|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
|
||
|
कथा: बलात्कृत छन् आत्माहरु -अप्सरा लावती आज
गुरुकुलमा कथा वाचन कार्यक्रम थियो । विशेष साहित्यमा रुची भएकोले दर्शक
स्रोताको रुपमा मन्च अगाडि गएर अरु सँगै नारिएर म पनि बसें । नारी
सम्बन्धी कथा वाचनमा नारीहरुको मात्र सहभागीता थियो । धेरै जना कथाकारहरुले
आआफ्नो कथा वाचनगर्दै जाने क्रम भयो । कार्यक्रम सन्चालकले स्रोताहरुलाई
बीचबीचमा सम्बोधन गरिरहिन् । कथा क्रान्तीकारी यर्थाथवादी आत्मकथा जस्ता
लाग्ने विभिन्न थिए । स्वतन्त्र सृजनामा कथा बाचन गर्न पाइने त्यो
कार्यक्रम अन्तिमतिर मोडिदै थियो । प्रायः कथाकारहरु ३० देखि ४५ सम्मका
लाग्थे । तर अचानक एक वृद्ध आइमाई दुईजना महिलाको साहारामा आएर मन्च अगाडि
उभिइन् । उनको उमेर ७०, ७५ को हुनसक्छ । ती वृद्धाले अनुहारमा पटक्कै
नसुहाउने गरेर Sun Glass लगाएकी थिइन् । हेर्दा लाग्थ्यो उनको त्यो अवस्था
बाहिरी आवरणको तालमेल कति पनि मेल खाएको छैन ।मेरो मन धेरै कौतुहलले भरियो । कान ठाडाठाडा भए, आँखा झिमिक्क गर्न छाडेर ती बृद्धातिर हान्निरह्यो । के भन्दै छिन् के गर्न ल्यइयो वा सम्मान गर्नलाई पो हो की? यस्तै कौतुहलले मन उथलपुथल भइरहेको बेला पोल्टाबाट कालो आवरण भएको सानो डायरी निकालेर पल्टाउदै कामेको स्वरमा सबैलाई छोटो सम्बोधन गरिन् ती वृद्धले र भनिन् 'धैर्यका साथ मेरो कथा सुनिदिनु भएमा म धन्य हुनेछु ।' हल सुनसान र मौन रह्यो । सबै आँखाले ती बृद्धालाई हेरिरहेको बेला अगाडिमात्र झुकेर कथा भन्न थालिन् - 'मेरो परिवारमा म जेठी छोरी थिएँ र नै घरका सारा व्यवहारीक जिम्मेवारीको बोझ जेठो रुपमा नै मेरो काध माथि परेको थियो । मेरा मसिना भाइबैनीहरु, असक्त आमा, घरको हेरचाह यो सब मैले नै हेर्नुपर्ने अवस्था थियो । त्यसैले अरु सवल मान्छेहरु झै म पनि कामको दौरानमा सहरको भीडभित्र दौडिन सुरु गरें । म चाहान्थें खुर्र दौडेर कुनै ठाउँ कुनै उच्चाईमा पुगौं । यो चाहाना मन दुखाउने बहाना बाहेक केही बन्न सकेन । अन्त्यमा एउटा लाठीको भरोसामा सुर्यको ताप र जुनको सितलमा मनलाई धैर्य राखेर हिड्दा कतै मेरो निम्ती एउटा प्रोजेक्टमा काम पाएँ । धन्य छ यो आत्मालाइ्र त्यो काम पाउँदा जुनको सितल आत्मामा भरिएको लाग्यो । कुनै न कुनै बहानामा पुरुष महिलालाई भोग्न मात्र चाहान्छ । बुबाले छोरा नजन्मेको भनेर कान्छी आमा लिएर छुट्टै बस्न थाल्नु भयो । कान्छी आमाबाट चाहे जस्तै दुई छोरा एक छोरी जन्मी । निर्दोष ती बच्चाहरु जे भए पनि समाजले बनाएको कलंकको शिकार बनाउन चाहिन न कि बुबाको दुष्ट सोचाइको सिकार । जसरी असक्त मेरी आमाले नैतिकता बोध गर्न सक्ने पाठ पढाएर स्नातक गराइन् । त्यसरी नै मेरा सारा परिवारलाई मानसिक, शारीरिक, आर्थिक सवल वनाउन चाहेँ । नेपालको मुटु राजधानीमा आगो, पानी, खाना सबैको बृद्धिले भटाभट सोफान उक्लिए झैं उक्लिएको बेला कमाइ बचाउन भटार्नु साँझ बिहानको आहारा र चिसो