Inside

All Time Top 50 News

अमेरिकामा ग्लोबल डियास्पोरा फोरम सम्मेलन मे १७ र १८ मा हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 13 May 2011 15:38

Exclusive: न्यू योर्क- अमेरिकि सरकारको राज्य मन्त्रालय (स्टेट डिपार्ट्मेन्ट) को बिशेष पहलमा पहिलो विश्व आप्रबासी फोरम  (First Global Diaspora Forum) सम्मेलन यही मे १७ र १८ तारिख वाशिङ्गटन डिसीमा हुने भएको छ।


उक्त सम्मेलन US Agency for International Development (USAID) र  Migration Policy Institute (MPI) को संलग्नतामा स्टेट डिपार्ट्मेन्टले आयोजना गर्न लागेको हो। उक्त सम्मेलनलाई सेक्रेटरी अफ स्टेट हिलारी रोधाम क्लिन्टनले सम्बोधन गर्नुहुने कार्यक्रम छ।

 



फोरमको वेब्साइट DiasporaAlliance.org काअनुसार हाल अमेरिकामा ६२ लाख पहिलो र दोश्रो पुस्ताका आप्रबासीहरुको बसोबास रहेको छ भने सन् २००९ मा यि आप्रबासीहरुले अमेरिकाबाट ४८ अर्ब ($.42 billion) डलर रिमिट्यान्स रकम अन्य देशमा पठाएको जनाइएको छ।

उसो त अमेरिका विश्वको सबैभन्दा धेरै आप्रबासीहरुलाई बसोबास गराउने देश हो।

सबैभन्दा पहिले मङ्गोलियाबाट रसिया हुँदै बेरिङ्गस्ट्रेट पार गरेर उत्तरी र दक्षिणी अमेरिकामा बसोबास गर्ने आदिबासी अमेरिकन (नेटिभ अमेरिकन या रेड इन्डियन) बाहेक अन्य सबै जाति १६ औं सताब्दीपछि आएका आप्रबासीका दर सन्तान हुन्।

अमेरिकामा नेपालीहरु डेढ-दुइ लाखको हाराहारीमा रहेको अनुमान गरिन्छ। सन् २००० को जनगणनाअनुसार चाँही अमेरिकि नेपालीहरुको संख्या जम्मा ११ हजार ७१५ रहेको छ।

अमेरिकि सरकारको ग्रीन कार्ड चिठ्ठा (US Green Card Lottery) सेवा प्रदान गर्ने संस्था Usafis.org को तथ्याङ्कअनुसार सन् २०००-०९ बिच अमेरिकि सरकारको डाइभर्सिफाईड भिसा (DV) बाट आएका नेपाली मात्रको संख्या १६ हजार ४९२  रहेको छ।

उता इन्टर्नेसनल इन्स्टिच्युट अफ एडुकेसनको ओपन डोर रिपोर्ट २००९ काअनुसार अमेरिकामा सन् २००८/०९ शैक्षिक सत्रमा नेपाली विद्यार्थीहरु ११ हजार ५८१ पुगेकाछन्।

यस हिसाबले सन् २००० जनगणनाका ११,७१५, डिभी भिसाबाट आएका १६,४९२ र सन् २००८/०९ शैक्षिक सत्रका विद्यार्थी ११,५८१ मात्र जोड्ने हो भने पनि ३९ हजार ७८० नेपाली जनसंख्या हुन आउँछ।

सन् २०१० को जन गणनामा नेपालीहरुको जनसंख्या एक लाख नाघ्ने अनुमान गरिएको छ। अमेरिकि सरकारको जन गणना बिभागद्वारा उक्त जनगणनाको नतिजा जारी गर्ने क्रम भर्खरै शुरु भएको छ।

यस सम्बन्धी थप र अप्डेट रिपोर्टिङकोलागि यो लिङ्कमा जानुहोस्:

http://usnepalonline.com/nepalicount/

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

It's in Our Hands: Be Counted in 2010 US Census

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.