|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
|
||
|
कथा: सम्बन्ध -इन्दिरा चोङबाङ उनी काठमाडौंमै बस्छिन् सुन्छु निक्कै व्यस्त छिन् अरे । कस्ति भइन् होला सोनु मोटी, दुब्ली या गोरी यस्तै कौतुहलताले ठाँउ लिन्छ मेरो मनमा । साँझ पर्न आँटेको छ, अहिले नै फोन गरे भने सायद सोनुसँग भेट हुन्छ होला । म दौडिएर फोनरुममा पुग्छु अनि सोनुलाई फोन थिच्छु । उताबाट जवाफ आँउछ 'हेलो कसलाई खोज्नुभाको' प्रतिउत्तरमा म 'सोनु होला ?' 'सोनु त बाथरुम गएकी छे पाँच मिनेटपछि गर्नुहोस न है ।' म सोनुको इन्तजारमा फोनको नजिकै बसेर घडी हेर्दै पाँच मिनेट बिताउने तरखरमा लाग्छु तर किन किन यो मन मान्दैन त्यसैले घरिघरि मिसकल दिँदै बसिरहन्छु । मिसकल दिनेक्रममा थाहै नपाइ दश मिनेट पो बितिसकेछ अब भने मेरो मन ढुकढुक गर्न थाल्छ । यतिका समयपछि फोन गर्दा सोनुले के सोच्ली तै पनि सामर्थ्य जुटाएर रिडायल गर्छु, उताबाट जवाफ आँउछ 'हेलो निरज तिमी कताबाट यतिलामो समयपछि मलाई त लागेको थियो तिमीले भुलिसक्यौ ।' 'ओहो सोनु आफ्नो साथीलाई पनि कसैले त्यति चाँडो भुल्छ र भुल्ने भए त किन फोन गर्ने थिएँ नी फेरि म तिमीजति निष्ठुरी त कहाँ छु र सोनु ।' मेरो बोलि नसकिदै बोलिन् सोनु 'ए हो र खुशी लाग्यो तिमीले सम्झेकोमा अनि तिमी त व्यस्त छौ भनेर पो त मैले फोन नगरेकी । अनि भनन प्रियाको खबर के छ नी?' 'तिमीलाई सम्झनै नसक्ने गरि त कहाँ व्यस्त छु र सोनु अँ तिमीलाई यही कुरा सुनाउँ भनेर हामीले त बिहे गर्यौ नि ।' मेरो कुरा सुनेर सोनु केही अक्मकिए झै गरिन् 'बधाई छ नयाँ दाम्पत्य जीवनको शुरुवात गरेकोमा ।' उनी अक्मकिएकोले म झस्किए मलाई त्यो दिनको याद आयो जुन दिन सोनुले पनि मलाई यही कुरा सुनाएकी थिई । सोनु र मेरो भेट महेन्द्र बहुमुखी क्यामपस धरानमा बि.ए. पढ्दा भएको थियो । हामी एउटै क्लासमा पढे पनि मित्रताको गाँठो भने अन्तिमवर्षमा पुग्दामात्र शुरु भयो । कारण क्याम्पसबाट शैक्षिक भ्रमणका लागि इण्डिया जाने अवसर मिलेको थियो । धेरै साथीको बीचमा सायद हाम्रो सोचाइ र विचार मिलेकोले होला हामी नजिकियौ । नैनितालको बोटिङ हाम्रो लागि माध्यम बन्यो किनकि हामी एउटै बोटमा परेका थियौं । भ्रमणबाट फर्केपछिका क्यापसका दिनहरु झनै रमाइलो भयो । हामी अलिकति ब्रेक भयो कि चिया खाने बाहानामा बाहिर निस्कन्थ्यौं र भ्रमणको रमाइला कुराहरु गर्दै मरिमरि हास्थ्यौं । यसरी हास्न र रमाउनमा अन्य साथीहरु पनि हामीलाई साथ दिइरहन्थे । सोनु र मेरो मित्रता निकै बढेर होला कुनैदिन सोनु क्याम्पस