Counting Nepali Worldwide

New Constitution Countdown

countdown_clock09001

नेपालको नयाँ संबिधान
जारी हुने दिन: २०६७ जेठ १४ गते
जारी हुन बाँकी दिन
indo_nepal_travel_inc001

Inside

अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ? PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Wednesday, 17 June 2009 09:34
न्यू योर्क- अमेरिकि राज्य मिन्निसोटाको विनोना स्टेट युनिभर्सिटीमा कम्प्युटर साइन्समा ग्र्याजुएसन गर्दै गरेका पोखरा घर भएका सुभाश गुरुङ बिगत दुई बर्षदेखी घरमा संपर्कमा नआएपछि उनका आमा-बुवा र परिवारका अन्य सदस्यहरु आत्तिएका छन्।
 
 
Subhash Gurung. Photos courtesy: Tulsi Gurung, Hong Kong
 
सुभाशले पछील्लो पटक आफ्नो घरका परिवारसँग संपर्क गरेको सन् २००७ को जनवरीमा हो।

हङ्कङमा कार्यरत सुभाशका भिनाजु तुल्सी गुरुङ्ले युएस नेपाल अनलाइनलाई टेलिफोनमा कुराकानी गर्दै घटनाको बेलिबिस्तार यसरी लगाए-

"सुभाशको एकदमै कम फोन संपर्क गर्ने बानिको कारण एक बर्षसम्म कुरेर बस्यौं तर अब अढाइ बर्ष बिती सक्दा पनि कुनै संपर्क नगरे पछि हामी निक्कै अत्तालिएका छौं।

म र मेरी श्रीमती मिनुले सन् २००७ को जनवरीमा सुभाशले फोन गरी पढाईको अन्तिम सेमेस्टरको 'फि' खर्चको लागि पैसा मागे पछि ३७ हजार हङ्कङ डलर (झन्डै रु ३ लाख रुपैयाँ) पठाइ दियौं। त्यस पछि उसले कहिल्यै संपर्क गरेन।"
 
Subhash Gurung. Photos courtesy: Tulsi Gurung, Hong Kong 

उता पोखराको अन्न्पूर्ण टोल-१० मा बसोबास गर्ने सुभाशका आमा-बुवा बिनसुबा गुरुङ र चिजमाया गुरुङ पनि छोरा सुभाशको चिन्तामा डुबेका छन्।

सुभाशका बुवा इन्डियन आर्मीको पूर्व सुबेदार हुन्। आमा बुवाका एक मात्र छोरा सुभाशले नर्सरीदेखी कक्षा १० सम्मको सम्पूर्ण पढाई होस्टलमा बसेर पुरा गरेका हुन्। पोखराकै ज्योति कुन्ज हाइ स्कुलबाट प्रारम्भीक र कक्षा १० सम्मको पढाई पुरा गरेका सुभाशले आइएस्सी चाँही पोखराको अन्नपूर्ण क्याम्पसबाट गरेका हुन्। पोखरा कै प्रिथ्बी नारायण क्याम्पसबाट बिबिएस गर्दै गर्दा कम्प्युटर साइन्स पढ्न मलेशिया गएका सुभाशले त्यहाँ सन् २००२ देखी २००४ सम्म अध्ययन गरेका थिए।

मलेशियामा पढदै गर्दा अमेरिकि युनिभर्सिटीमा भर्ना मिलेपछि उनी मिन्निसोटाको उक्त विनोना स्टेट युनिभर्सिटीमा कम्प्युटर साइन्स पढ्दै थिए।

साढे दुई बर्ष सुभाशको फोन या ईमेल आउँला भन्दै कुरी बसेका भिनाजु तुल्सी, दिदी मिनुले अझै पनि आशा मारेका भने छैनन्। तुल्सीले भने "यती लामो समयसम्म कुनै संपर्क नगरेपछि अलिकती चिन्तित त छौं तर हामीलाई विश्वाश छ सुभाश कही कतै सकुशल नै छन्।"

आशा नमार्नुको कारण? यो प्रश्नको जवाफमा तुल्सीले तर्करुपी आशाको त्यान्द्रो यसरी बिछ्याए- "उसको एक जना साथीपनि यसरी नै एक बर्षभन्दा बढी बेखबर भएको थियो। पछि एक जना काली केटीलाई बिहे गरेर बसेको रहेछ। हामीलाई पनि सुभाशले कतै बिहे गरेर बसेको होला, समयक्रममा संपर्क गर्ला भन्ने लागेको छ।"

यता, युएस नेपाल अनलाइनले सुभाशले पढेको विनोना स्टेट युनिभर्सिटीमा संपर्क राख्दा उक्त विश्वबिद्यालय अन्तरराष्ट्रिय बिभाग कि कर्मचारी भिभियनले सुभाश उक्त युनिभर्सिटीको पूर्व विद्यार्थी भइ सकेकोले बाँकी जानकारी उपलब्ध गराउन नमिल्ने बताइन्।

उता सुभाशसँग संपर्कमा रही रहने विस्किन्सन राज्यमा बसोबास गर्ने उनको साथी धिरेन्द्र शाहीसँगपनि युएस नेपाल अनलाइनले शाहीको फोनमा पटक पटक संपर्क गर्ने प्रयास गर्दा संपर्क हुन सकीरहेको छैन।

सुभाशको परिवारले युएस नेपाल अनलाइनले गत हप्ता कृष्णकुमारी गुरुङ न्यू योर्कबाट हराएको अनि पछि भेटिएको खबर प्रकासित गरेको समाचार पढेपछि सुभाशलाई खोज्न सहयोग गर्नु पर्‍यो भन्दै संपर्क गरेका थिए।

Help Find Him Now

सुभाश गुरुङ जहाँ छौ कृपया संपर्कमा आउ। सुभाशको संपर्कमा हुनुहुने या कही कतै उनलाई देख्नु भएको छ भने तलको युएस नेपाल अनलाइनको ईमेल हेल्प सेवामा संपर्क गर्नुहोस्:
 
Contact Tulsi Gurung in Hong Kong at: 852-298-42545
 
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
HelpFind Now Team

Please comeback for updates...

-Pradeep Thapa Magar in New York. 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
 
Read related news:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Code typing instruction: Type Only Dark 5 Letters

Note: Type only dark 5 letters and refresh to see your comment.

Find out News that you've missed !

Go to latest: News Archive News archive: 2007, 2008

Most Popular News Links

Popular

Support Your 501(c)3 Media

Who's Online

We have 80 guests online

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?