New York Nepalese Community News | Canada News | Nepali Calendar | Faces of the Week | Music | 365 | Unicode | Classifieds

Mahapuran in NY Countdown

New Constitution Countdown

नेपालको नयाँ संबिधान
जारी हुनु पर्ने मिति: २०६७ जेठ १४ गते
थपिएको म्याद १ बर्षमा गुज्रेको दिन:
indo_nepal_travel_inc001

Support Your 501(c)3 Media

Inside

लाहुरेको छोरो अब न्यू योर्क फेसन सो को हिरो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Wednesday, 10 March 2010 23:24

अमेरिकि राष्ट्रपति ओबामाकि अर्धाङ्गिनी मिचेल ओबामा प्रबल गुरुङको पहिरनमा
Exclusive: न्यू योर्क- गोर्खाली लाहुरेको छोरो प्रबल गुरुङले आफ्नो पुर्खाले खुकुरी र बाहुबल अनि साहस र इमान्दारिताकालागि विश्वमा कमाएको ख्यातिमा अर्को नौलो नाम थपेकाछन्- विश्व फेसन दुनियाँमा आफ्ना नयाँ नयाँ पहिरनहरुको डिजाइन गरेर र त्यसको विश्वको राजधानी मानिने न्यू योर्क शहरहरुमा प्रदर्शन गरेर। हुँदा हुँदा अब अमेरिकि राष्ट्रपति बाराक ओबामाकि अधाङ्गिनी मिचेल ओबामालेसमेत उनले डिजाइन गरेको पहिरन लागाएर हिंडेपछि अब नेपाली लाहुरेको छोरोको चिनो विश्वको शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति निवास व्हाइट हाउसमा सजिन पुगेन त?


 

U.S. First lady Michelle Obama wore a black rose print dress at a ceremony to donate the gown that she wore to the 2009 inaugural ball to the Smithsonian's National Museum of American History in Washington D.C. on March 9, 2010. The dress was designed by Prabal Gurung. Photos courtesy: www.prabalgurung.com

छोरो हुनु त प्रबल गुरुङ जस्तो !

"यो त लाहुरेको छोरो पो त ! हेरी बसन, यही लाहुरेको छोरोले लेख्नेछ एक दिन त्यो लाहुरेको कहानीहरु, त्यो त्याग र बलिदानिका कहानीहरु...

बिरताको चीनो, वीरको सन्तान, शहिदको रगत, लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नेछ युगले भुलेको हाम्रो कहानी...
"

'लाहुरे' चलचित्रको माथिका भनाइ र गुनिलो गीतको बोलसंग युबा नेपाली डिजाइनर प्रबल गुरुङको जीवन कहानी र उनको प्रतिभाको विश्वब्यापी चर्चा ठ्याक्कै मेल खान्छ।


Designer Prabal Gurung. Photos courtesy: www.prabalgurung.com

आफ्नो बुवा सिंगापुर पुलिस फोर्सको गोर्खा कन्टिन्जेन्टमा भर्ती भएको कारण सिंगापुरमा जन्मिन पुगेका प्रबल गुरुङ काठमाडौंमा हुर्केका हुन्।

उनको वेब्साइट www.PrabalGurung.com मा उल्लेख गरेको उनको संछिप्त विवरणअनुसार उनले भारतको राजधानी नयाँ दिल्लीस्थित National Institute of Fashon Technology बाट फेसन सम्बन्धी पढाई गरेका हुन् भने भारतीय चर्चित डिजाइनर मनिष अरोरासंग काम गर्ने अबसर पाएका थिए। फेसनको दुनियाँमा केही गर्छु भनेर लागेका गुरुङ सन् १९९९ मा न्यू योर्कको फेसन दुनियाँमा प्रबेश गर्नु अघी लण्डनदेखी मेलबर्नसम्मको यात्रा तय गरेको पनि उनको वेब्साइटमा उल्लेख छ।

न्यू योर्कको Parsons School of Design बाट पुन: फेसन सम्बन्धी तालिम लिएका गुरुङले शुरुमै Parsons र Fashion Institute of Technology (FIT) जुन न्यू योर्क स्टेट विश्व बिद्यालयको उपक्रम हो, को फेसन प्रतियोगितामा बेस्ट डिजाइनर पुरस्कार पाउन सफल भएका थिए।

तर उनी सफलताको चुलीमा चढ्न थालेको चाँही धेरै भएको छैन। उनले गत जनवरीमा Ecco Domani Fashion Foundation को Best Designer पुरस्कार जित्न सफल भएकाछन्।


This photo is taken from the video footage of Prabal Gurung's website featuring his Fall/Winter 2010 collection.

