|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
|
||
![]() यात्रा संस्मरण: न्यूयोर्क यात्राको एक दिन-१ यसरी हराइन् सोल्टिनी न्यूयोर्क शहरमा साँझको नौ बजिसकेको थियो । हामी हिडेर निक्कै थाकी सकेका थियौं । एकातिर नेपाल र अमेरिकाको समय फरक परेकोले पनि हामी समस्यामा थियौं अर्कोतिर जहाजको लामो यात्राको थकाईपनि थियो । त्यही दिन चन्दा आफ्नो साँस्कृतिक भेषभुषामा गरगहना सहित सजिएकी थिइन् । त्यसैले त्यो विरानो ठाउँमा त्यति अबेर साँझमा कसैले लुट्ला कि भन्ने अर्को चिन्ताले सताउन थाल्यो । आदिवासी जनजाति सम्बन्धि संयुक्त राष्ट्र संघीय स्थायी मन्चको सातौं बैठकमा भाग लिन जाने जुन अवसर मिल्यो त्यसले साथी चन्दा र मलाई अत्यन्तै हर्षित बनायो । त्यही अवसरमा हामी पहिलो पटक अमेरिका जान पाउने भयौं । नयाँ ठाउँ नयाँ मान्छे नयाँ परिेबेश यिनै नयाँ चिजहरुको अनुभूति लिने यो अवसरमा खुशी नहुने कुरै भएन । हामीलाई मिटिङमा भाग लिएर धेरै नयाँ कुरा जानौंला विश्वका आदिवासी जनजातिहरुसंग भेटेर आ-आफ्नो देशको अनुभव साटासाट गरौंला भन्ने प्रवल इच्छा त थियो नै त्यसका साथै अमेरिकामा नेपालीहरुको जीवन शैली कस्तो होला ? उनीहरु के काम गर्दा होलान् ? आदिजस्ता विभिन्न प्रश्नहरु हामीभित्र उब्जिएका थिए । त्यसको सही उत्तर पाउनलाई हामी हतारिएका थियौं । यिनै उत्साह र उमंगका साथ हामीले नेपालमा आफूले पुरा गर्दै आएको जिम्मेवारीलाई केही समयको लाग थाती राखेर न्यूयोर्क यात्रामा हुईकियौं । बैंकक देखिको १७ घण्टे लामो यात्रामा पनि हाम्रो सोचाईको दायराहरु यिनै कुराहरुमा सिमित थिए । त्यतिमात्र होइन जहाजबाट देखिने रमाइला दृश्यहरुसँग भलाकुसारी गर्दैं हामी नयाँ सपनामा लिन भयौं । चन्दा र मेरो सिट टाढा-टाढा परेपनि टाढैबाट हातको इशाराले हाइ हेल्लो भइरह्यो । मेरो यात्राको सहयात्री थिए- अमेरिकन नागरिक ग्रेइ इमरिक । ६० वर्षे बृद्द इमरिक फरसाइला थिए । ती बृद्दका कारण मैले त्यतिलामो यात्रामा थकाईको अनुभव गर्न पाइन । आजभन्दा ३५ वर्ष अघि उनी नेपाल आएका रहेछन् त्यसैले म नेपाली भन्ने वितिकै उनले ती दिनहरुको अनुभव मसँग 'सेयर' गर्न थाले । त्यो लामो यात्रामा ती बृद्दले मलाई धेरै नयाँ कुराहरु बुझने अनुभव दिए। हामी एकोहोरिएर न्यूयोर्क यात्रामा पुग्ने सपनामा हराइरहे पनि हामीमा एक किसिमको त्रास कायमै थियो । यो यात्रा हाम्रो लागि प्रथम त थियो नै, पुगेर कहाँ बस्ने, के गर्ने भन्ने सवालमा भने अनभिज्ञ थियौं । मैले नगेन्द्र दाई र बिनोद लिम्बू दाईलाई इमेलबाट आउँदैँ छुँ त भनेकी थिएँ तर उहाँहरुसँग मेरो कुनै प्रत्यक्ष चिनजान थिएन त्यसैले उहाँहरु के कस्तो हुनुहुन्छ ? मलाई