आइन भने मलाई एक्लो महशुस हन्थ्यो त्यसैले म हत्त न पत्त फोन गरिहाल्थें अनि सोनुपनि कुनैदिन म गइन भने त्यसैगरि फोन गरिहाल्थिन् । यसरी नै हाम्रो रमरणीय यात्रा चलिरहेको थियो । थाहै नपाई समयले त डाँडाँ काटिसकेछ । हाम्रो क्याम्पसको अन्तिमदिन पनि हामीसामु टुप्लुक्क आइसकेछ । अन्तिम वर्षको परिक्षापछि हाम्रो छुट्ने दिन आयो । हामी त टाढा टाढाबाट अध्ययनका लागि आएका थियौ । त्यसैले पढाइसकेपछि हामीले आफ्नो गन्तब्य लाग्नै पर्ने थियो । मेरो घर जान मलाई एकदिनमात्र लाग्थ्यो त्यो पनि गाडीबाट तर सोनुको गाँउभने निक्कै टाढा थियो हिडेर पनि तीन दिनमामात्र पुगिने । विछोडको पीडाले हामीलाई सताइरहेको थियो । हुनपनि यो अवस्मरणीय मिलन पछिको अनिश्चितकालिन बिछोडको बेदनामा हामी डुबुल्किरहेका थियौं किनकि अब हामीलाई थाहा थिएन हाम्रो भेट कहिले हुन्छ भन्ने । सोनु भन्दै थिइ 'निरज नविर्ष है ल म कहाँ फोन नभएपनि चिठी त पठाउ है ।' जबाफमा मैले भनेको थिएँ 'चिन्ता नलेउ सोनु तिम्रो गाँउ जति टाढा भएपनि म तिमीलाई भेट्न आइहाल्छु नि है ।' प्रतिउत्तरमा उनले टाउको हल्लाएकी थिइ । आँखाभित्र ढलपल ढलपल आँसु देखिइरहेको थियो तैपनि उनले लुकाउने प्रयास गर्दै थिई । म पनि भित्रभित्रै विछोडको पीडाले छटपटिरहेको थिएँ। बेदनाहरु भेल बन्न खोजेपनि आफैलाई सम्हाल्ने कोशिश गरिरहें त्यसैले मैले केही पनि भन्न सकिन सोनुलाई त्यो विदाइको अन्तिम क्षणमा । अन्त्यमा एकअर्कालाई कहिल्यै नभुल्ने बाचाका साथ हामी आआफ्नो गन्तब्यतिर लाग्यौं । एक महिनापछि सोनुको चिठी आयो उनी त्यहीको विद्यालयमा पढाउन थालिछिन् । म भने घरमा आमा विरामी हुनुभएकोले खासै केही नगरी दिन विताउँदै थिएँ । मैले पनि हत्तन पत्त सोनुको चिठीको जवाफ लेखिहालें । यसरी नै हामीबीच पत्राचारको क्रम जारी भयो । सोनु यति भावुक थिइ कि चिठी पढ्दा मलाई आफै कता कता हराए झै लाग्थ्यो उनले हाम्रो यात्राको बारेमा मात्र होइन एउटी प्रेमिकाले भन्दा बढी भावुक भएर लेख्थिन् । उनको चिठी पढेपछि म पनि त्यसरी नै भावुक हुन थालेछु मेरो लेखाई पनि त्यस्तै हुनथाल्यो । हाम्रो लेखाई र सोचाईबाट लाग्थ्यो हाम्रो सम्बन्ध मित्रतामा मात्र सीमित छैन अब तर मैले सोनुलाई कहिलै पनि तिमीलाई माया गर्छु भन्ने आँट नै गर्न सकिन । तर मलाई लाग्छ उनले मेरो लेखाई र भावबाटनै बुझेको हुनुपर्छ म उनलाई असाध्य माया गर्छु । मैले पनि बुझेको थिए सोनु मलाई चाहान्छे उनी र म बीचको सम्बन्ध मित्रतामा मात्र काफी छैन । सायद उनलाई पनि सामाजिक संस्कारले बाँधेर