स्याँठमा तातो एक गिलास पानी आत्माको भुवा बन्ने गर्थ्यो । एक प्रोजेक्टमा अपांगहरुको निम्ती आफूलाई खर्च्याउन थालें । मेरो दृष्टीको ठोस प्रकाश भन्नु नै हमेशा लाठी हुन्थ्यो । त्यही लाठीको भरोसामा पाइला अगाडि बढ्थे । अफिसको सखीहरुको इच्छा अनुरुप हमेशा कालो चस्मा भारी बनेर बस्थ्यो मेरा यी निर्दयी आँखाहरु माथि ।' कथाकारले लगाइरहेको कालो चस्मा मिलाए झै गरिन् र दर्शक तीर ठाडो भएर पुन बोलिन् कथा कै सारमा - 'मलाई देख्नेहरु भन्थे विना रोशनीको मेरो बाहिरी आवरण स्वर्गको परीसँग तुलना गर्न लायक छ । अनभिज्ञ छु स्वर्गकी परी कस्ती हुन्छ आफु कस्ती छु मैले आफूलाई देख्न सकिन परीको रुपको वजन हेरेर तौलिन सकिन । तापनि सखीहरुको मायालु ब्याख्या सुनेर खै किन हो कुन्नी ऐनाको अगाडि आफूलाई उभ्याएर आफ्नो सुन्दुरतालाई ऐनामा छामेर हेर्न खोज्थें । तर मेरा हातका पन्जाहरुले खाली ऐनाको चिम्लोपना बाहेक केही छाम्न नसक्दा यस्तो लाग्थ्यो ऐनामा हेरिएको यो रुप मेरो लागि हावा जस्तो मात्र हो । किनकी छामेर, छोएर अनुभव गर्न नसकिने यो रुपको ठोस वर्णन कसरी विश्वास गर्न सक्थें म । मेरो रुपको सुन्दरताका पाटाहरु ऐनाको कुनकुन भागमा पर्छन् अहँ ! कहिल्यै छाम्न सकिन । यसैले हरेक दिनको रुपको वर्णन दिक्क लागेर सोच्थें संसार भोग्न पठाइएकी म विना रोशनी के भोग गरौं ताकि मलाई हेरेर अरुको मात्र भोग साधन बनिरहेकीछु र लाग्थ्यो- अब यो मेरो बाहिरी आकर्षण अंशुमालीको रापले डडेर अध्यारखाउडे बनाए पनि हुन्छ । आमा पाठेघरको रोगी उपचार गर्न खर्चको तर्जुमा गरिरहेको थिएँ । त्यही समयमा सुने- आमा बिरामी परिन् रे अर्को दिन सुने सिकिस्त भइन् रे र फेरि अर्को दिन सुने उनी त वितिन् रे । लामो निस्वास छाडेर समुद्र झैं मौन बगेका दुई धर्सा आँशु पछ्यौराको सप्कोले पुस्दै कथालाई जोडिन् । मैले पनि कथाकारसँगै आँसु पुसेर सर्तकता अपनाउदै कान ठाडो बनाएँ । त्यो दिन त्यो झुप्राको उज्यालो र मेरो मनको दियो निभेको अनुभव गरें । सखीहरु सहरिया थिए । गाउँलाई पढ्थे तर बुझ्दैनथे । उनीहरुको सहानुभुती मेरो लागि नुन खुर्सानी नमिलनेको अचार मात्र भयो । आमाको आत्मालाई चिरशान्तीको कामना गर्न र विचलित बैनीहरुको लागि विदामा गाउँ पुगें । चोखो मायामा कुनै पनि वस्तु बाधक बन्न नसक्दोरहेछ । माया लुकाएर नलुक्ने अदृष्य शक्ति रहेछ । किनकी बुबाको आँसुमा त्यो माया बगेको पाएँ जुन माया आमाको लागि मात्र थियो । बित्ने बितेर गयो भन्दैमा बाँचेकाहरुले आँसु मात्र पिएर बाँच्न सकेनौं र बुबासँगको सल्लाहमा बैनीहरु लिएर सहरको लागि थानकोटको गेट फेरी छिरें गाउँको पिडा गाउँमै मसिना भाइबैनी र बुबा आमासँग छाडेर । सहरमा जन बढ्यो, जिम्मेवारी बढ्यो, खर्चका बाटाहरु छरपस्ट भएर निक्ले । ती सब बाटाहरुमा मानव नैतिकतालाई लिएर एक्लै हिड्नु परेको थियो । सधैको भर्टानुले छाक टर्न छाड्यो । त्यसैले कमाइका अरु गराहरु खोज्न थालें । जुन गराहरुले मेरा छरिएका बाटाहरु