Inside

All Time Top 50 News

अमेरिकि नेपाली संस्था "एड्वन" (EDWON) को सहयोगमा महिला सशक्तिकरण, अधिकार र स्वालम्वन अभियान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Kamalbabu Pariyar & Ram Pariyar   
Wednesday, 17 October 2012 13:46

अन्तरराश्ट्रिय ग्रामीण महिला दिवस अक्टोबर १५ बिशेष समाचार
Updated: Special: 5 photos;
गोर्खा- इम्पावोर दलित वुमन अफ नेपाल (EDWON) बोस्टन, अमेरिकाको सहयोगमा गोर्खा जिल्लाको ताक्लुङ र छिमेकी गाउँहरुमा सहकारी ब्याबस्थापन, सन्चालन, जातीय भेदभाव, प्रजनन तथा यौन सम्बन्धि तालिम सन्चालन गरिएको छ।



असोज महिनामा सन्चालन गरिएको उक्त तालिमहरु एड्वन (EDWON) को नेपालस्थित भात्री संस्था नेपाल दलित महिला उत्थान संघ (ADWAN) को अगुवाई र पहलकदमीमा सम्पन्न भएको थियो ।

सहकारी व्यवस्थापन तथा सन्चालन तालिम

उक्त तालिमकालागि डिभिजन सहकारी कार्यालय दमौली तनहूँबाट ४ जना प्रशिक्षकहरुलाई यस संस्थाले निम्त्याएको थियो । यस तालिम आयोजनाको मुख्य लक्ष भनेको संघमा आवद्ध रहँदै आएका ताक्लुङ्ग गाविसका १० ओटा महिला समूहहरुको सामूहिक पूँजीलाई एकिकृतगरी गत २०६८ श्रावण २७ मा सहकारी डिभिजन कार्यालय दमौलीमा दर्ता भई कानूनी हैसियत प्राप्त श्री चण्डी वचत तथा ऋण सहकारी संस्था लि., जुन सतप्रतिशत महिलाहरुको स्वामित्वमा सन्चालित छ, को व्यवस्थापन र सन्चालन सरल र सूचिकृतरुपमा गराउनु थियो । उक्त ७ दिने तालिममा सहकारीका १३ जना पदाधिकारीहरु र यस संस्थाका सामाजिक सहजकर्ताले सहभागिता जनाएका थिए ।

गत वर्ष श्रावण २७ गते मात्र ३२,०००/- स्थाई पूँजीबाट सुरु भएको यस सहकारी यस एक वर्षको अवधिमा ७ लाखको हाराहारीमा ऋण प्रवाह गर्न सक्षम भएको छ । यस प्रकारको तालिमले सहकारी सन्चालनमा सरलता ल्याई कार्यप्रणाली चुस्तदुरुस्त बनाउन मद्दत पुग्ने छ ।

व्यक्तिगत वचत ऋण प्रवाह तथा असुली प्रकृया पारदर्शी तथा सरल तरिकाबाट सेवाशुल्क विहिन सेवा पाउँदा सदस्यहरु पनि आल्हादित भएको सहकारीका जेष्ठ सदस्य चित्रकुमारी लम्सालले उल्लेख गरिन्।



प्रजनन तथा यौन सम्बन्धि तालिम

त्यसैगरी, ईडवन यूएसको आर्थिक सहयोग र एड्वान नेपालको पहल तथा नेतृत्वमा गोरखा जिल्लाको ताक्लुङ्ग गाविसमा "प्रजनन तथा यौन स्वास्थ्य सम्बन्धि तालिम" (Reproductive & Sexual Health Training) को आयोजना गरिएको छ ।

तालिम नेपाल सरकारको स्वास्थ्य विभागअन्तर्गत ग्रामिण स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रदान गरिएको थियो । काठमाडौंबाट खटिएका स्वयमसेवी एमबिबिएस डाक्टरहरुद्वारा ताक्लुङ्गमा सन्चालित यो पहिलो तालिम थियो।

निदान समुहका डा. प्रशान्त खतिवडा, डा. अनिश माली र डा. अदिती गीरिले उक्त तालिम दिएका थिए।



उक्त तालिममा ९ जना स्वास्थ्य स्वयम् सेविका, १८ जना समुह सदस्यहरु तथा २ जना जेष्ठ महिलाहरुले सहभागिता जनाएका थिए।

दुई दिने तालिममा महिलाहरुमा हुने यौन सम्बन्धि समस्या, वाल विवाह र सानो उमेरमा आमा वन्दा र सन्तान जन्मान्तर कम भएमा आउनसक्ने समस्या, परिवक्कता र विवाह जन्मान्तर, आङ्ग झर्ने समस्या, स्तन क्यान्सर जस्ता महत्वपूर्ण विषयहरुमा तालिम तथा छलफल भएको थिए भने तेस्रो तथा अन्तिम दिन मेरी स्टोप्स् गोरखाका जिल्ला संयोजक नरेश कट्टेल, सृजना तथा मेरी स्टोप्स् पाल्पामा कार्यरत पम्फा नेपालीले मेरी स्टोप्स्का कार्यक्रम अन्तर्गत पर्ने कानूनी गर्भपतन, कृतिम साधन, अस्थाई साधन, स्थाई विधिको वारेमा तालिम प्रदान गर्नुभएको छ ।