पिकअप गर्न आउनुहुन्छ कि हुन्न भन्ने विभिन्न प्रश्नहरु आइरहेका थिए । अप्रिल १८ तारिखका दिन न्यूयोर्कको जोन अफ केनेडीमा पुग्यौं । आफ्ना सामानहरु लिएर बाहिर निस्केपछि बिनोद दाईलाई फोन गरें । दाइसँग सम्पर्क भयो तर मैले गलत information दिएको रहेछु उहाँले बेलुकीको सात बजेमात्र आउने हो भन्ने सोचेर काममा जानुभएछ । तैपनि एकघण्टापछि लिन आउँछु भन्नुभयो । हामी एयरपोर्ट बाहिर सामान राखेर दाइको प्रतिक्षामा बस्यौं । एक घण्टा होइन दुई घण्टा वित्यो तर दाई आउनु भएन । लक्की शेर्पा पनि एकछिनपछि बाहिर निस्किन् । एक्काशी त्यो नयाँ ठाउँमा चिनेको मान्छे भेट्दा खुशी लाग्यो तर उहाँ होटलमा जाने भनेर हिडिहाल्नुभयो हामी भने फेरि दाईको प्रतिक्षामा बस्न थाल्यौं। तीन घण्टापछि बल्ल दाई आउनुभयो । निकै व्यस्त हुनुहुँदोरहेछ, काम गर्ने अफिस नजिक भएकोले आउनुपाउनुभएछ, त्यो थाहा पाएपछि दाइप्रति हामी धेरै आभारी भयौं । सामान गाडीमा लगाएर हामी दाइसँग कुरा गदै अघि बढ्यौं । नाताले उहाँ मेरो आफ्नै फुपूको छोरा हुनुहुँदो रहेछ, त्यसपछि भने मेरो अर्को खुशी थपियो । दाइकै सहयोगले चन्दा पनि आफन्तकहाँ पुगिन् । अप्रिल १९ तारिखदेखि हाम्रो मिटिङ सुरु भयो । हामी दुबैजना नयाँ भएकोले कसरी यूएन विल्डिङसम्म जाने भन्ने चिन्ता कायमै थियो । दाइ बिनोदले हाम्रॊ लागि धेरै ठाउँ फोन गरेपछि एकजना अर्को दाइले हामीलाई पुर्याउने कुरा पक्का भयो । दाइले नै हामीलाई देश लिम्बूसँग भेट गराउनु भयो । अबभने हामी खुशीमात्र थिएनौं नयाँ ठाउँमा आइपर्ने चुनौतिहरु पनि सामाना गर्न तयार थियौं । मेनहाटन शहरमा जब पुग्यौं त्यहाँका अग्ला अग्ला विल्डिङको टुप्पोसम्म नियाँल्दा हामीलाई िरंगटा लागेको अनुभूति भयो । त्यो नयाँ ठाउँमा चुपचाप हामी दाइ देशको पछिपछि हास्दैँ हास्दैँ लागिरह्यौं । मिटिङ हल पत्ता लागेपछि उहाँ फर्किनुभयो । काममा जानुपर्ने भएकोले हामीलाई केही परेमा फोन गर्न र फोन गर्न चाहिने 'कोइन'हरु दिएर उहाँ लाग्नुभयो । मिटिङ सकेपछि कसरी फर्कने भन्ने अर्को चिन्ता थियो । ट्रेनसम्म पुग्नको लागि लक्की दिदीले साथ दिएपछि हामी आफ्नो बासस्थानतिर हुइकिँयौं । मेरो बसाईभन्दा चन्दाकोमा पुग्न केही सजिलो थियो । निक्कै थकाइ लागेकोले मैले त्योदिन चन्दाकहाँ नै बस्ने निधो गरें । दिदी पद्मा र दाई लभ बुढामगरको अतिथी संस्कार देखेर छक्क परें । त्यति व्यस्तताको बाबजुद पनि उहाँहरु हामीभनेपछि हुरुक्कै हुने नेपाली दिदी दाईको यो सद्भाव देखेर भित्रभित्रै हामी दंग पर्यौं । भोलिपल्ट बेलुका बिनोद दाई फेरि मलाई लिन आउनुभयो। यसरी नै सारो परेको बेलामा दाइलाई बोलाउनाले दिनहरु सहजरुपमै अघि बढ्न थाल्यो । मिटिङको तेस्रो दिनको दिन विहानै दाइले मलाई गाडीमा ज्याक्सन हाइटसम्म पुर्याउनुभयो त्यो दिन रेजिस्टेशनको दिन भएकोले चाँडै पुग्नु थियो । त्यसैले चन्दासँग त्यही भेटेर हामी मेनहाटन हुइँकियौं । बेलुकी फर्कदा दाइलाई सँधै कति दुख दिने भन्ने सोचले त्यो दिनचाँहि आफै बाटो पत्ता लगाउनका लागि आफै जाउँ आज मेरेामा भनेर चन्दालाई अनुरोध गरें । उनले पनि मेरो कुरामा सहमति जनाइन् । सोही बमोजिम हामी ज्याक्सन हाइटमा ओर्लिएर 'भि' ट्रेनमा चढ्यौं । अभाग्यबश् हामी त उल्टोदिशातिर लागेछौं । केही पर पुगेर फेरि अर्को ट्रेनमा चढ्यौं । त्यसपछि दिएको निर्देशन अनुसार ग्रान्ड एभिन्यूमा उत्रियौं । त्यहाँबाट दाइको घरतिर लाग्यौं । हामी ट्रेनबाट निस्किदा साँझको आठ बजेको थियो । त्यहाँबाट दाइकोमा पुग्नलाई पाँच दश मिनेटमात्र लाग्थ्यो तर हामी त्यतिको समयमा त्यो ठाउँ पुगेनौं । लगभग आधा घन्टा हिडिसकेपछि पनि सही ठेगानामा पुग्न नसकेपछि भने हामीलाई केही शंका लाग्न थाल्यो । हामी हराएछौं भन्ने केहीछिनमा पक्का भयो तैपनि हामीले साहस बटुलेर फेरि पनि ५७ एभिन्यू ५७ रोडको ठेगाना खोज्न छाडेनौं । ५७ रोडमा त पुग्यौं त्यसपछि सरासर अघि बढेको तर सही ठाउँ अझ पनि पत्ता लाग्न सकेन । हामीलाई अर्को समस्या भनेको फोनको थियो । नेपालमा जस्तो सजिलो कम्यूनिकेशन सेन्टर कही थिएन । सार्वजनिक ठाउँमा 'कोइन' लगाएर फोन गर्नुपर्ने फोनमा हाम्रो धेरै 'कोइन' त्यतिकै गायब भयो । हामी फोन गर्नपनि असफल भयौं । बल्लबल्ल एकपटक फोन लाग्यो तर अभाग्यबश् फोन उठेन । यताउता भौतारिदा भौतारिदा हामी धेरै थकित भइसक्यौं । त्यसपछि हामी ट्याक्शीको खोजिमा भौतारियौं । ट्याक्सी पनि त्यतिबेला पाएनौं । चन्दा थकित मुद्रामा पेटीमा थचक्क बसिन् । मैले भने ट्याक्सी खोज्ने प्रयास जारी राखें । साँझको साढे नौ बजेको थियो अझै ट्याक्शी पाउन सकेको थिइन । त्यतिबेला एकजना बाटो हिड्ने मान्छेलाई अनुरोध गरेर फोन मागें । भाउजुको सेल फोनमा फोन उठेन । दाइको घरमा फोन गरेको पनि फोन उठेन । हामी झन् हतास भयौं । त्यतिबेला दाइको सेल फोनमा गर्ने बुद्दी भने आएन । हामी त्यस ठाउँमा हराएका थाहा पाएर त्यो मान्छेले हामीलाई निक्कै सहानुभुति जगायो । ठेगाना हेर्न माग्यो तर उसले पनि पत्ता लगाउन सकेन । त्यसपछि इन्तरनेटबाट पत्ता लगाइदिन्छु भनेर उ अघि बढ्यो र हामीलाई पनि सँगै जान अनुरोध गर्यो । हामी चुपचाप पछि लाग्यौं । केहीपर पुगेपछि हामीलाई बाहिर राखेर त्यो मान्छे घरभित्र छिर्यो । हामी त्यो मान्छेको प्रतिक्षा गर्दै बाहिर बस्यौं । केहीछिनमा त्यो मान्छे बाहिर आयो तर अभाग्यबश उसको इन्टरनेटमा समस्या भएकोले पत्ता लगाउन