संगाल्न मद्दत पुगोस् । हो आत्माले कष्टसँग सामना गर्न तयार हुन्छ भने दुःख गर्ने ठाउँ पनि पाइदोरहेछ । केही समय बाबजुद अफिसमा नै केही बढी काम पाएँ । जुन कामको लागि दिनको बाह्र घण्टा खट्नु पर्ने भयो । बेलुका सात बजे घर पुग्ने मेरो नियम बिटुङ्गोमा परिणत भयो । नौ बजे अफिस छोड्थे । सडकहरु मौनतामा छाउन थालेको हुन्थ्यो । सुन्थें- 'महिला बलत्कारहरु दिन दहाडै हुन्छ र सोच्थें - म अध्यारोलाई कसले आकृतीमा देख्न सक्छ यसरी दिन रातसँगै जिवन भोग्दै संघर्षको जंघार तर्न थाले । बैनीहरु एकदम कुशल थिए । मेरो खातिर जे पनि गर्न तयार - तर पढाई नसकी जागिरे जिवन भोग्न दिएकी थिइन । साविक कै समय नौ बजे अफिसबाट बाहिरीएँ । मुश्किलले गाडी पाइए पनि दिन भन्दा रात सहज लाग्थ्यो हिड्नलाई मेरो लाठी अल्मलाउने बस्तुहरु पातलिएको हुन्थ्यो त्यसैले होला । धेरै जसो अफिसको स्टाफले घरसम्म छोडिदिन्थे । दुर्भाग्य त्यो दिन नत गाडी पाएँ नत स्टाफको सहयोग । हिडेर घर पुग्नुपर्ने भयो । थाकेको मन, मस्तिष्क र शरिरलाई डोर्याएर हिड्दै थिएँ । अचानक आवाज आयो - 'बैनी त्यहाँ शिशा थुपारेकोछ ।' त्यो अनौठो आवाजसँगै केही वस्तुले मेरो पाखुरा अठ्याएर तानेको थियो । नचाहेर पनि शरिर तानिएतिर हुत्तियो । आतंकित मनले धन्यवाद दिएर बाटो छाम्दै थिएँ । त्यो वस्तुरुपी पुरुषले अनेकौ प्रश्नहरु गर्न थाल्यो । अनेकौ बहानामा कोठा पुर्याई दिन्छु भन्न थाल्यो । सम्झें- म असुरक्षित भैं सकें, लाग्यो धेरै नै असहज…। र बेसरी दौडेर भाग्न चाँहे, बेसरी चिच्याउन चाँहे मेरो लाचारीपना - म दौडिनलाई उज्यालो बाटो भएन, चिच्याउनलाई आवाज आएन । म त्यो रातमा निरिह बनेर क्रमशः बलात्कृत भएँ केहीबेर मै… गाडीको भीड पातलिएको त्यो सडकमा बलात्कारको शिकार बनें । उज्यालो सहरले पनि निरिह नारी बलात्कार मुकदर्शक बनेर हेरिरह्यो । फोहोरको डंगुरमा अर्को फोहोर पचाउने साहस गर्यो सहरले । मेरो बलात्कृत शरिरसँगै भड्किएको आत्माको बोझ उठाउने फैसला छिन्यो । तर मलाई बचाउने साहस गर्न सकेन। जब मेरो बलात्कृत शरिर शिथिल भएर सडकसरी लम्पसार पारेर फोहर झैं फालिएको थियो फेरी त्यही बेला… बचाऊ …बचाऊ गर्दै एक पिडा सरिको आवाज यो थोत्रो कानमा गुन्जिन पुग्छ । अनि अनि यो अन्धो नयन यताउती डुलाउछु तर केही देख्दिन फेरी पनि आवाज आउँछ चिच्याहटसँगै बचाऊ! बचाऊ! फेरी फेरी म आक्रोशित मन लिएर बलात्कृत शरिरको उही अन्धो नयन यताउती च्यातेर विच्छ्याउछु तब महसुस गर्छु बलात्कृत आत्माहरु । समाप्त -Apsara Lawoti, Nepal Photo courtesy: Apsara Lawoti's novel 'Lojima' Published date: May 1, 2008. Published by www.usnepalonline.com Copyrights and acknowledgements: All literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details. Go Back to Nepalese Literary Main Page नेपाली साहित्य मुख्य पानामा जानुहोस् |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®