न्यू योर्क शहरको शुरुका दिनहरुमा न्यू योर्कको चर्चित फेसन ब्राण्ड Donna Karan मा काम गरेका गुरुङद्वारा डिजाइन गरिएका नारी पहिरनहरु अहिले सम्भ्रान्त अमेरिकि महिलाहरुले आफ्ना पहिरन किन्ने न्यू योर्कको फेसन हाउसहरु Bloomingdales, Saks Fifth Avenue लगायतमा बिक्री गरिन्छन् भने विश्व बजारमा दुबइ, साउदी अरबिया, बेलायत, हङ्कङ, इन्डोनेशिया, सिरिया, क्यानाडा लगायतका मुलुकहरुमा उनका पहिरनहरुको बिक्री शुरु भईसकेकोछ।


This photo is taken from the video footage of Prabal Gurung's website featuring his Fall/Winter 2010 collection.

उता प्रबल गुरुङले आफ्नो वेब्साइटमा Behind the Scenes को A Dream Come True अन्तर्गत राष्ट्रपति ओबामाको चुनाव प्रसारकालागि आफुले डिजाइन गरेको टि-सर्ट र यही मार्च ९ मा फर्स्ट लेडी मिचेल ओबामाले लगाएको उनीद्वारा डिजाइन गरिएको पहिरनकोबारेमा लेखेका छन्:

"In 2008, right before the election I created a t-shirt to help raise money for the Obama campaign. Yesterday, March 9th, 2010 the first lady wore a dress from my first spring collection. I had only dreamed of such a moment. Michelle Obama embodies the woman that I design for - strong, intelligent, modern and sophisticated. She has brought an enormous sense of glamour back to The White House with her keen fashion sense and by the way she wears her clothing with confidence. It is such an incredible honor and accomplishment for me as a designer and I am beyond thankful and appreciative for all the positive feedback and support. - xoxo PG"

U.S. First lady Michelle Obama at the Smithsonian's National Museum of American History in Washington D.C. on March 9, 2010. The dress was designed by Prabal Gurung. Photos courtesy: www.prabalgurung.com

प्रबल अमेरिकि नेपाली समाजमा किन कहिल्यै देखिदैनन्?

केही विश्वका पत्र पत्रिकाहरुले भने झै रातारात (Overnight) चर्चाको शिखर चुम्न पुगेका मात्र नभै आफ्नै नाम को "Prabal Gurung" ब्रान्ड स्थापना गर्न सफल भएका प्रबललाई अमेरिकि नेपाली समाजले भने अझैसम्म भेट्न पाएको छैन।

यतीसम्म कि तमु (गुरुङ) सोसाइटी अफ अमेरिका संस्थाले बिगत २ बर्षदेखी संपर्क गर्ने प्रयास गर्दा पनि न्यू योर्क मै बसोबास गर्ने प्रबल गुरुङसंग संपर्क स्थापना गर्न नसकिएको कुरा युनाइटेड नेपालीज डेमोक्राटिक फोरुम न्यू योर्कका अध्यक्ष टेक गुरुङले युएस नेपाल अनलाइनलाई बताउनु भयो।


This photo is taken from the video footage of Prabal Gurung's website featuring his Fall/Winter 2010 collection.

उता प्रबल गुरुङको Facebook मा ३ हजार ६ सय फ्यान रहेकोछ भने Twitter मा ३ हजार १२९ उनका Followers छन्। उनले The Globe and Mail लाई बताएअनुसार उनी आँफैले फेसबूक र ट्विटर अपडेट गर्ने गरेको बताएकाछन्। ट्विटरमा उनले अहिलेसम्म १ हजार २२५ ट्विट्स पोस्ट गरेकाछन्।

यदी यो कुरो साँचो हो भने नेपालीको छोरो भनी गर्ब गर्ने अमेरिकि नेपाली समाजको संपर्कमा आउन सके उनले नेपालीबाट पनि थप हौसेला र स्नेह पाउन सक्ने थिए। ट्विट्स गर्नबाट बरु अलिकती फुर्सद निकाल्ने कि?


This photo of Prabal Gurung is taken from the video footage of Gurung's website featuring his Fall/Winter 2010 collection.

युएस नेपाल अनलाइनले  प्रबल गुरुङको मिडिया संपर्ककर्ता केट्लिन डेस्टेफ्यानोसंग संपर्क गर्ने प्रयास जारी छ। अपडेट पर्खिनुहोस्।

प्रबल गुरुङले अझ सफलताको सिढि चढ्दै जाउन्, हाम्रो शुभ-कामना छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find out more at: http://twitter.com/pradeepthapa; & pradeepthapa.com

Comments

avatar danda
0
 
 
congratulation Prabal
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Code typing instruction: Type Only Dark 5 Letters

Note: Type only dark 5 letters and refresh to see your comment.

Find out News that you've missed !

Go to latest: News Archive News archive: 2007, 2008

Most Popular News Links: Top 100

Who's Online

We have 32 guests online

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?