होला मलाई सिधै आफ्नो मनको कुरा भन्न सकेकी थिइनन् । मैले नभने पनि उनले नभने पनि हामी भावनात्मकरुपबाट अत्यन्त नजिक भइसकेका थियौं किनकि हाम्रो भावनाहरु त्यतातिरै मोडिसकेको थियो । यद्यपि यसले समाजले देख्दै आएको प्रेमको आकार भने ग्रहण गरिसकेको थिएन । हाम्रो मित्रता बगिरह्यो धाराप्रवाह हुने पत्राचारले हामी त्यति टाढा छौं भन्ने भाव नै भएन हामीलाई । एकदिन साँझको खानापछि आमाले मलाई बोलाउनुभयो। म आमाको कोठामा पुगें आमा बोल्नुभयो 'छोरा निरज ! अब त तँ पनि ठुलो भइसकिस् बाबु मैले त तेरो लागि केटी पनि खोजिसकेकी छु तेरो विवाहको लागि ।' आमाको कुराले म झस्किएँ मलाई त्यतिबेलै झट्ट सोनुको याद आयो आफैलाई सम्हाल्दै सोधे 'को केटी आमा ?' "प्रिया हो छोरा तेरो लागि त्यही केटीलाई बुहारी बनाउने निधो गरें, मलाई बिश्वास छ छोरा तैले मेरो भावनालाई लत्याउने छैनस् ।' म आमाको कुरा सुनेर दुविधामा परें एकातिर मैले सोनुलाई आफ्नो हृदयमा सजाए पनि भन्न सकेको थिइन तिमीलाई म चाहान्छु, तिमीसँग म जीवन बिताउन चाहन्छु भनेर । फेरि अर्कातिर म कसरी आमालाई चोट पुर्याउँ । म घोरिएको देखेर आमाले फेरि सोध्नुभयो 'भन् छोरा तँ प्रियासँग विहा गर्न राजी छस होइन ?' म के गरुँ, एकातिर सोनु अर्कातिर क्यान्सर रोगको शिकार भएर दुइवर्षसम्म मात्र बाँच्ने मेरी आमाको सपना, म धर्मसंकटमा परे । म मेरी सोनुलाई पनि गुमाउन चाहान्न थिएँ भने मेरो कारणले मेरी आमाको बाँच्ने दिन पनि छोट्टयाउन चाहान्न थिएँ । अन्तिममा मैलै साहस बटुलेर भने 'हुन्छ आमा म प्रियासँग विहा गर्ने छु ।' मुटुभरि पीडा बोकेर पनि आमाको खुशीको लागि मैले सोनुलाई गुमाउनै पर्यो धन्य प्रभु मैले सोनुलाई बाचा त दिएको थिइन । प्रिया मेरी सोल्टिनी थिई पहिलेदेखि नै मलाई मन पराउथि तर मेरो ध्यान त्यतातिर जान सकेको थिएन । मैले आमाको प्रस्ताव स्वीकारें भन्ने कुरा प्रियाले थाहा पाएर होली मसँग उनी नजिकिन थालीन् । म भने भित्रभित्रै जलिरहेको थिएँ । अन्तिममा यथार्थ ममापनि लागु भयो मेरो र प्रियाबिच सुमधुर सम्बन्ध शुरु भयो । एकदिन मैले सोनुको चिठी पाएँ, रजिष्ट्ररी रहेछ हत्त न पत्त खोलेर पढें । चिठीमा लेखिएको थियो 'निरज वास्तबमा हामी साथीसाथी भन्दाभन्दै निकै अघि नै बढिसकेछौं कि क्या हो मैले त तिमीलाई आफ्नो हृदयमा विराजमान गराइसकेछु । घरबाट विवाहको कुरा चल्न थाल्यो मैले आफुलाई सम्हाल्न सकिन र यो मनको कुरा तिमीलाई लेखिहालेकी ।' चिठी पढिसकेपछि म निकै भाबुक भए । निको हुँदै गरेको घाउ फेरि बल्झिएर आलो बन्यो । अतीतका दिनहरु मेरो मनसपटलमा वर्तमान बनेर सताइरह्यो । आखिर सहनु नै त पर्दो रहेछ मैले जस्तोसुकै पीडा र व्यथा पनि मेरो आमाको सपना साकार पार्नलाई सहिनै बसे तर अफसोच मैले सोनुलाई केहीपनि लेख्न सकिन । म विवश बनें मेरो दिमाग नै खाली भए झै लाग्यो । दिनहरु बितिरहे, एकदिन बिहान चिया खाँदै गर्दा फोन आयो । म हत्त न पत्त रिसिभ गर्न गएँ, फोन सोनुको रहेछ मलिन स्वरमा सोनु बोल्दै थिइ 'निरज तिमीले मेरो चिठी पाएनौ ?' प्रत्तिउत्तरमा भने 'छैन त' 'बहाना नबनाउ मेरो त यही सत्रगते विहे हुँदैछ जसरी भए पनि आँउ है मैले सदरमुकामबाट फोन गरेकी ।' यति सुनेपछि मसँग बोल्ने कुनै सामर्थ्य नै भएन । म बोल्न सकिन । आँखाबाट भेल बनेर बेदनाहरु थोपा थोपा गर्दै झर्न थालेछ मलाई त्यो क्षण सपना झै लाग्यो । म नबोलेकोले उनले सोचेछिन् फोनको गढबढी त्यसैले उनी हेलो हेलो गर्दे फोन राखिन् । 'तिमीलाई के थाहा सोनु तिमीले सोचेभन्दा बढी तिमीलाई माया गर्थें' भनेर मनमनै यही कुरा दोहोर्याउँदै फोन राखें । हुनत म उनीसँग बिहे गर्न सक्दिन थिएँ तरपनि आफूले हृदयमा सजाएको व्यक्तिलाई पराइ भएको सहन सकेन यो मनले । त्यसैले अन्जानमै यस्तो भयो । ओहो म त फोनमा पो कुरा गरिरहेछु त । सोनु झस्किएकीले म त अतीतमा पो पुगिसकेछु । म निकैबेर चुप रहेकोले सोनु बोलिन् 'अरे निरज के भयो ?' 'ए म त तिमीले भुल्यौ जस्तो लागेर पो हाम्रो क्याम्पसे जीवन सोच्न थालेछु अनि तिमी त फोनपनि गर्दिनौ बिर्शिसक्यौ कि क्या हो ।' प्रतिउत्तरमा सोनुले भनिन्- 'हृदयमा सजाएको मान्छेलाई फोन गर्दैमा मात्र सम्झिएको बुझिदैन नी तिमी जहाँ भएपनि मेरो मनको एक कुनामा तिमी छौ भने फोनै गरिरहनुपर्ने आवश्यकता छ र' उनको जवाफ सुनेर लाग्यो 'कति महान् छिन् सोनु, साच्चिनै प्रेम भनेको कसैलाई पाउनु मात्र होइन यो त कैयन् दुरी टाढा रहेपनि जस्तोसुकै परिस्थितिमा पनि सधै मनको एक कुनामा धड्किरहनु पर्छ। वास्तबमा हाम्रो मित्रताको सम्बन्ध यतिमै सिमित भएपनि यो सधै अमर छ सोनु ।' मैले ठट्टाको पारामा भने 'यतिले मात्र प्रमाण पुगेन नी!" समाप्त -Indira Chongbang, Sanghu, Taplejung, current address: Kathmandu Photo: eEyeCam Published date: May 1, 2008. Published by www.usnepalonline.com Copyrights and acknowledgements: All literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details. Go Back to Nepalese Literary Main Page नेपाली साहित्य मुख्य पानामा जानुहोस् |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®