यसै तालिम अवधिमा मेरी स्टोप्स् गोरखाका जिल्ला संयोजक कट्टेलले ताक्लुङ्गका महिलाहरु, जो गरिवीका रेखामूनि रहेका छन्, उनिहरुले गर्भपतन गराउन चाहे आतेजाते भाडा र एक दिनको खाना खर्च, गर्भपतन गराउन लाग्ने खर्चवाट घटाउने प्रतिवद्धता जाहेर गर्नुभएको छ । र अन्य अस्थाई साधनहरुको प्रयोग गर्नु परेमा ५ भन्दा वढिसंख्या भएमा ताक्लुङ्गमै आई सुविधा प्रदान गर्ने पनि प्रतिवद्धता गर्नुभएको छ साथै नेपाल दलित महिलाले सिफारीस गरिएका अतिनै न्यून स्तरका महिलाहरुलाई निशुल्क सेवाहरु प्रदान गर्ने पनि प्रतिवद्धता जनाउनु भएको छ ।

यस तालिमका सहभागीहरु वर्तमान समयमा प्रजनन तथा यौज स्वास्थ्य सम्बन्धि सल्लाकारको भूमिकामा गाउँ-गाउँ तथा टोल-टोलमा सल्लाह दिईरहेका भेटिईन्छन् । उक्त कार्यक्रमले ताक्लुङ्ग गाविसका महिलाहरुमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि चेतना र सावधानी साधनहरुको प्रयोग र गर्भपनत स्तन क्यान्सरवाट वच्ने उपाय तथा क्यान्सरका लक्षण तथा प्रजनन तथा यौनसम्बन्धि कानूनी तथा व्यावहारिक ज्ञान प्राप्त गराएको छ ।



अमेरिकाको बोस्टन शहरमा स्थापित "इम्पावोर दलित वुमन अफ नेपाल" (EDWON) कि संस्थापक बिष्णुमाया परियार हुन् भने अध्यक्ष इभा क्यासेल हुन्। संस्थापक परियार नेपाल स्थित नेपाल दलित महिला उत्थान संघ (ADWAN)को संस्थापक अध्यक्ष पनि हुन्।

एड्वन अमेरिकाले एड्वान नेपालसंग मिलेर गत बर्ष सन् २०११ को अक्टोबर १८ मा गोर्खा जिल्लाको ताक्लुङ गाबिसलाई नमूना गाउँ बनाउने घोषणा गर्नुकासाथै बिबिध स्वाबलम्बनको कार्यक्रमहरुको शुरुवात गरेकोछ।
यि कार्यक्रमहरु त्यसै अभियानलाई सफलिभूत पार्न अघि सारिएका हुन्।

Bishnu Maya Pariyar, Founder, Empower Dalit Women of Nepal (EDWON) and Founding  President, Associaiton of Dalit Women Advancement of Nepal (ADWAN), speaking at the inaugural program of Taklung Model Village project in Taklung, Gorkha, Nepal on October 18, 2011. Photo: Khadgabir Thapa Magar

एड्वानले बिगत १० बर्षको दौरान झन्डै ५ लाख अमेरिकि डलर अर्थात ३ करोड ७५ लाख रुपैयाँ बराबरको अनुदान सङ्कल्न गरी नेपालमा महिला शशक्तिकरण सम्बन्धी नेपालका दलित महिला, बालबालिका र अन्य बिपन्न समुदाय उत्थानकालागि बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको छ।

उनको संस्थाको अनुदानद्वारा नेपालका ७ जिल्लाहरु गोर्खा, ईलाम, झापा, अर्घाखाँची, बाग्लुङ, मुगू र सर्लाही जिल्लाका गरीब दलित र गैर दलित महिलाहरु र बालबालिकाहरु लाभान्बित भएकाछन्। हालसम्म झन्डै १२ हजार महिला र १३ हजार बालबालिकाहरु उक्त परियोजनाहरुबाट लाभान्बित भएकाछन्। थप जानकारीकागि पढ्नुहोस् एड्वान अमेरिका (EDWON) को परिचय पुस्तिका

-Kamalbabu Pariyar in Taklung, Gorkha


जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अभियान

यसैबिच, ईडवन यूएस (EDWON) को आर्थिक सहयोगमा नेपाल दलित महिला उत्थान संघ (ADWAN) ले गोरखाको फुजेल र ताङ्लीचोक गाविसलाई समेटी जातीय भेदभाव तथा छुवाछुत कसूर र सजाय ऐन-२०६८ सम्बन्धी एक दिने कार्यशाला गोष्ठी असोज ६ गते सम्पन्न गरेको छ ।