सकेन रहेछ । त्यसपछि उसको साथीलाई त्यो ठेगाना पत्ता लगाउनका लागि उसले फोनबाटै अनुरोध गर्यो । दुईजना केटी हराएको छ भन्नेवित्तिकै उताबाट कस्तो केटी, कतिको उमेरको आदिजस्ता प्रश्नहरु आउन थाल्यो । त्यो मान्छेले त्यस्तो समयमा केही प्रश्न नसोध्न र ठेगाना मात्र पत्ता लगाउन अनुरोध गर्यो । हामीभने अमेरिका जस्तो देशमा पनि केटी र केटा भन्ने वित्तिकै मान्छेको सोचाई त्यति साँघुरो हुँदोरहेछ भन्ने बुझेर छक्क पर्यौं । त्यो मान्छेले ठेगाना पत्ता लाइसकेपछि हामीलाई त्यो ठाउँ नजिकै भएकोले ट्याक्शी प्रयोग नगर्न सल्लाह दियो । सोही बमोजिम हामी त्यो मान्छेले दिएको डाइरेक्शन अनुसार अघि बढ्यौं । अलि पर पुगेपछि ट्याक्शी भेटियो, रातको १० बजिसकेकोले नजिकभएपनि ट्याक्शीमै जान उपयुक्त ठान्यौं । ट्याक्शी लिएर घर पुग्यौं । घर पुग्दामात्र थाहा भयो भाउजुले मलाई चाबी दिनुभएको थियो, दाइ विनोदले त्यो दिन चाबी बिर्षनुभएछ, भतिज पारुहाङ त्यो दिन फुटबल खेल्नको लागि धेरै टाढा गएको रहेछ । त्यसैले उहाँहरु पनि चाबीको अभावमा दुई घण्टा बाहिर नै बिताउनुभएछ त्यसैले घरको फोन नउठेको रहेछ । हामी धेरै थाकेका थियौं । साथी चन्दा खाना नखाई बेडमा पल्टिन् , म भने खाना खान लागें । खाना खाइसकेपछि म पनि बेडमा लडें । त्यतिबेला एउटा फोन आयो दाइले रिसिभ गर्नुभयो । त्यो मान्छेको फोन ररेछ उसले हामी पुग्यौं कि पुगेनौं भनेर फोन गरेको रहेछ दाइले आइपुग्यो भनेपछि त्यो मान्छेले फोन राख्यो । नयाँ ठाउँमा नचिनेको मान्छेले गरेको त्यो सहयोगप्रति हामी धेरै आभारी भयौं । हामी आतेशमा थियौं त्यसैले त्यो मान्छे चिनियाँ हो भन्नेसम्म थाहा भयो अरु कुरो केही थाहा छैन । हामी पुग्यौं कि पुगेनौं भन्नेसम्म त्यो मान्छेलाई चिन्ता लागेछ । त्यो मान्छेको हामीलाई केही थाहा नभएपनि हामी त्यस नयाँ ठाउँमा त्यस्तो समयमा उसले गरेको सहयोग प्रति धेरै आभारी छौं । न्यूयोर्क यात्राको एक दिन घटेको घटना सँधै मलाई ताजा भएर आइरहनेछ । यसघटनामा नाम थाहा नभएको त्यो सहयोगी मान्छे पनि मेरो मनसपटलमा नाँचिरहन्छ । Indira Chongbang and Chanda Pun Magar. Photos: eEyeCam अरु सन्दर्भ कि सम्पादक, प्रकाशक इन्दिरा चोङबाङको न्यूयोर्क शहर घुम्दाको यात्रा संस्मरण क्रमश: प्रकासित हुने छ। -Indira Chongbang, Kathmandu Published date: May 14, 2008. Published by www.usnepalonline.com Copyrights and acknowledgements: All literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details. Go Back to Nepalese Literary Main Page नेपाली साहित्य मुख्य पानामा जानुहोस् |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®