योल्मो साँझको झलक
- न्यू योर्कमा २९ औं इन्डिया डे परेड, बलिवूड नायिका सिल्पा ग्रान्ड मार्शल



















Comments