संघमा आवद्ध आठ ओटा महिला समूहहरुको प्रतिनिधि, फुजेल र ताङ्लीचोकका राजनीतिकर्मी शिक्षक बुद्धिजीवि र समुदायको अगुवाहरुको उपस्थितिमा सन्चालित उक्त गोष्ठीको अध्यक्षता फुलपातीडाडा महिला समूहकी सदस्य दिपा परियारले गर्नुभएको थियो भने संस्थाकोतर्फबाट केन्द्रीय कोषाध्यक्ष पम्फा परियार विशेष अतिथिकोरुपमा उपस्थित हुनुहुन्थ्यो ।



२०६८ साल जेठमा व्यवस्थापिका संसदको हैसियतमा बसेको संविधान सभाले पारित गरेको "जातीय भेदभाव तथा छुवाछुत कसूर र सजाय ऐन-२०६८" को बारेमा ग्रामिण समुदायलाई जानकारी गराई जातीय भेदभाव तथा छुवाछुत अन्त्य गर्ने उद्देष्यकासाथ आयोजना गरिएको उक्त कार्यशालामा पम्फा परियारले ऐनको बिषयमा प्रकाश पार्नुभएको थियो ।

अतिथि वक्ताहरुकोरुपमा स्थानिय नेतृ इन्द्रकुमारी गरुङ्ग, शिक्षकहरु कृष्ण परियार, ऋषि दवाडी, अर्जुन रम्तेल तथा समुहको प्रतिनिधिहरु पार्वती नेपाली, फुनु परियार, विना श्रेष्ठ आदिले गाँउको भेदभावको स्थिति र ऐनले गरेको कानुनी प्रावधानले विभेद हटाउनलाई खेल्न सक्ने भूमिकाकोबारेमा बोलेका थिए । बनेको कानुन सबैले पालना गर्नुपर्ने, राज्यकोतर्फबाट कानुन कडाई साथ लागु गरानुपर्ने, व्यक्तिको चेतनामा परिवर्तन ल्याउनु पर्ने र गैरदलितहरुले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

नेपाल सरकारले २०६८ जेठमा उक्त ऐन बनाएपछि ऐनकोबारेमा जानकारी गराउन र ऐनलाई कडाईकासाथ लागु गराई जातिय भेदभाव तथा छुवाछुत अन्त्यकालागि सरकारी गैरसरकारी तथा संयुक्त राष्ट्र संघलगायतका अन्तर्राष्ट्रिय निकायहरुले अभियान सन्चालन गर्दै आएका छन् । नेपाल दलित महिला उत्थान संघ (ADWAN) ले पनि एकल र संयुक्तरुपमा अभियानात्मक कार्यक्रमहरु गर्दै आएको छ । गत साल संस्थाको कार्यक्षेत्र अर्घाखाँचीमा सोही ऐन सम्बन्धी गोष्ठी सन्चालन गरेको थियो ।

त्यसैगरी, संयुक्तरुपमा गत साल राष्ट्रिय दलित आयोग र संयुक्त राष्ट्र संघको मानव अधिकार आयोगसँग १०० दिने अभियानमा सहभागी भएको थियो भने यस वर्ष विभिन्न ३९ वटा संघसंस्थाले हाल सुरु गरेको छुवाछुत विरुद्धको राष्ट्रिय अभियानमा सकि्रय सहभागिताकासाथ लागिरहेको छ ।

-Ram Nepali in Gorkha

Read related news:

-http://usnepalonline.com/edwon-adwan/

-A Happy Valentine's Day for Sunita !

-नेपाल दलित महिला उत्थान संघ (ADWAN) को १३ औं वार्षिक साधारण सभाद्वारा पाँच बुँदे काठमाडौं

घोषणा पत्र जारी

-अमेरिकि जनताको सहयोगमा गोर्खा जिल्लाको ताक्लुङ गाबिसलाई नमूना गाउँ बनाउने तयारी
बिष्णुमाया परियार र उनको संस्था EDWON USA द्वारा महिला शसक्तिकरणको लागि ३ करोड ७५ लाख

रुपैयाँ संकलन

-Celebrating 100 years of women's progress: Empowering Dalit women in Nepal

-जातीय बिभेदको अन्त्यकालागि कृयाशिल बिष्णुमाया परियारको पुस्तक बिमोचन, चर्चित गायक यश

कुमार सम्मानित

-न्यू योर्कमा युएस नेपाल अनलाइनको तेश्रो वार्षिकोत्सब सम्पन्न

तीन नेपाली नारी ब्यक्तित्वहरु नायिकाद्वय गौरी मल्ल, सुबर्णा छेत्री र सामाजिक अगुवा नेत्री बिष्णु माया

परियार सम्मानित

-अमेरिकामा पुरस्कारको पोको, नेपालमा दलित महिला र बालबालिकाकोलागि मरिमेट्ने धोको !


Read more about Dalit movement in Nepal at our special section:

Read our exclusive reporting on:

Not enough of reading us? Visit our multimedia channels:

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.